गैरआवासीय नेपाली संघको अध्यक्षमा डा.केसीको उम्मेदवारी किन ?



 

 

सन् २००३ मा स्थापित गैरआवासीय नेपाली संघ (एनआरएनए)को स्थापना कालदेखि नै डा.बद्री केसी आवद्ध छन् । सुरुमा रुसमा बस्ने नेपालीहरूबीच सहयोग, सद्भाव र भेटघाटका लागि यो संघ खोलेदेखि नै डा.केसी एनआरएनएमा आवद्ध भएका हुन् ।

आजभन्दा झन्डै १८ वर्ष पहिले स्थापना भएको एनआरएनएले यतिबेला मुलुकका झन्डै ८४ वटा देशमा आफ्नो सांगठानिक संरचना विस्तार गरिसकेको छ । यो संघ अहिले प्रवासमा बस्ने आम नेपालीको दुःख, सुखको सारथी बनेको डा.केसी बताउँछन् ।

केसी एनआरएनएको स्थापना भए पश्चात् झन्डै चार वर्षसम्म साधारण सदस्य भएरै काम गरेका थिए । त्यसपछि २००७ मा एनआरएनए रसियाको सर्बसम्मत तथा निर्विरोध महासचिवमा चुनिए । २००९ देखि २०१३ सम्म दुई कार्यकाल निर्विरोध पुनः चुनिएर केन्द्रीय समितिमा काम गरे । उनी २०१३ मा केन्द्रीय कोषाध्यक्षमा निर्वाचित भएका थिए । २०१५ देखि २०१९ सम्म दुई कार्यकाल महासचिव भएर उनले संघ चलाइसकेका छन् । २०१९ यता डा.केसी उपाध्यक्ष पदमा कार्यरत छन् । यद्यपि उनले अध्यक्षबाहेक एनआरएनएको प्रायः सबै पदिय दायित्व र जिम्मेवारी सम्हाली सकेका छन् ।

यस संघमा आवद्ध भएदेखि नै आमगैरआवासीय नेपालीको पक्षमा उभिएको डा.केसी बताउँछन् । उनी भन्छन्, ‘आफू एक्लैले नभै गैरआवसीय नेपाली संघको मातहतबाट समस्यामा परेका नेपालीहरूको सहयोग गरेको छौँ, सहयोग र समर्थनका लागि हरहमेशा हामी उहाँहरूकै साथमा हुनेछौँ ।’

एनआरएनएको केन्द्रीय उपाध्यक्ष तथा अध्यक्ष पदका प्रत्यासी डा.केसीले गैरआवासीय नेपालीलाई नागरिकता दिने विषय कार्यान्वयन र नेपालीहरूको आर्थिक तथा बौद्धिक लगानी नेपालमा भित्र्याउनका लागि आफूले पहल गर्ने बताउँदै आएका छन् । केसीले एनआरएनएका एजेण्डाहरू चलायमान र कार्यान्वयका लागि अध्यक्षमा आफ्नो बाहेक अरूको विकल्प नभएको दाबी गर्छन् । त्यस्तै ‘१० अर्बको संयुक्त लगानी कोषलाई मूर्तरूप दिन पनि केसीू प्रतिबद्ध भएको बताउँछन् ।

उपाध्यक्ष डा.बद्री केसीको अध्यक्षमा उम्मेदवारी किन ?

स्थापनाको वर्षदेखि नै डा.केसी गैरआवासीय नेपालीहरूको हकहित र अधिकारका लागि एनआरएनएबाहेक अर्को विकल्प नदेखेको बताउँछन् । यसर्थ उनले आफ्नो सक्रिय जीवन रहुँञ्जेल एनआरएनएको साथ नछोड्ने प्रण गरेका छन् । आफू एनआरएनएलाई निरन्तर चलायमान बनाइ राख्न अहोरात्र खट्ने उनको विश्वास छ । विगत लामो समयदेखि नै यस संघमा आवद्ध भए पश्चात् समस्यामा परेका नेपालीहरूको पक्षमा आवाज बुलन्द गर्दै आएका छन् ।

 

 

केसी २०१९ यता उपाध्यक्ष पदमा रहँदादेखि नै एनआरएनएलाई विभिन्न देशहरूसँग साझेदार गरेर नेपालको कुटनीतिलाई चलायमान बनाउन उद्दत छन् । त्यसयता उनले वैदेशिक तथा बौद्धिक दुवै लगानी नेपाल भित्र्याउने लगायतका थुप्रै एजेण्डामा आफूले हमेशा कोसिस गर्ने बताउँछन्, डा.केसी । यस मानेमा आफूले आसन्न गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनका अध्यक्षको प्रत्यासी भएको तर्क गर्छन् ।

