एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थपियो



 

 

नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ । शुक्रबार अबेर राति सौराहस्थित होटल जंगल क्राउनमा बसेको अन्तिम केन्द्रीय समिति बैठकले पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म पदहरु बढाएर सर्वसम्मत रुपमा एकताको महाधिवेशन बनाउने निर्णय गरेको हो ।

‘अब सर्वसम्मत नहोला भन्न सकिन्न । हिजोको तुलनामा आज सम्भावना बढ्यो । ठ्याक्कै भन्न सकिन्न । केन्द्रीय कमिटीले सर्वसम्मत नेतृत्व चयनको आग्रह गरेको छ । तर यो प्रतिनिधिको अधिकारको कुरा हो । आजको निर्णयले एमालेबाट सहमतिको बाटो खोलेको छ । कोसिस त्यो ढंगले हुन्छ,’ बैठकपछि प्रचार विभाग प्रमुख योगेश भट्टराईले भन्नुभयो । बैठकको निर्णयअनुसार अब एमालेमा केन्द्रीय समिति ३०१ सदस्यीय हुनेछ । त्यसैगरी ९९ सदस्यीय पोलिटब्यूरो गठन हुनेछ । स्थायी कमिटी ४५ सदस्यीय नै यथावत रहनेछ । पदाधिकारीतर्फ १९ जना हुनेछ । जसमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव, सात सचिव हुनेछन् ।

‘अहिलेको आवश्यक हेर्दा २२५ नपुग्ने भएको, नयाँ अनुहार ल्याउन, पूराना साथीहरुको योग्यता क्षमताअनुसार काम गर्ने अवसर कायम गर्ने र नयाँलाई पनि आउने वातावरण बनाउन थप गरेर ३०१ बनाउने निर्णय भएको हो,’ भट्टराईले भन्नुभयो । केन्द्रीय कमिटीको एकतिहाइ पोलिटब्यूरो हुने जानकारी पनि उहँोँले दिनुभयो । विधान महाधिवेशनबाट पारित विधान हेरफेर गरिएको भट्टराईले जानकारी दिनुभयो । विधान संशोधन प्रस्ताव बन्द सत्रमा प्रस्तुत गरिने उहाँले बताउनु भयो ।

अन्तिम केन्द्रीय समिति बैठकले आयोगहरुको संख्या पदाधिकारीसहित १५ रहेकोमा बढाएको छ । भट्टराईकाअनुसार अनुशासन लेखा र निर्वाचन आयोगको पदाधिकारीसहित अब २५ सदस्यीय हुनेछ । बन्दसत्रको कारवाही आज १० बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस
इलेक्सनमा एमालेको असहमति होइन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूहरुको असहमति अर्ली इलेक्सनमा नभएको बताएका

खोप पूरा गर्ने पर्यटकलाई भिसा दिने सरकारको निर्णय

    सरकारले खोपको मात्रा पुरा गरेका विदेशी पर्यटकले पाउने अनअराइभल भिसा सुविधालाई

प्रधानमन्त्रीको मौनता विडम्बनापूर्ण : ज्ञवाली

    नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु

एमाले काठमाण्डौ जिल्लाको पदाधिकारीको पदभार ग्रहण

        नेकपा एमाले काठमाण्डौ जिल्लाको छैटौ अधिवेसनबाट निर्वाचित पदाधिकारीहरुले पदभार