विचार

साहित्यकार परशु प्रधानको निधन

  साहित्यकार परशु प्रधानको निधन भएको छ।कथा लेखनमा विशिष्ट छवि बनाएका प्रधानको ८० वर्षको उमेरमा सोमबार राति काठमाडौं बानेश्वरस्थित निवासमा निधन भएको हो।उनको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले निवासमै राखिएको छ। प्रधानको मंगलबार बिहान साढे ९ बजे पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने भएको छ।