खेल

एन्फा उपाध्यक्ष दावा लामा पक्राउ

     अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ । दावा लागुऔषध खैरो हिरोइन कारोबार मुद्दाका फरार अभियुक्त हुन् ।