समाचार

शहरी विकास मन्त्रालयको चाबी पाए प्रभु साहले

काठमाडौँ / विनाविभागीय मन्त्री प्रभु साहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकास मन्त्रालयको जिम्मा दिएका छन्। सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको परामर्श पश्चात प्रधानमन्त्री देउवाले साहलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने निर्णय शुक्रबार गरेको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो।