संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आले डोटी जाँने



 

 

संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले बुधबार बिहान डोटी जाने कार्यक्रम तय भएको छ । जिल्लाको सबै भन्दा ठूलो तथा पवित्र धार्मिक तिर्थस्थल बडिकेदारमा हुने ठूलाकेदारको पूजामा सहभागि हुँन मन्त्री त्यहाँ जान लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ । मन्त्री आले हेलिकप्टर मार्फत बुधवार दिउँसो १२ बजे त्यहाँ पुग्ने कार्यक्रम रहेको उहाँका प्रमुख स्वकीय सचिब हेमन्त रेग्मीले जानकारी दिनुभयो । साथै मन्त्री आलेले त्यहाँ रहेको बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीहरुसँग पनि बडिकेदारको थप प्रचार प्रशार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 

सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदारमा हरेक वर्ष तिहार पछिको चतुर्दशी तिथीमा पूजा आजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुँङ्गाको शिलामा पूजाआजा गर्ने गरिन्छ । शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्ति समेत रहेको छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा बिकट अर्थात भिरको बिचमा रहेको छ । अन्य देवी देवताको मन्दिरमा भन्दा बडिकेदारमा बिभिन्न जातजाती भाषाभाषीहरुको समान आस्थाको केन्द्र बन्दै गएको छ । प्राय जसो सन्तान प्राप्त नभएका अधिकाँश महिला पुरुषहरु पुत्रलाभको कामना गर्दै बडिकेदारमा पुग्ने गर्दछन् । उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तिर्थालु भक्तजनहरु आउने गरेका स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो । विमल विष्ट

प्रतिक्रिया दिनुहोस
एमाले महाधिवेशनः बन्द सत्र सुरु हुँदै

    नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ

एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थपियो

    नेकपा एमालेमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म थप्ने निर्णय भएको छ । शुक्रबार

एमालेलाई यसरी शत्तिशाली बनाए युवा नेता बस्नेतले

    नेकपा एमालेका युवा नेता महेश बस्नेत अहिले देशको युवाहरुको ढुकढुकी बन्न

लिम्पियाधुरा, लिपुलेक र कालापानी फिर्ता भएपछि मात्रै आत्मसम्मान मिल्छ : अध्यक्ष ओली

  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ नक्सामा समेटिएको जमिन फिर्ता भएपछि