समाजवादी व्यवस्था निर्माण गर्न आईटी आर्मी घोषणा



 

 

 

प्रविधिको प्रयोग गरी समाजमा विद्यमान सबैखाले विकृतिको अन्त्य गर्न तथा समाजवादी व्यवस्था निर्माण गर्ने लक्ष्यका साथ आईटी आर्मी घोषणा गरिएको छ । युवा नेता चन्द्र भुषण साहको संयोजकत्वमा नवगठित “आईटी आर्मी” को प्रथम राष्ट्रिय भेला गरी आज औपचारिक घोषणा गरिनुका साथै अन्तरिम घोषणापत्र जारी गरिएको छ । सुचना प्रविधिले सारा विश्वलाई एक ठाउँमा ठाउँमा संकेन्द्रित हुँदै गएकोले अबको क्रान्ति पनि सुचना प्रविधिकै बलमा सम्भव हुने भन्दै आईटी आर्मीको परिकल्पना गरिएको हो ।

 

आईटी आर्मीका संयोजक चन्द्र भुषण साहका अनुसार समाजको विकृति, विसङ्गति विरुद्ध जनचेतना अभिवृद्धि गर्ने, भ्रष्टाचार, कुशासन, आरजकता, दण्डहिनता एवं अस्थिरता विरुद्ध संर्घष गर्न, समाजमा विद्यमान विभेद, शोषण, दमण तथा उत्पिडन रोक्न सक्रिय रहने, देश–दुनियामा भईरहेको सुशासन, सदाचार, विकास र समृद्धिसँग सम्बन्धित सकारात्मक कार्यहरुको प्रचार प्रसार गर्ने, राष्ट्रियताको प्रबद्र्धन तथा अधिकार प्राप्तिका लागि हुने सम्पूर्ण संघर्षहरुमा सहयोग गर्ने, खिचडी संसदीय व्यवस्थाको भण्डाफोर गर्ने, जनवादी क्रान्ति वा समाजवादी व्यवस्था निर्माणको लागि हुने गतिविधिहरुमा सहभागि भई सहयोग गर्ने जस्ता कार्यक्रमका साथ अगाडि बढेको बताए ।

 

दुनियाको मुनाफाखेर दलाल पूँजीपति वर्गलाई संगठित भई मजदुर किसान तथा सर्वहारावर्गलाई दमन गरिरहेकोले आर्इटी आर्मी त्यसको विरुद्ध एकीकृत रुपमा खडा भई मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिती, विकृति कुशासन, अस्तिरता, एवं आरजकता सहित सबै खाले दमन उत्पीडन एवं विभेदहरुलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्ने उद्देश्यका साथ संगठन जन्मिएको हो । सुचना प्रविधिले जनताको चेतनामा गुणात्मक बुद्धि गर्नुका साथै जनतालाई भ्रमित गर्ने, गलत दिशा दिने तथा कुलतमा फसाउने माहोल समेत निर्माण गरेको आईटी आर्मीको ठहर छ ।

 

कम लागतमा बढी उत्पादन हुने साथै ठूलो संख्यामा श्रीमकहरुलाई बेरोजगार बनाएको, सूचना–सञ्चारले सरकारी सेवालाई प्रभावकारी बनाएको साथै जनतालाई दिगभ्रमित गर्ने सरकारी औजार समेत बनेको जस्ता परिस्थिति निर्माण भई देश दुनियाको मुनाफाखेर दलाल पूँजीपति वर्गलाई संगठित भई हस्तक्षेप गर्ने स्थिति निर्माण गरेकोले श्रमिक वर्ग एकीकृत हुनु पर्ने आईटी आर्मीको घोषणापत्रमा उल्लेख छ । “अहिलेसम्मको स्थिती हेर्दा शासक र पूँजीपति वर्ग नै आफ्नो सत्ता रक्षा एवं स्वार्थ पूर्ती गर्न सफल भइरहेको स्थिति छ भने, श्रमजीवी तथा उत्पिडित जनता तुलनात्मक रुपमा यसको सचेततापूर्वक सदुपयोग गर्न नसकेर बढी सिकार नै बन्दै आएको स्थिति छ । त्यसैले, शासक वर्गले आफ्नो सत्ता रक्षाको लागि समाजमा सृजना गरेको भ्रम, द्वन्द्व र विभाजनको स्थितिको अन्त्य गर्न पनि मुख्यतः आम श्रमजीवी तथा उत्पिडित जनतालाई सूचना प्रविधिको सहायताले सुसुचित, सचेत, जागरुक एवं संगठीत गर्ने गराउने मुख्य अभिभारा आज तपाई हाम्रो काँधमा आएको छ ।” घोषणापत्रमा उल्लेख छ, “आई.टी. को सहायताले हामी मुलुकमा व्याप्त दुराचार, भ्रष्टाचार, बेथिती, विकृति कुशासन, अस्तिरता, एवं आरजकता सहित सबै खाले दमन उत्पीडन एवं विभेदहरुलाई बढावा दिने गलत शासन व्यवस्थाको अन्त्य गर्न सक्छौं ।

 

तसर्थ, देशमा समाजवादी व्यवस्था निर्माण सहित समाजिक न्याय, सुशासन, सदाचार, स्थायीत्व, समृद्धि एवं विकासको लक्ष्य पुरा गर्ने महाअभियानमा हामी सफल हुने दृढ विश्वासको साथ अर्धसामुहिक स्वरुपमा क्रियाशिल रहनेगरी आई.टी. आर्मीको स्थापना/गठन गरिएको छ।” हाललाई पदाधिकारी, कार्यालय र सचिवालय सहित १५१ सदस्य केन्द्रीय कमिटी, सोहि अनुरुप प्रदेश तहमाः १०१ सदस्य प्रदेश कमिटी र स्थानीय तहमाः ७५ सदस्य जिल्ला कमिटी, ५१ सदस्य निर्वाचन क्षेत्र कमिटी र ३३ सदस्य पालिका कमिटी गठन गरिने संयोजक साहले जानकारी दिए । कार्यक्रममा पूर्वमन्त्री प्रभु साहले युवा पुस्ताको सक्रियताले मात्र देश समृद्ध बन्ने भएकोले हार नमान्न आह्वान गरे ।

 

उनले व्यवस्था, शासन प्रणालीलगायतका विषयमा युवा पुस्ताले स्पष्ट धारणा बनाई आर्इटी आर्मी अगाडि बढ्नुपर्ने बताए । “हामीले हेरिरहेका छौँ, संसदीय दलीय प्रणालीमा हुनै पनि देशमा सत्तापक्ष सांसदले अर्को दलको प्रधानमन्त्री बनाउन षडयन्त्र गर्ने काम हुँदैन, संसारमा कही पनि ७६१ वटा सरकार छैन, राष्ट्रपति संस्थाको निर्णयको अपमान हुँदैछ, शक्ति पृथकीकरणको नाममा अराजकता बढ्दै छ, जनादेशभन्दा पनि परमादेशबाट देश चलिरहेको छ ।” पूर्वमन्त्री साहले भने, “तह-तहमा विवाद छ, सत्ता गिराउन, टिकाउन र बनाउन निकृष्ठ तहको तमासा भइरहेको छ, सामन्तवादको अवशेषले देशलाई भ्रमित गर्ने दुष्प्रयास भईरहेको छ ।

यो सबै वर्तमान अस्पष्ट व्यवस्थाको प्रतिफल हो । समाजलाई भ्रमित बनाई धमिलो पानीमा माछा पार्ने दुस्साहस प्रतिक्रियावादीहरुले गरिरहेका छन् । नवगठित आर्ईटी आर्मीले यी सबै विकृतिको उजागर गरी जनतालाई सुसुचित गर्नुपर्छ भन्ने शुभकामना दिन चाहन्छु। ” एमाले स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री लेखराज भट्टले देशको एउटा लिडिङ संस्थाको रुपमा आईटी आर्मी अगाडी आउनुपर्ने र समाजमा हुने झुटको खेतीलाई निस्तेज गर्नुपर्ने बताए । पूर्वमन्त्री टोपबहादुर रायमाझीले युवा पुस्ताले चाहेको खण्डमा ठूल्ठूला क्रान्ति सम्भव भएकोले आईटी आर्मी जनताको हक अधिकारका लागि काम गर्न अग्रसर हुनुपर्ने बताए । एमाले राष्ट्रिय सभा संसदीय दलका नेता सुमन प्याकुरेल, पूर्वमन्त्री गौरीशंकर चौधरीलगायतका नेताहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
निर्वाचनमा बहुमत ल्याउने एमालेका ३८ रणनीति

    एमाले अध्यक्ष केपी ओलीले एमालेलाई पुनः राज्य सञ्चालनको केन्द्र भागमा स्थापित

विप्लव समूहको ‘मोजमस्ती’, लोकल खसी र भाले समाप्त

  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको पूर्ण बैठक तनहुँ

यति एअरलाईन्सको पर्वतीय उडान असोज ९ गतेबाट शुरु

    दोश्रो लकडाउन पछि रोकिएको यति एअरलाईन्सको पर्वतीय उडान असोज १० गते

बालुवाटार प्रकरणको मुख्य पात्र माधव नेपाल हो : विजय गच्छदार

    नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा