भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग छलफल गरे



 

सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दोस्रोपटक भिडियो कन्फरेन्समार्फत मन्त्रिपरिषदका सदस्यहरुसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री ओलीले मन्त्रालयका समस्याहरु र मन्त्रिपरिषद बैठक नबस्दा रोकिएका कामबारे समेत चासो राखेका छन् । यसअघि प्रधानमन्त्रीले संसदीय काम कारवाहीका बारेमा संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँग छलफल गरेका थिए ।

आज कुनै एजेण्डामा निर्णय नभए पनि आ-आफ्नो मन्त्रालयमा भएका काम कारवाहीबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको एक मन्त्रीले जानकारी दिए ।

मिर्गौलाको उपचार गर्न सिंगापुर गएका प्रधानमन्त्री ओलीले पहिलो पटक ९ भदौमा मन्त्रिपरिषदका सदस्यहरुसँग भिडियो कन्फरेन्स गरेका थिए ।

 

प्रमुख प्रतिपक्षी कांग्रेसले आधुनिक प्रविधिको उपयोग गर्नु राम्रो भए पनि भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक गर्दा सूचना चुहिने भन्दै विरोध गरेको थियो ।

तर, सरकारका प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने बैठकलाई ‘भिडियो कन्फरेन्सिङको पहिलो अभ्यास’ मात्र भनेका थिए । उनले प्रधानमन्त्रीले ‘हेलो’ मात्र भनेको र आफूहरुले नमस्कार मात्र गरेको जवाफ संसदमा दिएका थिए ।

प्रधानमन्त्रीसँगै सिंगापुरमा रहेका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग सरकारका कामका बारेमा छलफल गरेको जनाएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नो उपचारका बारेमा जानकारी दिएका र मन्त्रीहरुले आफ्नो कामबारे प्रधानमन्त्रीलाई अपडेट गराएको रिमालले बताएका छन् ।

 

भदाै ५ गते उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको उपचार भोलि सकिदैछ । उनले हाँको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका छन् ।

प्रधानमन्त्री ओली२० गते शुक्रबार स्वदेश फर्केन कार्यक्रम छ । उनलाई लिन नेकपाका  महासचिव विष्णु पौडले आजै सिंगापुर प्रस्थान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
दोहाको लागि उडेको नेपाल एयरलाइन्सको जहाजमा समस्या

    काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एयरलाइन्सको जहाज काठमाडौं फिर्ता भएको

चीनको विकासबाट नेपालले पनि लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले चीनले अघि सारेको वैश्विक

हरिप्रसाद लम्साल सचिवमा बढुवा

  प्रसाद लम्साल बढुवा भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षाका  ‘क्याडर’का

फेरी मैले अर्को उथलपुथल गर्न सक्छु- प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले अर्को उथलपुथल गर्न सक्ने बताएका छन् बिहीबार राष्ट्रिय