समाचार खण्डन गरीएको, जस्ताको तस्तै



श्री सम्पादकज्यू,              मिति : २०७५।१०।१८
हाम्रो ईकोनोमी डटकम
अनामनगर, काठमाडौं ।
      विषय : खण्डन सम्बन्धमा ।
महोदय,
उपरोक्त विषयमा यहाँको हाम्रो ईकोनोमी डट कम अनलाईन न्युज पोर्टलले ‘मन्त्री मगरले गरिन १ अर्ब घोटला, मेलम्चीमा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी’ शीर्षक राखेर ७ माघ २०७५, सोमबार अनलाईनमा समाचार प्रकाशित गरेको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वास्तवमा यस समाचारमा कुनै किसिमको पनि सत्यता नरहेको स्पष्ट गर्दछु । यहाँहरुले प्रकाशित गरेको यो समाचार एक पक्षीय ढंगबाट आएको र पुरै निराधार र तथ्यहीन रहेको अवगत गराउन चाहान्छु । यहाँहरुले भने जस्तो अहिले मेलम्चीको काममा कुनै किसिमको घोटला पनि भएको छैन ।  ठेकेदार कम्पनी सिएमसीले भुकम्प र नाकाबन्दीका बेला काम हुन नसकेको भन्दै सरकारसँग दाबी क्षतिपूर्ति बापत १ अर्ब ६५ करोड भुक्तानी दाबी गरेको थियो तर सरकारलाई आर्थिक भार पर्ने गरी त्यति रकम दिन नसकिने भन्दै माननीय खानेपानी मन्त्री बिना मगरज्यूको सक्रियतामा ठेकेदार कम्पनीलाई ३५ करोड मात्र दिन सकिने समझदारी बन्यो ।
माननीय खानेपानी मन्त्रीज्यूको बारेमा हुँदै नभएको कुराहरु लेखी चरित्र हत्या गर्ने नियोजित उद्देश्यले यस अनलाईनले एक पक्षीय समाचारहरु प्रकाशित गरिरहेकोमा पत्रकारिताका आधारभूत सिद्धान्त र धर्म समेत पालना नगरी बद्नियतपूर्वक गरिएको यस किसिमको दुष्प्रचारको खण्डन गर्दछौं ।  तसर्थ, माननीय मन्त्रीज्यूको नाम जोडेर गलत र भ्रमपूर्ण तरिकाले जसरी समाचार प्रकाशित भएको छ यस्तो समाचारले उहाँको चरित्र, मान मर्यादा र सामाजिक प्रतिष्ठामाथि आँच पुगेको हुँदा यस समाचारको खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु ।
बोधार्थ
१. प्रेस काउन्सिल नेपाल     निवेदक
                                                                                         शुकदेव चापागाईं
                                                                                               प्रेस संयोजक
                     (माननीय खानेपानी मन्त्रीज्यूको)

प्रतिक्रिया दिनुहोस
गर्मी बढे सँगै सेन्साई ब्राण्डका एयर कुलरको माग

    सेन्साई ब्राण्डको अत्याधुनिक प्रविधि भएका एयर कुलरहरुको माग ह्वात्तै बढेको कम्पनीले जनाएको

नेपालको पहिलो ओईएम ब्राण्ड सि जी ले ल्यायो बिएलडिसि सिलिङ्ग फ्यान बजारमा

    नेपालको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप अन्तर्गत सि जी ब्राण्डले बढ्दो

युक्रेनसँगको युद्धमा ५० हजार रुसी सैनिक मारिए

    बेलायती विश्व सेवा (बीबीसी)ले युक्रेनसँगको युद्धका पछिल्ला तीन वर्षमा रुसले ५०

इजरायलमा कस्तो छ नेपालीको अवस्था ?

    इरानले इजरायलमाथि आक्रमण गर्न थालेपछि त्यहाँ रहेका नेपालीहरुको अवस्थाबारे चिन्ता सुरू