भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरे



 

सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।

आज कुनै एजेण्डामा निर्णय नभए पनि आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले जानकारी दिए ।

मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

 

प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो ।

तर, सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ मात्र भनेका थिए । उनले प्रधानमन्त्रीले ‘हेलो’ मात्र भनेको र आफूहरुले नमस्कार मात्र गरेको जवाफ संसदमा दिएका थिए ।

प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग सरकारका कामका बारेमा छलफल गरेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारका बारेमा जानकारी दिएका र मन्त्रीहरुले आफ्नो कामबारे प्रधानमन्त्रीलाई अपडेट गराएको रिमालले बताएका छन् ।

 

भदाै ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको उपचार भोलि सकिदैछ । उनले हाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्री ओली२० गते शुक्रबार स्वदेश फर्केन कार्यक्रम छ । उनलाई लिन नेकपाका  महासचिव विष्णु पौडले आजै सिंगापुर प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
विशेष पत्रकार सम्मेलन गर्दै एमाले

  नेकपा एमालेले विशेष पत्रकार सम्मेलन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय

एमालेको प्रतिनिधि परिषद् बैठकमा देउवालाई निम्तो

    नेकपा एमालेले भोलिबाट शुरु हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा अतिथिका

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, ३ जनाको मृत्यु

    सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका-५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन

राष्ट्रिय सभा सदस्यमा अन्जान शाक्य मनोनीत

     राष्ट्रिय सभा सदस्यमा डा. अन्जान शाक्य मनोनीत भएकी छन् । मन्त्रिपरिषद्को