किसानको समस्या समाधान गर्न आईटी आर्मीको ज्ञापन पत्र



 

 

 

 

 

किसानहरुको समस्या समाधान गर्न आईटी आर्मीको किसान मोर्चाले जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएको छ । किसानहरुले राखेका बुँदागत माँगहरु पुरा गर्न जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा सो ज्ञापन पत्र बुझाइएको हो ।

किसानहरुका तर्फबाट प्रदेश २ का निवर्तमान सांसद कुन्दन कुशवाहाले जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख अधिकारी बसन्त भट्टराईलाई सो पत्र बुझाएका हुन । किसानहरुको समस्याका बारेमा सरकारले कुनै चासो नदिएको भन्दै गत बुधबार किसानहरुले रौतहटमा प्रदर्शन गरेका थिए ।

नेपाल कृषि प्रधान देश रहेको र ७० प्रतिशत जनसंख्या कृषिमा आधारित रहे पनि सरकारको कुनियतको कारण कृषि पेशा तथा कृषकहरु मर्कामा परेको र अहिलेको आधुनिक युगमा विश्व बजारको तुलना गर्न सरकारले मलखाद दिन नसकेको किसानहरुको आरोप छ । सरकारले किसानको समस्याको कुनै वास्ता नगरेको भन्दै रौतहटमा बुधबार हजारौ ट्याक्टरसहित किसानहरु सडकमा उत्रिएका थिए ।

धान बालिको बेला बजारमा मलको चरम अभाव खेपिरहेका किसानहरुले कृषि सामग्रीको अभावमा उत्पादन घटेको भन्दै आन्दोलन गरेका थिए । रौतहटका बजारहरुमा यूरिया मलको अभाव भए पछि भारतीय बजारहरुबाट खेतिका लागी मलखाद ल्याउदा सिमानामा सुरक्षाकर्मीले खोसे पछि खेती गर्न समस्या भएको किसानको गुनासो छ ।

किसानलाई पेन्सनको व्यवस्था, अन्न दातालाई सम्मान, कृषि ऋण सहज ढंगले उपलब्ध, प्रयाप्त मलखाद्य विऊ विजनको तुरुन्त व्यवस्था, भुमिहिनलाई जग्गा र किसानहरुलाई आधुनिक कृषि औजारको व्यवस्थाको माँग गर्दै आइटी आर्मीको किसान मोर्चाले ज्ञापन पत्र बुझाएको हो ।

जिल्ला प्रशासन कार्यालयमा बुझाइएको ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यालय र कृषि तथा पशुपंक्षी कार्यालय सिंहदरवारमा जाने पूर्व सांसद कुशवाहाले बताए । छिटो भन्दा छिटो किसानहरुको माँग पुरा नभएन किसानहरु सशक्त आन्दोलनमा उत्रिने समेत कुशवाहाले चेतावनी दिएका छन् ।

नेपाल सरकारले पर्याप्तमात्रामा कुनै पनि मलखादको व्यवस्था नगर्ने तथा कृषकले आफैले समेत अन्य मुलुकबाट ल्याउदा तस्करी गरेको भन्दै कारवाही भोग्नु पर्दा किसान पीडित भएका छन । समयमा पानी नपर्ने, बालि लगाएपछि बाढी आउने, बालि हुर्कने बेला मलखाद नपाउने, बैंकले किसानलाई ऋृणमा झन्झट गर्ने तथा कृषियन्त्रहरु समेत महङ्गोमा खरिद गर्नु पर्ने कारण कयौं किसानहरुले बिस्तारै पेशा परिवर्तन गर्न थालेका छन ।

सरकारले किसानका समस्याहरुको बारेमा ध्यान नदिदा दिनप्रतिदिन खाद्यान्न आपूर्तिको दर बढदै गएको तथा तराई मधेशका जग्गाहरुको उर्वराशक्ति तथा उत्पादनमा ह्रास आउन थालेको कृषकहरु बताउछन् । किसानका समस्याका बारेमा केन्द्र र प्रदेश सरकारलाई अवगत गराउन आन्दोलनमा उत्रिएको प्रदेश सभा सदस्य कुशवाहाले बताए ।

 

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा बहुमत ल्याउने एमालेका ३८ रणनीति

    एमाले अध्यक्ष केपी ओलीले एमालेलाई पुनः राज्य सञ्चालनको केन्द्र भागमा स्थापित

विप्लव समूहको ‘मोजमस्ती’, लोकल खसी र भाले समाप्त

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ

यति एअरलाईन्सको पर्वतीय उडान असोज ९ गतेबाट शुरु

    दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाईन्सको पर्वतीय उडान असोज १० गते

बालुवाटार प्रकरणको मुख्य पात्र माधव नेपाल हो : विजय गच्छदार

    नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा