बंगलादेशको नम्बर १ ब्राण्ड सिम्फोनीका मोबाइल फोनहरु नेपाली बजारमा



 

 

 

बंगलादेशको चर्चित मोबाइल फोन ब्राण्ड सिम्फोनी (Symphony) नेपाली बजारमा भित्रिएको छ । बंगलादेशमा नम्बर १ ब्राण्डको रुपमा रहेको सिम्फोनीका मोबाइल फोनहरु हालै सिम्फोटेक प्रालि ले नेपाली बजारमा उपलब्ध गराएको हो । सिम्फोनी ब्राण्डका 5 स्मार्टफोन मोडलहरु कम्पनीले पहिलो चरणमा उपलब्ध गराएको छ । कम्पनीले सिम्फोनी Z-18, Z-28, Z-32, Z-30Pro र Z-40 स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले नेपाल मा भित्र्याएको सिम्फोनी ब्राण्डका फोनहरु अन्तर्राष्ट्रिय गुणस्तर र नविनतम प्रविधि, आधुनिक र युवा मैत्री डिजाइनका साथै अहिलेको अवस्थामा अनलाइन कक्षा का लागि उपयुक्त विशेषताहरु सहितका रहेका छन् । यी फोनहरु बजेट मूल्यमा अनलाइन कक्षा को लागी उत्कृष्ट फिचर र आकर्षक डिजाइनसहित आएका छन् । जसमा फोटोग्राफीको लागि ड्यूल र ट्रिपल क्यामरा सेटअप रहेको छ ।

कम्पनीका सेल्स म्यानेजर/मार्केटिंग म्यानेजरद्धय राजेश चालिसे तथा गोबिन्द बस्यालले नेपाली बजारमा सिम्फोनी ब्राण्डका उत्कृष्ट मोबाइल फोनहरु ग्राहकहरुलाई सूपथ मूल्यमा उपलब्ध गराईने बताए । ‘हामीले पहिलो पटक बंगलादेशको नम्बर १ ब्राण्डको मोबाइल फोन नेपाली बजारमा ल्याएका छौं । यो ब्राण्डका फोनहरुमा प्रिमियम फिचर राखिएको छ भने अहिलेको युवा पुस्तालाई आकर्षित गर्ने किसिमको रहेको छ । हामीले यी फोनहरु अविश्वनिय मूल्यमा उपलब्ध गराउने छौं,’ सेल्स म्यानेजर/मार्केटिंग म्यानेजरद्धय चालिसे तथा बस्यालले भने। उनीहरुले सिम्फोनीका मोबाइलहरुमा बिक्रीपछिको सेवा अर्थात आफ्टर सेल्स सर्भिसलाई समेत उच्च प्राथमिकतामा राखिएको र ग्राहकहरुलाई पुर्ण सेवा दिन तयार रहेको बताए ।

यसका साथ ग्राहक ले कम्पनी बाट मोबाइल सेट मा एक बर्षे वारंटी अनि ब्याट्री र चार्जरमा मा पनि एक बर्षे वारंटी पाउनु हूंछ । हाल सार्वजनिक गरिएको सिम्फोनी Z-40(4/64) र Z-30pro(4/64) को बजार मूल्य रु. 16,499/–, सिम्फोनी Z-32(3/32) र Z-28(3/32) को बजार मूल्य रु. 13,499/– र 12,999 /–सिम्फोनी Z-18(2/32) को बजार मूल्य रु. 11,799/- तोकिएको छ । आगामी दिनमा कम्पनीले सिम्फोनी ब्राण्डका फिचर फोनहरुका साथै थप मोडलहरु भित्र्याउने तयारी समेत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
माधव नेपालले ओलीलाई महाराजधिराज भनेपछि…….

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई

आईटी आर्मीप्रति मेरो पूर्ण समर्थन छ : महेश बस्नेत

      नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ूआईटी आर्मीू प्रति

यती एअरलाइन्सको सहयोगमा एयरपोर्टको गेटमा नयाँ ट्राफिक लाईट

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा

दोस्रो अध्यक्ष र भागवण्डामा माधव नेपाल मिल्ने संकेत

    नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता