सत्ता गठबन्धन दुर्घटनाग्रस्थ, नयाँ खेलको तयारी



 

 

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार गठन भएको मंगलबार दुई महिना पूरा भएको छ। सरकार बनेको दुई महिना पूरा हुँदा पनि पाँच दलीय गठबन्धनका प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सक्नुभएको छैन , सर्वोच्च अदालतले गत असार २९ गते प्रतिनिधिसभा पुनःस्थापना गर्दै दिएको परमादेश अनुसार उनी मुलुकको ४२ औँ प्रधानमन्त्री बन्नुभएको थियो । यता दिन प्रतिदिन देउवालाई गठबन्धन सकस बन्दै गएको छ ।

न राजनीतिक दलसम्बन्धी अध्यादेश निष्कृय हुन्छ न १४ सांसद पदमुक्त गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको मुद्दाको छिनाफानो हुन्छ । एकातर्फ अध्यादेश अर्कातर्फ दल विभाजन अवैध ठहर गराउने गरी दायर मुद्दाको भय । यसकारण मन्त्रिपरिषद विस्तारमा अलमल भएको छ । गठबन्धनका दलहरुमध्ये नेकपा एस र जसपा अध्यादेश निष्कृय नभई मन्त्रीको नाम बुझाएमा फेरि दल फुट्नसक्ने भन्दै सतर्क छन् । नेकपा एस ५ र जसपा ४ सांसद मिलेर फुटाउन सक्ने अवस्था छ । मन्त्रीका आकांक्षी धेरै छन् । अध्यादेश निष्कृय बनाउन राष्ट्रपतिले सक्ने प्राब्धान छ । संविधान अनुसार राष्ट्रपतिबाहेक संसदले अस्वीकृत गरेर या ६० दिनभित्र सदनले कुनै निर्णय नलिंदा स्वतः निष्कृय हुने व्यवस्था छ । यसकारण पनि अध्यादेशको अड्को बनेको छ ।

एमसीसी नयाँ चुनौती बनेको छ । सत्ता गठबन्धनभित्र एमसीसी पास गर्ने कि नगर्नेमा विवाद चुलिएको छ । प्रधानमन्त्री देउवाले एमसीसी पारित गर्ने विषयलाई प्रतिष्ठासँग जोड्नुभएको छ भने । प्रचण्ड र माधव नेपाल पास नगर्ने पक्षमा हुनुहुन्छ । अध्यादेश र एमसीसीका कारण धेरै विषय अड्कन थालेका छन् । मन्त्रालय बाँडफाँडमा कुरा मिल्न सकेको छ । काँग्रेसले अब बाँकी मुख्य मन्त्रालयमा आफ्नो दाबी प्रस्तुत गरेको छ । भौतिक पूर्वाधार र स्वास्थ्य मन्त्रालयमा काँग्रेसको दाबी देखिएको छ । प्रदेशहरुमा पनि त्यस्तै समस्या बनेको छ । नेकपा एसले बागमती र प्रदेश १ मा मुख्यमन्त्री दाबी गरेको छ । काँग्रेस बागमतीमा मुख्यमन्त्री छाड्ने पक्षमा हुनुहुन्न। त्यहाँ इन्द्र बाँनियालाई मुख्यमन्त्री बनाउन खोजिएको छ । नेकपा एस राजेन्द्र पाण्डेलाई बढाउन चाहिरहेको छ ।

प्रदेशमा अविश्वासको प्रस्ताव आज भोलि नै आउने भनिएको थियो तर नआउने भएको छ । सत्ता गठबन्धनभित्र अध्यादेशको निष्कृयता, एमसीसी, मन्त्रिमण्डल बाँडफाँडलगायतका मुद्दाले खटपट बढेको छ । ओलीको सेटिङ भत्काउने भन्दै बढेका गठबन्धनका नेताहरु आफै विवाद बढाउन थालेका छन् । यसले पनि गठबन्धनभित्र खटपट बढाएको छ ।

पूर्वमन्त्री हृदयश त्रिपाठीले अहिलेको गठबन्धन तोडिनसक्ने भन्नुभएको छ । यता गठबन्धनकै एउटा पक्ष डाक्टर बाबुराम भट्टराईले गठबन्धन धेरै अगाडी जाननसक्ने बताउनुभएको छ । राजनीती बृत्तमा काँग्रेस र एमाले मिलेर देशलाई अर्ली इलेक्शनमा लानसक्ने अनुमानहरु हुन थालेका छन् । यसले गठबन्धनमा दुर्घटना हुनसक्ने सम्भावनाको संकेतहरु गर्न थालेको छ । सत्ता गठबन्धनमा कुनैपनि बेला दुर्घटनाको संकेतहरु देखिनथालेका छन् ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा बहुमत ल्याउने एमालेका ३८ रणनीति

    एमाले अध्यक्ष केपी ओलीले एमालेलाई पुनः राज्य सञ्चालनको केन्द्र भागमा स्थापित

विप्लव समूहको ‘मोजमस्ती’, लोकल खसी र भाले समाप्त

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ

यति एअरलाईन्सको पर्वतीय उडान असोज ९ गतेबाट शुरु

    दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाईन्सको पर्वतीय उडान असोज १० गते

बालुवाटार प्रकरणको मुख्य पात्र माधव नेपाल हो : विजय गच्छदार

    नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा