समाचार खण्डन गरीएको, जस्ताको तस्तै



श्री सम्पादकज्यू,              मिति : २०७५।१०।१८
हाम्रो ईकोनोमी डटकम
अनामनगर, काठमाडौं ।
      विषय : खण्डन सम्बन्धमा ।
महोदय,
उपरोक्त विषयमा यहाँको हाम्रो ईकोनोमी डट कम अनलाईन न्युज पोर्टलले ‘मन्त्री मगरले गरिन १ अर्ब घोटला, मेलम्चीमा २ अर्बको काम बाँकी हुँदा ३ अर्ब भुक्तानी’ शीर्षक राखेर ७ माघ २०७५, सोमबार अनलाईनमा समाचार प्रकाशित गरेको हुँदा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । वास्तवमा यस समाचारमा कुनै किसिमको पनि सत्यता नरहेको स्पष्ट गर्दछु । यहाँहरुले प्रकाशित गरेको यो समाचार एक पक्षीय ढंगबाट आएको र पुरै निराधार र तथ्यहीन रहेको अवगत गराउन चाहान्छु । यहाँहरुले भने जस्तो अहिले मेलम्चीको काममा कुनै किसिमको घोटला पनि भएको छैन ।  ठेकेदार कम्पनी सिएमसीले भुकम्प र नाकाबन्दीका बेला काम हुन नसकेको भन्दै सरकारसँग दाबी क्षतिपूर्ति बापत १ अर्ब ६५ करोड भुक्तानी दाबी गरेको थियो तर सरकारलाई आर्थिक भार पर्ने गरी त्यति रकम दिन नसकिने भन्दै माननीय खानेपानी मन्त्री बिना मगरज्यूको सक्रियतामा ठेकेदार कम्पनीलाई ३५ करोड मात्र दिन सकिने समझदारी बन्यो ।
माननीय खानेपानी मन्त्रीज्यूको बारेमा हुँदै नभएको कुराहरु लेखी चरित्र हत्या गर्ने नियोजित उद्देश्यले यस अनलाईनले एक पक्षीय समाचारहरु प्रकाशित गरिरहेकोमा पत्रकारिताका आधारभूत सिद्धान्त र धर्म समेत पालना नगरी बद्नियतपूर्वक गरिएको यस किसिमको दुष्प्रचारको खण्डन गर्दछौं ।  तसर्थ, माननीय मन्त्रीज्यूको नाम जोडेर गलत र भ्रमपूर्ण तरिकाले जसरी समाचार प्रकाशित भएको छ यस्तो समाचारले उहाँको चरित्र, मान मर्यादा र सामाजिक प्रतिष्ठामाथि आँच पुगेको हुँदा यस समाचारको खण्डन प्रकाशित गरिदिनुहुन अनुरोध गर्दछु ।
बोधार्थ
१. प्रेस काउन्सिल नेपाल     निवेदक
                                                                                         शुकदेव चापागाईं
                                                                                               प्रेस संयोजक
                     (माननीय खानेपानी मन्त्रीज्यूको)

प्रतिक्रिया दिनुहोस
नेपाल सरकारले भुलेको मौलिक उत्पादन र उत्पादनकर्ता प्रतिको उत्तरदायीत्व

    सुश्री स्वेता श्रेष्ठ   हाम्रो देश प्राकृतिक देन र आर्थिक समृद्धिको

८७ प्रतिशत मत ल्याएर पुटिन रुसी राष्ट्रपतिमा विजयी

    रुसी राष्ट्रपति चुनावमा भ्यादिमिर पुटिन फेरि विजयी भएका छन् । उनी

कारको ठक्करबाट कुवेतमा ३ नेपालीको मृत्यु

    कुवेतमा कारको ठक्करबाट तीन जना नेपालीको मृत्यु भएको छ । महाबुल्ला

ट्राफिक प्रहरीद्वारा यात्रु मैत्री अभियान सञ्चालन

    यात्रुहरुको लागि सुरक्षित, बिना झन्झट, नठगिने हिसावले गन्तब्य तय गर्न सक्ने