सरकारले सर्वसाधारण जनताबाट रकम उठाएर जलविद्युत आयोजनाहरू बनाउने कार्यक्रम ल्याउँदै गर्दा सर्वसाधारण भने जलविद्युतको सेयरमा अनिच्छुक हुँदै गएका छन्। युनिभर्सल पावर कम्पनीले निश्कासन गरेको प्राथमिक सेयर तोकिएको पहिलो अवधि (माघ २९) भित्र विक्री हुन नसकेपछि समय थप गरिएको छ। अब फागुन २६ गतेको अन्तिम समयावधिभित्र रहेर पूरा सेयर विक्री नहुन्जेलसम्म खुला रहने विक्री […]
कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरण सम्हालेपछि विद्युत् चुहावट १० प्रतिशतले घटेकाे छ । नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०७५/७६को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्ष २०७४/७५मा प्रणालीमा औसत २०.४५प्रतिशत रहेको विद्युत् चुहावटलाई चालु आवको ५ महिनामै १५.४५मा झार्न प्राधिकरण सफल भएको हो । चालु […]
केही दिन अघि उर्जा, जलस्रोत तथा सिचाई मन्त्री बर्षमान पुन तामझामसहित गृह जिल्ला रोल्पा पुगे । माघी तथा खेलकुद महोत्सवको उद्घाटन गर्न रोल्पा पुगेका मन्त्री पुनले दिएको अभिब्यक्तिलाई उनको सहयोगी टिमले ब्यापक प्रचार प्रसार पनि ग¥यो । उनको भनाई थियो, रोल्पामा सुन, तामा, र सिङ्गमर्मरखानी रहेकाले निजी क्षेत्रको लगानीमा उत्खननको प्रक्रिया अगाडि बढाइएको छ […]
सरकारले विद्युत उत्पादन तथा सर्वेक्षण अनुमतिपत्रका शर्त पालना नगर्ने विद्युत् प्रवर्द्धकलाई १० लाखसम्म जरिवाना गर्न प्रस्ताव गरेको छ । हाल अनुमतिपत्र लिएर शर्त बमोजिम काम नगर्ने प्रवर्द्धकहरुको संख्या बाक्लो छ । यसअघि यस्तो लापरवाही गर्ने प्रवर्द्धकलाई ५ हजारसम्म मात्रै जरिवाना गर्ने गरिन्थ्यो । अब सरकारले केही नेपाल ऐन संशोधन गर्न बनेको विधयेकमा यस्ता […]
वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको कार्यकारी निर्देशक छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जलस्रोत, ऊर्जा तथा सिंचाई मन्त्रालयले गएको मंसिर १ मा केन्द्रको कार्यकारी निर्देशकका लागि २१ दिनको समयसीमा तोकेर आवेदन माग गरी सूचना प्रकाशित गरेको थियो । केन्द्रको कार्यकारी निर्देशकका लागि ११ जनाले आवेदन दिएका छन् । आवेदन दिनेमा केन्द्रका कामु कार्यकारी […]
काठमाडौं । केटीएम इन्टरनेशनल ट्रेडिङले नेपाली बजारमा बेनेलीको सबैभन्दा सस्तो बाइक टीएनटी-१५० सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले नयाँ मोडलको यो बाइकलाई दुई भेरियन्टमा सार्वजनिक गर्ने जनाएको छ । इटालीयन चर्चित बाइक बेनेली टीएनटी-१५ किन्न चाहने ग्राहकले अबको केही दिनभित्रै यो बाइक किन्न सक्नेछन् । यसको आधिकारीक बिक्री यही जनवरीमा गर्ने केटीएम […]
क्रिष्मस डे मनाउने बहानामा कार्यक्षेत्र छाडेर काठमाडौं आएका मेलम्ची खानेपानी आयोजनाका ८ जना विदेशी कर्मचारी समातिएका छन् । आयोजना निर्माणको ठेक्का लिएको इटालियन कम्पनी सिएमसीका कर्मचारीहरु भाग्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिइएको हो । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले उनीहरुलाई आइतबार राति ठमेलको एक रेस्टुरेन्टबाट नियन्त्रणमा लिएर खानेपानी मन्त्रालयको जिम्मा लगाएको वृत्तका प्रमुख डीएसपी […]
मुलुक संघीयतामा प्रवेश गरेपछि प्रदेशहरूको आर्थिक स्रोतमा सबलता र स्वावलम्बनका विषय उठ्न थालेका छन् । यसका साथै प्रदेशमा जलविद्युृत आयोजना निर्माणको विषयले पनि उत्तिकै चर्चा पाउन थालेको छ । १० बर्षमा १५ हजार मेगावाट जलविद्युत उत्पादन गर्ने घोषणा गरिरहँदा देशमा २८ हजार मेगावाट बढि क्षमताका विभिन्न आयोजना निर्माणका चरणमा छन् । सरकारले १० […]
अवकास पाउन केही महिना मात्र बाँकी रहेका बेला ऊर्जा सचिव अनुपकुमार उपाध्यायले राजीनामा दिएका छन् । उनले आगामी फागुनमा अवकास पाउँदै थिए । अख्तियारले समात्ने थाहपाएछि ऊर्जा सचिव अनुपकुमार उपाध्यायले दिए राजीनामा दिएका छन । उपाध्यायले विद्युत नियमन आयोगको अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सचिव पदबाट राजीनामा दिएको बुझिएको छ । सरकाले विद्युत नियमन […]
बाँके । बाँकेको राप्तीपारि नरैनापुरमा बिजुलीका खम्बा गाडेको २१ वर्ष भयो । एक्काइस वर्ष बितिसक्दा पनि खम्बामा तार झुण्ड्याइएको छैन । विसं २०५६ को निर्वाचनअघि प्रेम भण्डारीले आफ्नो उम्मेदवारीसँगै बिजुलीका पोल गाड्नुभएको थियो । पोल गाडेपछि चार वटा निर्वाचन भइसके तर गाडेका पोलमा न तार झुण्ड्याइएको छ, न त बत्ती नै बलेको छ । “पोल […]