विश्व आर्थिक मञ्चमा पुग्ने पहिलो नेपाली निर्वाण चौधरी



 

 

नेपालका एकमात्रै अर्बपति व्यापारी तथा प्रतिनिधिसा सदस्य विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीले विश्व आर्थिक मञ्च (डब्लूईएफ) को कार्यक्रममा प्यानल डिस्कसनमा सहभागिता जनाएका छन्। उनी विश्वप्रसिद्ध यस्ता कार्यक्रममा बोल्न पाउने निजी क्षेत्रको पहिलो नेपाली बन्न सफल भएका छन् । उनले नेपाली उद्योगपतिले त्यहाँ बोल्ने मौका पाउनुले यो नेपाली जनता तथा उद्योगीका लागि गर्वको विषय बनेको पनि उल्लेख गरेका छन्। पहिलोपटक एक ऐतिहासिक रेकर्ड राख्दै नेपाली निजी क्षेत्रका एक प्रमुख व्यक्तित्व तथा उद्योगपति चौधरीले विश्वव्यापी आर्थिक क्षेत्रमा एक विशिष्ट स्थान निर्माण गर्न सफल भएका छन् ।

स्विट्जरल्याण्डको दाभोसमा आयोजित डब्लूईएफमा बोल्ने पहिलो नेपाली निजी क्षेत्रका प्रतिनिधि भएका चौधरीले नेपाललाई एक महत्त्वपूर्ण वैश्विक संवादमा सामेल गराएका मात्रै होइन बरु उनले विकासशील अर्थतन्त्रहरूका युवा नेताहरूको सम्भावना र महत्वाकांक्षाको पनि प्रदर्शन गरेको चौधरी ग्रुपले बताएको छ । कार्यक्रममा चौधरीले नेपालको हिमालय क्षेत्रबाट विश्वको धेरै जनसंख्या हिमालयको पानीमा निर्भर रहेको देश नेपाल भएकोमा नेपालप्रति विश्वले गर्व गर्नुपर्ने बताएका छन् । उनले १ लाख १० हजार मेगावाट विद्युत उत्पादन क्षमता राख्ने हामी अहिले २÷३ हजार मेगावाटमा सीमित रहेको उल्लेख गर्दै हाम्रो हिमालमा स्टोर भएको पानीले करिब २अर्ब जनसंख्यालाई जीवन दिन नेपाल सक्षम भएको बताएका छन् ।

सम्मेलनमा उनको उपस्थिति र योगदानले दक्षिण एशियाली बजारहरूको बढ्दो महत्व र समावेशी वैश्विक आर्थिक छलफलको आवश्यकतालाई उजागर गरेको थियो। दाभोसमा भएको डब्लुईएफमा चौधरीको सहभागिताले उनको लागि मात्र होईन्, सीङ्गो नेपालको लागि एक महत्त्वपूर्ण माइलस्टोन साबित भएको चौधरी ग्रुपले बताएको छ । चौधरी ग्रुपको नेतृत्वमा रहेका युवा अर्बपतिले माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्स, एशियाकै धनाड्य गौतम अडानी, डेलका सञ्चालक आदिसँग मञ्च सेयर गरेका छन् । निर्वाण चौधरी, चौधरी समूहका प्रबन्ध निर्देशक पनि हुन्। विश्वका सबैभन्दा प्रभावशाली राजनीतिक, व्यापारिक, र सांस्कृतिक नेताहरूलाई एकत्रित गर्ने सम्मेलनरुपमा डब्लुईएफको सम्मेलनलाई लिइन्छ ।

प्रतिक्रिया दिनुहोस
बाबाको मृत्यु भएका चौथो दिनमा दाजुभाइले दिए एसइई परीक्षा

  स्याङ्जा पुतलीबजार नगरपालिका ४ मा रहेको सरस्वती मावि परिक्षा केन्द्रबाट दुई जनाले

टोपबहादुर रायमाझी अस्पताल भर्ना

  नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट

शनिवार सम्म मौसम सफा नहुने – मौसमविद्

देशैभर अझै दुई/तीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान

एसईई परीक्षा सुरु

  यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षा २७