उपाध्यक्ष केसीका एजेण्डा 

१. गैरआवासीयलाई नागरिकता दिलाउने ।

छ । नागरिकता ऐनको संशोधन मस्यौदा अहिले पनि संघीय संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन छ । त्यसको कार्यान्वनका लागि आफूले पहल गर्ने डा.केसीको पहिलो एजेण्डा हुनेछ । नेपाली भएरमात्रै हुन्नरहेछ, पहिचानका लागि प्रमाणको आवश्यकता पर्छ । त्यो प्रमाण नै नागरिकता हो । गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गराउन एनआरएनए लागि पर्नेछ । किनकि यो कुरा २०७२ को संविधानमा नै व्यवस्था गरिएको छ । त्यसको कार्यान्वयनमा ढिलाइ भएको छ । त्यसका लागि नेपाल सरकारसँग आवश्यक छलफल गर्ने केसीले बताएका छन् ।

२. बैदेशिक रोजगारीमा भएका समास्या समाधान ।

नेपालले श्रम सम्झौता गरेका विभिन्न देशहरूमा पुगेका अधिकांश नेपाली दाजुभाइ तथा दिदीबहिनीले समयमा तलब नपाएको, कम्पनीबाट ठगिएको, अत्याधिक श्रम शोषण भएका खबर दैनिक सञ्चार माध्यममा आइनै रहन्छ । कति नेपाली अलपत्र परेको घटना आँखै अगाडि देखिन्छ । यी चुनौती र समस्या उप्रान्त नहोस् भन्नका लागि केसीले नेपाल सरकार र एनआरएनएको सहकार्य र सम्झौतामा पहल गर्ने बताएका छन् ।

३. बौद्विक वर्ग र दोस्रो पुस्ताका युवाहरूलाई एनआरएनएमा आबद्ध गराउने ।

नेपालका उत्कृष्ट विद्यार्थीहरूले आफ्ना सर्टिफिकेट बोकेर विदेशिनुपर्ने बाध्यता छ । यसका लागि उनीहरूले पनि नेपालमा योगदान गर्ने वातावरण बनाउन आफू लागि पर्ने बताएका छन् । विश्वका प्रसिद्ध विश्वविद्यालयमा अध्ययन गरेका विद्वतबाट नेपालका विश्वविद्यालय, क्याम्पस लगायतकामा ल्याब, रिसर्च सेन्टर, आविष्कार केन्द्रमा अध्यापन गराउन सक्ने वातारण सिर्जना गर्ने केसीको उद्देश्य छ । यसका साथै छुट्टै संरचना बनाएर विदेशमा अध्यापनरत प्रोफेसर डाक्टर, रिसर्चरलाई नेपाल भित्र्याउने र यहीँ काम गर्ने व्यवस्था मिलाउने केसीको उद्देश्य छ ।

४. गैरआवसीय नेपालीहरूको लगानी नेपाल भित्र्याउने ।

मुलुका अधिकांश देशमा रहने नेपालीले आफ्नो गच्छे अनुसारको लगानी गर्न सक्छन् । त्यसको समुचित लाभ पनि पाउन सकून भनेर यसअघि एनआरएनएले १० अर्बको कम्पनी खडा गरेका छौँ । एनआरएनए नेपाल डेभलपमेन्ट फण्ड जस्ता प्रोजेक्ट सुरु गरेको उनी बताउँछन् । त्यस्तै विदेशमा बस्नेले कम्तिमा पनि १० लाख नेपालीको डिम्याट खाता खुलाउँछौं । र, विदेशबाट आइपिओ भर्न लगाउने हाम्रो ध्येय छ ।

५. श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने ।

आगामी दुई वर्षभित्रै डा.केसीको लक्ष्य श्रम बैंक स्थापना गर्ने छ । श्रमिकको पैसाले श्रमिककै लागि श्रम बैंक खोल्ने उनको इच्छा हो । एनआरएनएको सुझावका आधारमा सरकारले यसअघि नै यो कार्यक्रम ल्याउने तय गरेको छ । यसलाई चलायमान बनाउनका लागि केसीले आवश्यक पहल गर्ने बताएका छन् । त्यस्तै नेपालमा केन्द्र रहने र उक्त केन्द्रका बैंकको शाखा संसारभर रेमिटयान्स एजेन्सीका रूपमा विस्तार गर्ने पनि उनको लक्ष्य छ । र, वैदेशिक रोगजारीमा भएका श्रमिकको झन्डै १० खर्बभन्दा बढी रेमिटयान्स नेपाल भित्रिन्छ । यसबाट रेमिट्यान्सको उत्पादनशील कार्यका लागि उपयोगिता बढ्ने छ ।

