ऊर्जा
प्रकाशित मिति: २ असार २०७४, शुक्रबार

काठमाण्डौं । पाँचथर र ताप्लेजुङ बासिन्दाका लागि निर्माणाधीन इवा खोला जलविद्युत् आयोजनाको सेयर खुला गरिएको छ ।नौ दशमलव नौ मेगावाटको सो आयोजनाबाट प्रभावितका लागि लागत पुँजीको १० प्रतिशत सेयर खुला गरिएको हो । दश प्रतिशत अर्थात् रु १०० प्रतिकित्ताका दरले ५६ लाख कित्ताबाट हुन आउने रकम रु पाँच करोड ६० लाख बराबरको सेयर ताप्लेजुङ तथा […]


प्रकाशित मिति: १ असार २०७४, बिहीबार

काठमाण्डौं । संखुवासभामा बन्न लागेको ९ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत आयोजनाको निर्माण केही महिनाभित्रै सुरु हुने भएको छ। आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी एसजेभिएन (सतलज) ले आगामी सेप्टेम्बरबाट निर्माणको काम सुरु गर्ने लगानी बोर्डका एक अधिकारीले जानकारी दिए। राष्ट्रिय गौरवको आयोजनासमेत रहेको अरूण तेस्रोको शिलन्यास समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि सहभागी […]


प्रकाशित मिति: २९ जेष्ठ २०७४, सोमबार

बेनी । म्याग्दीमा विभिन्न कम्पनीले ६ सय २३ मेगावाट विद्युत् उत्पादनका लागि अनुमति लिएका छन् । यसरी अनुमति लिने मध्ये कतिपय कम्पनीले काम पनि शुरु गरिसकेका छन् । हिमालय इन्फ्रास्ट्रक्चर कम्पनीले ५३.३ मेगावाटको अपर म्याग्दीखोला पहिलो र ९५ मेगावाटको तिप्ल्याङ(कालीगण्डकी आयोजनाको अध्ययन अनुमति लिएका छन् । यसै गरी नारच्याङमा माउन्टेन इनर्जीले ६२ मेगावाटको नीलगिरिखोला, भुरुङतातोपानी, […]


प्रकाशित मिति: २५ जेष्ठ २०७४, बिहीबार

काठमाडौँ । दोलखाको गौरीशंकर गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन तामाकोसी जलविद्युत् आयोजना देशकै अत्यन्तै सस्तो र नमूना जलविद्युत् आयोजनामध्येको एक हो । यो आयोजनामा स्वदेशी पुँजी लगानी छ । यो आयोजना पूरा हुनेबित्तिकै देशको विद्युत् माग पूर्णरूपमा पूरा गर्न सकिने जलस्रोत विज्ञहरूको ठम्याइ छ । माथिल्लो तामाकोसीको क्षमता ४ सय ५६ मेगावाट भए पनि रोल्वालिङ खोला मिसाउँदा […]


प्रकाशित मिति: २३ जेष्ठ २०७४, मंगलवार

म्याग्दी। धौलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण गरिने भएको छ । हिमालयन इन्फ्रास्टक्चर फन्ड लिमिटेडले निर्माण गर्न लागेको आयोजनाको पहिलो चरणमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन ९ई।आइ।ए। रिपोर्ट० तयार भएको छ । सम्बन्धित निकायबाट ई।आइ।ए प्रतिवेदन स्वीकृत गराई, विस्तृत अध्ययन, विद्युत् खरिद बिक्री सम्झौता […]


प्रकाशित मिति: २२ जेष्ठ २०७४, सोमबार

काठमाडौँ । नीति र कार्यविधि स्वीकृत भएपछि मात्रै बूढीगण्डकी जलाशययुक्त आयोजना वित्तीय बन्दोबस्तीसहित विदेशी कम्पनीलाई निर्माण गर्न दिनेसम्बन्धी प्रक्रिया अघि बढाउन सकिने मन्त्रिपरिषद्को निर्णयविपरीत ऊर्जामन्त्री जनार्दन शर्मा आफैंले आइतबार चिनियाँ कम्पनी सीजीजीसीसित समझदारी (एमओयु) गरेका छन् । अन्नपूर्ण पोष्टले समाचार दिएको छ । कामचलाउ सरकारका मन्त्री शर्माले आइतबार दिउँसो मन्त्रालयका सबै कर्मचारीलाई बोलाएर आफ्नो कार्यकालमा […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

विद्युत् प्राधिकरणले एलईडी चिम किन्ने प्रसङ्गले बजार तताइरहेको छ। प्रायजसो मनिस हरु आआफ्नै तर्क बेचिरहेका छन् — कोही २०० मेगावाट बचत हुन्छ भन्दैछन् भने कोही ५० अर्ब बचत हुन्छ किनिहाल्नु पर्छ भन्दैछन् । अर्कोतर्फ होइन खुला प्रतिस्पर्धाको प्रक्रिया पु¥याएरमात्र किन्नुपर्छ भन्ने तर्क गर्दैछन् । शंका छैन कुलमान र जनार्दनले प्रशंसनीय काम गरेका छन् । लोडसेडिङ […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

म्याग्दी । म्याग्दीमा ३ सय ८ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेको छ । विद्युत् विकास विभागका अनुसार १ सय ४४ मेगावाट क्षमताका सातओटा आयोजनाले पूर्वाधार निर्माणको अनुमति पाएका छन् भने १ सय ६४ मेगावाट क्षमताका चार आयोजना पूर्वाधार निर्माणको प्रक्रियामा छन् । ३ सय ५८ मेगावाट क्षमताका ११ वटा जलविद्युत् आयोजनाको सर्वेक्षणका […]


प्रकाशित मिति: २० जेष्ठ २०७४, शनिबार

काठमाडौँ । एकै नदी बेसिनका आयोजनाबाट सबस्टेशनसम्मको प्रसारण लाइन निर्माणमा साझेदारीको आवश्यकता रहेको देखिएको छ । सम्बन्धित आयोजनाहरूले छुट्टाछुट्टै प्रसारण लाइन तानेर सबस्टेशनमा ल्याउन जग्गा प्राप्तिमा समस्या हुने गरेका कारण यस्तो साझेदारीको आवश्यकता परेको सरोकारवालाहरूले जनाएका छन् । प्राधिकरणद्वारा बस्ती भएका ठाउँमा सबस्टेशन राखेका कारण पनि त्यहाँसम्म धेरैओटा प्रसारण लाइन ल्याउन स्थानीय बासिन्दाको स्वीकृति पाउन […]


प्रकाशित मिति: १९ जेष्ठ २०७४, शुक्रबार

काठमाडौँ । रसुवामा आयोजनास्थल रहेको मैलुङ खोला जलविद्युत् कम्पनीले आयोजना प्रभावित क्षेत्रबासीका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सार्वजनिक गरेको सूचना अनुसार १०० रुपैयाँ दरका तीन लाख ६८ हजार १ सय ४४ कित्ता सेयर प्रभावित क्षेत्रका नागरिकलाई बिक्री गर्न लागेको जनाएको छ । कम्पनीले रसुवाको मैलुङ खोलामा पाँच मेगावाटको जलविद्युत् आयोजना निर्माण […]






 


ताजा अपडेट