कमरेड प्रचण्ड अस्ताउँदो सूर्यजस्तै : बादल



 

 

प्रचण्डसँग तपाईंको ४० वर्षभन्दा लामो सहयात्रा रह्यो । यो अवधि अन्तरसङ्घर्ष र एकताका विभिन्न चरणबाट गुज्रिएको छ । आज प्रचण्ड नेपाली राजनीतिमा अस्थिरता, उपयोग र अवसरवादको पर्यायवाचीजस्तो बन्न पुग्नुभएको छ । नेपाली राजनीतिमा प्रचण्डलाई वैचारिक राजनीतिक रूपमा कसरी चरित्र चित्रण गर्नुहुन्छ ?

सामान्तवाद विरोधी जनवादी क्रान्ति सम्पन्न गर्ने सिलसिलामा कमरेड प्रचण्डसँग चार दशकभन्दा लामो अवधिसम्म मेरो सहकार्य भयो । यो समय निकै उतारचढाव र उथलपुथललको बीचबाट गुज्रियो । निश्चय पनि नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड प्रचण्डको भूमिकालाई पूर्णतः अस्वीकार गर्नु ‘पूर्वाग्रही’ बन्नु हुनेछ । यो पनि त्यत्तिकै सत्य हो( नेपालको कम्युनिष्ट आन्दोलनको विघटनरविसर्जनमा पनि उहाँको उत्तिकै उल्लेखनीय भूमिका रह्यो, त्यो निरन्तर जारी छ ।

निःसन्देह कमरेड प्रचण्डको मूल प्रवृत्ति र विशेषता निम्न पुँजिवादी अधैर्यता, अस्थिरता र अविश्वसनीयता नै हो । वैचारिक दृष्टिले सारसङ्ग्रहवाद, राजनीतिक दृष्टिले अवसरवाद, साङ्गठनिक रूपमा व्यक्तिवाद ९एकैसाथ नोकरशाही, एकाधिकारवाद र व्यक्तिवादी अराजकवाद०, व्यावहारिक एवम् सांस्कृतिक रूपमा व्यक्तिवादी उपयोगितावाद उहाँका विशेषताहरू हुन् । प्रत्येक विषयलाई ‘कार्यनीतिक’ रूपमा अभ्यास गर्नु, अन्तरविरोधहरूलाई उपयोग गर्नु, अन्तरविरोध सिर्जना गर्नु, त्यसमा खेल्नुरखेलाउनु नै हुन् । पछिल्लो दृष्टान्त पार्टी एकता र यसबाट सिर्जित परिघटनाहरू हुन् ।

यही वैचारिक राजनीतिक साङ्गठनिक एवम् सांस्कृतिक विचलनको परिमाण स्वरूप कमरेड प्रचण्ड अस्ताउँदो सूर्यजस्तै अन्धकारमा विलीन भइरहनुभएको छ । आशा गरौं अब उहाँले आफ्नो ‘कार्यनीति’ परिवर्तन गर्नुहुनेछ ।

 

पार्टीको कानुनी विभाजनसँगै तपाईं आफ्नो समग्र राजनीतिक लिगेसीलाई छाडेर प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुभयो, राजनीतिक हिसाबले नेकपा (एमाले )को नेताका रूपमा स्थापित हुनुभयो । कुन बिन्दुमा तपाईं निष्कर्षमा पुग्नुभयो कि प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा मात्रै आन्दोलनलाई अगाडि बढाउन सम्भव छ ?

समाजवादको निर्माणका लागि देशको विकास र समृद्धिलाई एउटा निश्चित बिन्दुसम्म पुर्‍याउन अनिवार्य हुन्छ । त्यसका लागि प्रतिस्पर्धाबाट राजनीतिक श्रेष्ठता स्थापित गर्दै राष्ट्रको नेतृत्व गर्नुपर्दछ । नेपालमा वामपन्थीहरूको जनमतको बाहुल्य रहेको तर त्यो विभाजित अवस्थामा भएकाले राजनीतिक श्रेष्ठताका निम्ति कम्युनिष्टहरूको एकता ऐतिहासिक आवश्यकता बन्न गएको हो । यस दृष्टिकोणबाट हेर्दा म प्रधानमन्त्रीको पक्षमा दृढतापूर्वक उभिनुको अर्थ फुटका विरुद्ध एकताको पक्षपोषण गर्नु हो । यसको राजनीतिक अर्थ समृद्धि र समाजवादको पक्षमा दृढतापूर्वक उभिनु हो, सङ्घर्ष गर्नु हो । आत्मनिर्भर अर्थतन्त्रको जगमा नै समाजवादको संरचना खडा गर्न सकिन्छ । त्यसका लागि राष्ट्रिय स्वाभिमान, स्वाधीनता र आत्मनिर्णयको अधिकारको रक्षा गर्नु जरुरी हुन्छ । त्यसैले, म प्रधानमन्त्रीको पक्षमा उभिनुको अर्थ स् राष्ट्र, राष्ट्रियता र राष्ट्रवादको पक्षमा दृढ समर्थन पनि हो ।

मैले आफ्नो समग्र राजनीतिक ‘लिगेसी’ छाडेर एमालेको ‘लिगेसी’ अङ्गीकार कदापि गरेको होइन । मेरो अडान र पक्षधरतालाई यो रूपमा बुझ्नुरबुझाउनु उचित होइन । निश्चय पनि सर्वोच्च अदालतको फैसलाबाट कानुनी रूपमा त्यसो हुन गएको प्रतीत हुन्छ । एकता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, राष्ट्रवाद, समाजवाद मेरो विगतको लिगेसी थियो । आज पनि त्यही हो । एमालेको लिगेसी पनि त्यही थियो, त्यही छ । त्यसैको परिणामस्वरूप नै एकीकृत पार्टी ९नेकपा० को जन्म भएको थियो । निश्चय पनि अदालतको आदेशले पुरानो स्वरूपको एमाले स्थापित गरिदिएको छ । तर, आज हामीले पुनर्निर्माण गरेको पार्टी सारतः नयाँ एमाले’ हो, एकीकृत पार्टीको निरन्तरता हो, त्यसको नयाँ स्वरूप हो । २०७५ जेठ ३ गते मैले कमरेड केपी शर्मा ओलीलाई नेपाली कम्युनिष्ट आन्दोलनको प्रमुख नेताका रूपमा स्वीकार गरेको थिएँ । एमालेले नवौं महाधिवेशनमा उहाँलाई प्रमुख नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसैले गुटवादीहरूले कमरेड ओलीलाई प्रमुख नेतृत्वबाट अपदस्थ गर्न खोज्दा म नेतृत्वको रक्षा गर्न दृढतापूर्वक उभिएको हुँ ।

 

तीन वर्ष पहिले भएको पार्टी एकता एउटा ऐतिहासिक परिघटना थियो । तर एकीकरणलगत्तै समस्याहरू देखा परे र झन बल्झिदै गए । पार्टीलाई विभाजनमा जान नदिन तपाईं स्वयम् पनि क्रियाशील हुनुहुन्थ्यो । तर एकता जोगिन सकेन । विभाजनको मुख्य कारण र कारक केलाई ठान्नुहुन्छ ?

निश्चय पनि तीन वर्षपहिले नेपाली कम्युनिष्ट आन्दोलनका दुई ठूला धारहरू नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० सहितको एकीकरण नेपालको राजनीतिक परिदृश्यमा एउटा असाधारण परिघटना थियो । यो परिघटनाले एकातिर जनतामा खुसी र उत्साहको सञ्चार गर्‍यो भने अर्कोतिर प्रतिक्रियावादी कित्तामा चिन्ता र आक्रोश पनि पैदा गर्‍यो । सामन्तवादका विरुद्ध जनवादी क्रान्ति आधारभूतरूपमा सम्पन्न भएपछि समाजवादको आधार निर्माण गर्न यो ऐतिहासिक आवश्यकता उत्पन्न भएको थियो । यो नेपाली जनता, पार्टी कार्यकर्ता तथा मित्रहरूको चाहना पनि थियो ।

एकता त भयो । तर, त्यो तीन वर्ष पनि टिक्न सकेन, टिक्न दिइएन । शिशु अवस्थामा नै त्यसको असामयिक मृत्यु भयो । वस्तुतः निर्मम हत्या गरियो । यो दुःखान्त अप्रत्यासित थिएन । यसको पूर्वानुमान गरिएकै थियो । किनभने, यो एकतालाई हामीले असाधारण चुनौती र जोखिमको रूपमा पनि स्वीकार गरेका थियौं ।

यो फुटको पोस्टमार्टम गरेर हेर्दा हामी यसका दुईवटा कारण तथा कारक तथ्यहरू देख्न सक्छौं । पहिलो र मुख्य आन्तरिक कारण, स्वयम् एकीकृत पार्टीमै अन्तर्निहित थियो । साबिक एमालेमा संस्थागत भएको गुटगत प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड माधवकुमार नेपालले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ ।

साबिक माओवादीभित्र संस्थागत भएको गुटवादी प्रवृत्ति जसको नेतृत्व मुख्यतः कमरेड पुष्पकमल दाहाल ९प्रचण्ड०ले गर्नुहुन्थ्यो, गर्दै हुनुहुन्छ । ऐतिहासिक तथ्यहरूले के पुष्टि गर्दछन् भने दुवै प्रतिनिधि पात्रहरूले दशकौंदेखि सत्ता र नेतृत्वमा आफ्नो हालीमुहाली र एकाधिकार कायम गर्दै आएका थिए ।

तीन वर्षका घटनाक्रमहरूले अकाट्य रूपमा के स्पष्ट गर्छन् भने उनीहरूले यो एकता समाजवादको निर्माणका निम्ति होइन अपितु नेतृत्व र सत्तामा आफ्नो एकाधिकार पुनःस्थापना गर्न गरेका थिए । त्यो अभिष्ट पूरा नभएपछि उनीहरूले सुनियोजित रूपमा एकीकृत पार्टीको पुनःविभाजनको प्रपञ्च रचे ।

दोस्रो बाह्य कारणलाई खोतल्दै जाँदा हामी कम्युनिष्टहरूको नेतृत्वमा आधारभूत रूपमा जनवादी क्रान्ति सम्पन्न भएको र नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पाउँदछौं । तीनै तहमा कम्युनिष्टहरूको नेतृत्वमा सरकार गठन भयो । समृद्धि र समाजवादको दिशामा देश तीव्र गतिमा अघि बढ्यो । त्यसैले, समाजवादको यो अभियानलाई रोक्न प्रतिक्रियावादीहरूका लागि सरकार र एकीकृत पार्टीलाई विघटन र विभाजन गर्न अपरिहार्य बन्न गयो । यही षड्यन्त्रअन्तर्गत पार्टी नेतृत्वका निष्कासन, विघटित संसद्को पुनःस्थापना, राष्ट्रपतिको मानमर्दन, ‘कम्फर्टेबल सरकार’ गठनको प्रयास, दक्षिणपन्थीसँग सहकार्य आदि परिघटनाहरू प्रायोजित गरिएका हुन् ।

प्रतिक्रिया दिनुहोस
राजा वीरेन्द्र कति मदिरा पिउँथे ?

    केही वर्षअघि स्वीटरजरल्यान्डको मदिरा कम्पनी टुरविनेनब्राउले हातमा बियरको गिलास लिएर मुस्कुराइरहेको

मेलम्ची आयोजनाका २३ जना कामदार सम्पर्कविहीन

    अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प

ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली

निवर्तमान मन्त्री आलेका पहलमा २५ शयया उपलब्ध

    निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीका लागि