६. नेपाली भाषा, साहित्य र कलाको बेलीविस्तार गर्ने ।

विदेशमा बस्ने नेपाली र उहाँहरूका सन्तानले नेपाली भाषा अध्ययन गर्न पाएका छैनन् । भाषाको प्रभावका कारण नेपाललाई विस्तारै भुुल्दै गएका छन् । यसका लागि नेपाली, भाषा, साहित्य कला सिकाउन आवश्यक देखिन्छ । आफ्नो देशको भाषाप्रति अनविज्ञ भए पहिचान नै गुम्ने खतरा हुन्छ । त्यसैले गैरआवासीय नेपालीका लागि नेपाली भाषा, साहित्य र कलाको प्रवद्र्धन गर्नका लागि विद्यालय खोल्ने पनि डा. बद्री केसीको एजेण्डा रहेको छ ।

७. एनआरएनए फाउन्डेसनको संरचना नेपालका सातै प्रदेशमा विस्तार गर्ने । 

सन् २००३ मा स्थापना भएको एनआरएनए अहिले ८४ देशमा सांगठानिक संरचना विस्तार भएको छ । यससँग झन्डै ३ हजार ४ सयभन्दा बढी सदस्य छन् । यसको लोकप्रियता देशव्यापी हुँदा नेपालमा पनि लोकप्रियता बढाउने उद्देश्य रहेको केसी बताउँछन् । देशका ७७ वटै जिल्लाबाट प्रवास पसेका नेपालीहरूलाई एकत्रित गर्ने यसको उद्देश्य रहेकोले आफूले नेपालका सबै जिल्ला र ७ वटै प्रदेशमा विस्तार गर्ने लक्ष्य रहेको उनले बताए ।

८. एनआरएनए र नेपाल सरकारबीच थप प्रगाढ सम्बन्ध स्थापित गर्ने ।

गैरआवसीय नेपाली संघ मुलुकका ८४ देशमा सांगठानिक संरचना छ । यस हिसाबले यो निकै ठूलो संस्था पनि हो । यसबाट नेपाल सरकारले ठूलो लाभ लिनसक्ने प्रवल सम्भावना छ । यसका लागि नेपाल सरकार र मुलुकका विभिन्न देशमा विस्तारित एनआरएनएको सहयोगमा कुटनीतिक पक्षलाई मर्यादित र सम्बन्ध बलियो बनाएको खण्डमा प्रशस्त लाभ लिन र दिन सकिने भएकाले दुवैको सम्बन्ध गाढा बनाउनमा सहयोग हुने भएकालेल यो एजेण्डा पनि केसीले समेटेका छन् ।

९. वैदेशिक रोजगारीका लागि मानवअधिकार र सुरक्षाको प्रत्याभूत भएका देशहरूसँग साझेदार गर्ने । 

खाडी मुलुकबाहेकका अन्य देशहरू जस्तै युरोपियन कन्ट्रीमा सुरक्षा र मानव अधिकारको प्रत्याभूत भएको हुनाले त्यतातिर पनि नेपाली श्रमिकका लागि गन्तव्य बन्नसक्छ । त्यसका लागि पनि आफूले पहल गर्ने केसी बताउँछन् । मानवअधिकार, सुरक्षाको प्रत्याभूति नभएका देशमा नेपालीले दुःख पीडा झल्दै आएका छन् । त्यसबाट मुक्ति पाउन हमेशा कोसिस गर्नेछु । यीनै मुख्य एजेण्डासहित आफूले आसन्न १० औँ महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारी दिएको केसी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
नेपाल एयरलाइन्सलाई कमजोर बनाउँदिन : मन्त्री आले

    संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले निजी क्षेत्रका कम्पनीसँग

प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ : भीमार्जुन आचार्य

    संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई थप क्षति हुन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले

आजदेखि लाइसेन्सको फारम खुल्यो

  कात्तिक । कोभिड–१९को कारण बैशाखदेखि रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन

परमादेश दिने पाँचै न्यायाधीशले राजीनामा दिनुपर्छ : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई