समाचार
प्रकाशित मिति: १७ असार २०७४, शनिबार

गुल्मी । रेसुंगा नगरपालिकामा नेकपा एमालेका डिल्लीराज भुसाल मेयरमा विजयी भएका छन् । । उनी १४७ मत अन्तरले जिय भएका हुन ।  भुसालले छ हजार तीन सय ८८ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्धन्द्वी नेपाली कांग्रेसका मेयर पदका उमेदवार भुवनप्रसाद श्रेष्ठले छ हजार दुई सय ४१ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ । […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोला नजिकै आज मध्याह्न ठूलो पहिरो खसेपछि शनिबार अपराह्नसम्म सडक अवरुद्ध हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इ शिव खनालका अनुसार यसअघि प्रहरीको भ्यान र ट्रक बगाएको स्थलबाट करिब ५० मि मुग्लिनतर्फ पहिरो खसेको हो । इच्छाकामना गाउँपालिका–६ स्थित मुग्लिनबाट २.५ किमी नारायणगढतर्फको सडकमा यसअघि ठूलो पहिरो खसेर चार प्रहरीसहितको […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

धनगढी । कैलालीको टीकापुर नगरपालिका–३ र ६को अन्तिम मतपरिणाम सार्वजनिक गरिएको छ । सहायक निर्वाचन अधिकृत वसन्त बोहराका अनुसार वडा नं ३ मा नेपाल फोरम लोकतान्त्रिकका रामसेवक चौधरी ५४० मत ल्याएर वडा अध्यक्षमा विजयी हुनुभएको छ । उक्त वडाको एक सदस्य नेकपा ९माओवादी केन्द्र० र बाँकी तीन सदस्य लोकतान्त्रिक फोरमले जितेको छ । यसैगरी वडा […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

धनकुटा। धनकुटाको खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा बगेर आज बेपत्ता भएका छन् । दिउँसो गर्मी भएकाले तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । धनकुटाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ सहिदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकीअन्तर्गतका मतदानस्थलको सुरक्षाका लागि खटिएका थिए । बेपत्ता […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

लहान । लागुऔषध चरेस र गाँजासहित प्रहरीले आज सिरहाको लहानबाट एक भारतीयलाई पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिका–१२ स्थित भोटियाटोल नजिकै सडक छेउमा नसालु पदार्थ सेवन गरी मानिस सुतिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले लागुऔषध चरेस र गाँजासहित भारतको विहार राज्यअन्तर्गत सिवान जिल्ला सिसानी थाना मुईयान ग्राम पञ्चायत निवासी ३७ […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

उर्लाबारी (मोरङ) । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं– १ को वडाअध्यक्षमा नेकपा एमालेका बाबुराम याङदेनले एक हजार ५२९ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार धनकुमार तामाङले एक हजार १११ मत प्राप्त गर्नुभयो । सो वडामा चार हजार १५२ मत खसेको थियो । यस्तै वडा सदस्यहरुमा एमालेकै रोमान्सी धिमाल, इन्दिरा […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

खोटाङ । रुपाकोट मझुवागढी नगरपालिका– १३ नुनथलामा नेकपा (माओवादी केन्द्र)को समूह विजयी भएको छ । माओवादी केन्द्रको तर्फबाट वडा अध्यक्षका उम्मेदवार भीम राईले २९५ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जगवीर तामाङले १८० मत प्राप्त गर्नुभएको थियो । सो वडामा माओवादीकै अन्य सदस्य पनि विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

काठमाण्डौं । बैतडीको सिगास गाउँपालिका वडा नं १ मा नेकपा (एमाले)का गगनसिंह धामी २३५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामचन्द्र ऐरीले २२९ मत प्राप्त गर्नुभयो । त्यस्तै सदस्यमा एमालेका मञ्जुकुमारी अवस्थी, कलावती चर्मकार, दानबहादुर ऐरी र खुला सदस्यमा काँग्रेसका लालसिंह धामी विजयी भएका छन् । पाटन–९ मा एमाले […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

काठमाडौँ । नयाँ संरचना अनुरुप दरबन्दी सिर्जना हुन नसक्दा सहरी विकास मन्त्रालय र यसअन्तर्गतका निकायमा कर्मचारीको अभाव खड्किएको छ । एकातर्फ आवश्यकता अनुसारको दरबन्दी नहुनु अर्कोतर्फ मन्त्रालयमा दरबन्दी भएका कर्मचारी मन्त्रालय अन्तर्गतका आकर्षक निकाय र विभागमा काज सरुवा भई जाने परीपाटीको विकास हुँदा मन्त्रालयमा भने कर्मचारीको अभाव खड्किएको छ । केही कर्मचारी काज जाँदा र […]


प्रकाशित मिति: १६ असार २०७४, शुक्रबार

काठमाडौं । अछामको रामारोशन गाउँपालिकाको १ नं वडामा माओवादी केन्द्रका उम्मेदवारहरुको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार राती मत परिणाम आएपछि सुरु गरिएको विजयजुलुसमा अज्ञात समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर कर्ण बहादुर मल्लले जानकारी दिए । उक्त आक्रमणमा तीन जना घाईते भएका छन् । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर भएपछि थप […]






 


ताजा अपडेट