प्रभु साह र अध्यक्ष ओलीबीच गोप्य भेटघाट



 

 

नेकपा एमालेअध्यक्ष केपी शर्मा ओली र नेता प्रभु साहबीचको दुरी बढदै गईरहेको छ । ८ बुँदे माग सहितको पत्र अध्यक्ष ओलीलाई बुझाएका साहले माग सम्बोधन नहुनेभएपछि दुई नेताबीचको दुरी बढदै गएको छ । हालै सम्पन्न एमालेको प्रथम विधान महाधिवेशन साह समूहले बहिष्कार गरेको थियो ।

पछिल्लो समय केन्द्रीय कमिटीको बैठकमा समेत सहभागि हुन छाडेका साहले अध्यक्ष ओलीसंग गोप्य भेटघाट गरेका छन् । भेटमा महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु सहभागि सो बैठकमा समेत कुनै सहमती जुटन सकेको छैन् ।

‘पछिल्लो समय असन्तुष्ट रहनुभएका साहजीसंग भेटघाट तथा छलफल भएको छ । उहाँले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई बुझाउँनुभएको ८ बुँदे माग कार्यान्वयनको बारेमा लिखित प्रतिबद्धता खोज्नुभएको छ’ ओली निकट एक नेताले भने, ‘अध्यक्षजी त कार्यान्वयन गर्ने जवाफ दिनुभएको छ, तर उहाँले भनेजस्तै लिखित रुपमा सार्वजनिक गर्न सकिएको छैन् ।’

साहको माग पुरा गर्ने बिषयमा अध्यक्ष ओलीले पटकपटक छलफलै गर्दै आएका छन् । तर ओली र साहबीच अझै सहमती जुटन नसकेको एमाले स्रोतको दावी छ । माग सम्बोधन गर्ने बताउँदै आएका ओलीले लिखित रुपमै सहमती गर्न नचाहेपछि ओली र साहबीचको दुरी झनझन बढदै गईरहेको छ ।

आफ्ना माग सम्बोधन नहुने देखेपछि साहले आफू निकटका २५ भन्दा बढी एमाले प्रदेश २ कमिटीका सदस्यबाट सामुहिक राजीनामा गराईसकेका छन् । युवा, विधार्थी लगायतका संगठनबाट साह निकट नेताहरुले यस अघि नै राजीनामा गरिसकेका छन् । पछिल्लो समय एमालेको बैठक तथा कार्यक्रम बहिष्कार गर्दै आएका साह आइटी आर्मीको व्यानरमा आयोजित कार्यक्रम सहभागि हुदै आएका छन् ।

साहको माग के हो 

एमालेभित्र २ जेठ २०७५ मा फर्किनुपर्ने माग उठदै गर्दा साहले ३ जेठ पछिको अवस्थाबाट अगाडी बढनुपर्ने माग गरेका छन् ।

‘सर्वोच्च अदालतले पार्टी एकता भंग गरी नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० व्युताए पनि हामीले एमालेलाई नेकपाकै निरन्तरतामा बुझ्ने र एकताकै स्पिरीटमा कार्य सञ्चालन गर्ने’ साहले बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

तत्कालिन नेकपाले अभ्यास गरेको जनताको जनवादलाई अगामी महाधिवेशनमा व्यापक छलफल मार्फत विकास गर्नुपर्ने माग उनको छ । यस्तै उनले संविधान संशोधन माग समेत अगाडी सारेका छन् ।

‘वर्तमान संविधानलाई हाम्रो ७ बर्षको अनुभवको आधारमा देखिएका त्रुटीहरु हटाउन, जनतालाई असली लोकतन्त्रको प्रत्याभुति दिलाउन, राष्ट्रियता, स्थायित्व र समृद्धिको चाहना पुरा गर्न समय सापेक्ष परिमार्जन गर्दै समाजवादको दिशामा अगाडी बढने’ साहले बुझाएको पत्रको बँदा नं। ३ मा उल्लेख गरेका छन् ।

एमालेको वैधानिक कमिटी र पदाधिकारीलाई कायम गर्दा माओवादी केन्द्रको बैधानिक कमिटी र पदीय हैसियत अनुसार मिलान गर्नुपर्ने उनले माग गरेका छन् । माओवादी केन्द्रको पूर्व पदाधिकारीलाई एमाले पदाधिकारीमा, केन्द्रीय कार्यालय सदस्यलाई स्थायी कमिटीमा, सचिवालय सदस्यलाई पोलिटव्यूरो कमिटीमा, पोलिटव्यूरो कमिटीमा रहेकालाई केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यलाई प्रदेश कमिटीमा र प्रदेश कमिटीमा रहेकालाई जिल्ला कमिटीमा समायोजन तथा पार्टीको पदीय वरियताक्रम कायम गर्दा नेकपमा अभ्यास गरेको मर्यादाक्रम र दुबै पार्टीको बैधानिक हैसियत अनुसारको मर्यादाक्रम समेतलाई ख्याल गरी नयाँ वरियताक्रम निर्धारण गर्न उनले माग गरेका छन् ।

यसैगरी पार्टी संगठन, जवस तथा अन्य निकायहरु निर्माण गर्दा वा खाली भएका पदमा पदपुर्ति गर्दा एकताको मर्म अनुरुप माओवादी पक्षका नेतालाई सम्मानजनक सहभागि गराउन साहले माग गरेका छन् ।

पार्टीको आगामी महाधिवेशन एकताकै अधिवेशनको रुपमा लिई पार्टी कमिटीहरुको निर्वाचन सहमतीको आधारमा गर्नुपर्ने र प्रदेश २ मा कमिटी निर्माण, पदाधिकारी चयन तथा कार्य विभाजनमा भएको विगतको सहमतीलाई कार्यान्वयन गर्नुका साथै आइटी आमीलाई पार्टीकै जनसंगठनको रुपमा स्थापित गर्नुपर्ने माग साहले गरेका छन् ।

अध्यक्ष ओलीसमक्ष उनले आठ बुँदे माग पेश गरेको दुई हप्ता वित्दा समेत उनले कुनै जवाफ पाएका छैनन् । केन्द्रीय सदस्य समेत रहेका उनी पछिल्लो समय पार्टीको बैठकमा समेत सहभागि हुन छोडेका छन् । आइटी आर्मीको व्यानरमा आयोजना हुने बिभिन्न कार्यक्रममा उनी सहभागि हुदैआएका छन् ।

प्रतिक्रिया दिनुहोस
नेपाल एयरलाइन्सलाई कमजोर बनाउँदिन : मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले निजी क्षेत्रका कम्पनीसँग

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : भीमार्जुन आचार्य

    संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई थप क्षति हुन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

आजदेखि लाइसेन्सको फारम खुल्यो

  कात्तिक । कोभिड–१९को कारण बैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन

परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई