खेल
प्रकाशित मिति: ३ असार २०७४, शनिबार

काठमाण्डौं । भेनेजुएलामा भइरहेको आन्दोलनमा मृत्यु हुनेको संख्या बढेर ७२ पुगेको छ । बिहीबार थप २ युवाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । भेनेजुएलामा झन्डै दुई महिनादेखि देशभर सरकारविरोधी आन्दोलन भइरहेको छ । आन्दोलनका क्रममा एक हजारभन्दा बढी घाइते भएका छन् भने झन्डै ३ हजार जना पक्राउ परेका छन् । राष्ट्रपति निकोलस मादुरोविरुद्धको प्रदर्शन अप्रिल […]


प्रकाशित मिति: ३ असार २०७४, शनिबार

नेपाली भाषी भारतीय र बंगाली भाषी बिचको विवाद र गोर्खाल्याण्डको आन्दोलनले आगो बनेको दार्जीलिङ रक्ताभुमीमा परिणत भएको छ।त्यहाकी मुख्य मंत्री ममता बेनार्जीको सनकका कारण गोर्खेहरु चितामा पुग्नु परेको हो।   दार्जीलिङमा पुलिसले टीयरग्यास सहित गोली चलाउदा अहिलेसम्म तीन जनाको मृत्यु भइसकेको छ। प्रहरीले गोली नचलाएको बताए पनि सेनाले प्रयोग गर्ने हतियारमा प्रयोग हुने गोली लागेर […]


प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएइ) मा हुने एएफसी २३ वर्षमुनि (यु–२३ ) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी गराइएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राससलाई जानकारी दिनुभयो […]


प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

काठमाण्डौं । पूर्वी चीनमा रहेको एउटा पूर्व–प्राथमिक विद्यालयमा बिहीवार विष्फोट हुँदा कम्तिमा सात जनाको मृत्यु भएको छ भने ६६ जना घाइते भएका स्थानीय प्रशासनले जनाएको छ । जियाङ्सु प्रान्तका फेङ्सियन प्रदेशको प्रशासनले विष्फोट नर्सरीका बालबालिका अध्ययन गरिरहेको कक्षाकोठा नजिकै स्थानीय समय अनुसार दिउसो ४ः५० बजे भएको प्रारम्भिक सूचना प्राप्त भएको जनाएको छ । चीनको केन्द्रिय […]


प्रकाशित मिति: १ असार २०७४, बिहीबार

बंगलादेश । दक्षिणपश्चिम बङ्गलादेशमा आएको भीषण बाढी पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५४ पुगेको छ । एक महिलासहित दुई व्यक्तिको शव बिहीबार फेला परेपछि सो सङ्ख्या १५४ पुगेको जनाइएको छ । बाढीका विस्थापितको सहयोगार्थ प्रहरीले क्याम्पहरु निर्माण गरिरहेको छ । संकटकालीन उद्धार टोलीले बिहीबारबाट भीषण पहिरोबाट प्रभावित इलाकामा हराएका व्यक्तिको खोजीको काम भने बन्द गरेको […]


प्रकाशित मिति: १ असार २०७४, बिहीबार

काठमाडौँ । आरिगातो एजुकेसनल कन्सलटेन्सी तथा पाण्डा इभेन्टसको संयुक्त आयोजनामा एइसी कप–२०१७ क्रिकेट प्रतियोगिता यसै सातादेखि हुने भएको छ । कन्सलटेन्सी र पाण्डा इभेन्टसद्वारा बिहिवार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता यही असार ६ गतेदेखि कोटेश्वरमा सञ्चालन गरिने पाण्डा कन्सलटेन्सीका निर्देशक अर्जुन पाण्डेले जानकारी दिए । नकआउटका आधारमा खेलाइने उक्त इन्डोर क्रिकेट प्रतियोगितामा गोरखा नाइट्स, कस्तुरी एकेडेमी, […]


प्रकाशित मिति: १ असार २०७४, बिहीबार

काठमाण्डौं । सोमालियाको राजधानी मोगादिसुमा बिहीबार बिहान एक रेष्टुरेन्टमा सबाब आतङ्ककारी समूहले गरेको आत्मघाती कारबम आक्रमणमा कम्तीमा १८ व्यक्ति मारिएका सोमालियाको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । आक्रमणमा संलग्न बन्दुकधारीहरु पनि उक्त सुरक्षा कारबाहीको क्रममा मारिएका सोमालियाको सुरक्षा मन्त्रलयका प्रवक्ता मोहमद अहमद अरबले बताएका छन् । एकाबिहाने भएको सो आक्रमणबाट १८ जना निर्दोष सर्वसाधारण मारिनुको […]


प्रकाशित मिति: ३१ जेष्ठ २०७४, बुधबार

लण्डन । पश्चिम लन्डनको एक भवनमा आगलागी भएको छ । उक्त आगलागी नेपाली समयअनुसार बुधबार बिहान लागेको हो । लन्डनको समयअनुसार भने राति आगलागि भएको हो । आगलागी भएको भवन २४ तले रहेको र त्यसमा १ सय २० फ्ल्याट रहेको बताइएको छ । भवनको आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट कति मानवीय […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौँ । अवैध बाटो हुँदै अमेरिका पुगेका सात नेपालीलाई त्यहाँको अध्यागमन विभागले निष्काशन गरेको छ । निष्कासित सातै जनालाई अमेरिकाको बिशेष चार्टर बिमानबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बुधवार साँझ ल्याइएको हो। जहाज ओर्लनासाथ ती सात नेपालीलाई विमानस्थलस्थित अध्यागमन कार्यालयको जिम्मा लगाइएको थियो। निष्कासित हुनेमा रामेछापका टासी शेर्पा, रूकुमका तारक पुन मगर र धनीराम बुढा, पोखराका केशव […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौँ । विश्व फुटबल महासंघको सर्वोच्च निकाय फिफा वरियतामा ब्राजिल फिफा बरियताको शीर्षस्थानमा छ भने अर्जेन्टिना दोस्रो र जर्मनी तेस्रो स्थानमा छ । यस्तो अवस्थामा नेपालले पनि पछिल्लो समय निकै सुधार गरेको छ । फिफाले सार्वजनिक गरेको बरियताअनुसार नेपाल चार स्थान सुधार गर्दै १ सय ६९ औँ स्थानमा उक्लिएको छ । नयाँ बरियता अनुसार नेपाल […]






 


ताजा अपडेट