माधव नेपाल गुटमा विवाद, नयाँ लफडा सुरु



 

 

नेकपा एमालेको पछिल्लो संघर्ष सैद्धान्तिक वा वैचारिक नभई सत्तामुखी हो । ओली प्रधानमन्त्रीबाट हट्न नचाहेन माधव नेपाल र झलनाथ खनाल कुनै हालतमा हटाइछाड्ने । बरु जुनसुकै कदम चाल्न तयार तर पद छाड्न तयार नभएको संकेत ओलीले वर्ष दिन अघि नै गरिसकेका थिए । उनले सार्वजनिक रुपमा पद छाड्नुपरे कठोर कदम चाल्ने चेतावनी दिएका थिए । यतिसम्मकी आफूले छाडे देश बर्बाद हुने सम्म भने ।

अहिले एमालेमा नेताहरुको आफ्नै उद्देश्य र लाइन देखिएको छ । विभिन्न गुट र उपगुट हुँदै छिन्नभिन्न अवस्थामा पुगेको एमालेभित्र एकाथरी नेताहरु पार्टी एकता जोगाउन कम्मर कसेर लागेका छन् । तर, उनीहरु झन् झन् कमजोर हुँदै गएका छन् ।

केपी ओली
एमाले अध्यक्ष केपी ओली कुनै हालतमा प्रधानमन्त्री पद नछाड्ने पक्षमा स्पष्ट छन् । उनले त्यसका लागि एकपछि अर्को राजनीतिक अस्त्र फालेका छन् ।
भनेको र आँटेको गर्नैपर्ने स्वभाव ओलीमा देखिन्छ । उनले मध्यावधि निर्वाचन गरेरै छाड्ने अठोट लिएको जसरी कदम चालेका छन् । पार्टीभित्र विरोधीलाई निषेध मात्र गरेका छैनन् सिध्याएरै छाड्ने रणनीति बमोजिम अगाडि बढेका छन् । उनी फेरि एमाले अध्यक्ष बन्ने र मध्यावधि चुनावमा सफलता हासिल गरी अर्को पाँच वर्ष ढुक्कले प्रधानमन्त्री बन्ने उद्देश्यका साथ बढेका छन् ।

ओलीले जुनसुकै बेला अपत्यारिला निर्णयहरु लिने संकेतहरु गर्दै आएका छन् । उनले भविष्यमा चुनावी अस्त्र गतिलै फाल्ने संकेत समेत गरेका छन् । धर्मको मुद्दालाई कुनै न कुनै तरिकाले ओलीले सम्बोधन गर्ने रणनीति बनाएको देखिदैछ ।

माधवकुमार नेपाल
लामो समय एमालेको महासचिव रहेका माधव नेपालसँग प्रधानमन्त्री बनेको अनुभव पनि छ । उनले एमाले पार्टी संगठन र नेताहरुलाई राम्ररी बुझेका छन् । तर, ओलीसँगको संघर्षमा उनी पटक पटक पराजित हुँदै आएका छन् ।

मध्यमार्गी नेताको परिचय बोकेका नेपालको पक्षमा एमालेका पाका तथा परिपक्व नेताहरुको साथ छ । प्रष्ट शब्दमा भन्नुपर्दा खाट्टी एमाले माधव नेपालको पक्षमा छन् । ओलीले कम्युनिस्ट पार्टी नै सिध्याउन लागेको नेपालको बुझाई छ । त्यसैले उनी कि त ओलीलाई एमालेभित्र कमजोर पार्ने नभए अर्को कम्युनिस्ट पार्टी बनाएर प्रचण्डसँग एकता गरेर जाने पक्षमा देखिएका छन् ।

झलनाथ खनाल
सिद्धान्त र वैचारिक राजनीति गर्दै आएका झलनाथ खनाल विधि विधानमा चल्नुपर्ने अडान राख्छन् । एमाले हाँकिसकेका पूर्वप्रधानमन्त्री खनाल उत्तेजित राजनीतिमा विश्वास राख्दैनन् । उनी गुटको राजनीतिमा समेत विश्वास गर्दैनन् ।

खनाल एमाले जोगाउनुपर्ने पक्षमा छन् । विकल्प नै बाँकी रहेन भने वृहत कम्युनिस्ट एकता गरेर नयाँ धार बनाउनुपर्नेमा देखिएका छन् । उमेरले ७० नाघिसकेका खनालको ध्यान भविष्यमा प्रधानमन्त्री भन्दा पनि राष्ट्रपतिमा छ । त्यसैले उनले पार्टी नेतृत्वको दाबी देखाएका छैनन् ।

बामदेव गौतम
हक्की स्वभावका बामदेव गौतम एमाले एकताको पक्षमा छन् । उनी कुनै पक्षमा लागेका छैनन् र तटस्थ भूमिका बनाएर आफ्नो गुटलाई जोगाइराखेका छन् ।

एमालेभित्रको शक्तिसंघर्षमा उनले फाइदा लिन खोजेको देखिदैछ । नेकपा एकतामा पनि उनी अभियान नै चलाएर लागेका थिए तर सफल भएनन् । गौतमको लक्ष्य कम्युनिस्ट एकता गराएर नेतृत्व लिनेसम्मको छ ।

कम्युनिस्ट पार्टीका शिर्ष नेताहरु प्रधानमन्त्री भइसकेको र आफू हुन नपाएको पीडा गौतममा देखिन्छ । उनी एमालेको विभाजन रोकेर नेतृत्वमा पुगेर प्रधानमन्त्री हुन चाहन्छन् ।

भीम रावल
एमालेमा दोस्रो पुस्तामा बलिया नेतामा रावल देखिएका छन् । उनको सुदूरपश्चिम प्रदेशमा बलियो प्रभाव देखिइसकेको छ । पार्टीबाट निष्काशित भएका रावलको प्रभावका कारण केन्द्रले सरकारबाट फिर्ता हुने निर्देशन दिंदा पनि सुदूरपश्चिम प्रदेश एमाले संसदीय दलले अस्वीकार गरेको छ ।

पूर्वप्रधानमन्त्री भइसकेका रावल ओलीका कटु आलोचक हुन् । अडान लिएपछि नछाड्ने स्वभाव उनमा देखिएको छ । बलियो गुट बनाइसकेका रावल भविष्यमा कम्युनिस्ट पार्टीको नेतृत्वमा पुग्ने लक्ष्यका साथ बढेको देखिन्छन् । उनी अहिलेको एमालेभित्रको संघर्षमा बलियोसँग अडान लिएर नेतृत्वको ढोका खोल्ने रणनीतिका साथ बढेको देखिदैछ ।

इश्वर पोखरेल
एमाले महासचिव इश्वर पोखरेल ओलीलाई दरिलोसँग साथ दिइरहेका छन् । पार्टीमा आफ्नै गुट समेत बनाएका उनको संगठनमा पकड छ ।

ओलीलाई साथ दिएर उनकै गुटलाई पक्षमा पार्ने रणनीतिमा लागेको देखिदैछन् । भविष्यमा एमालेको नेतृत्व प्राप्त गर्ने उनको योजना देखिन्छ । ओली पछि उनको गुटमा पोखरेल नै बलियो छन् । अहिलेको एमालेभित्रको शक्तिसंघर्षमा पोखरेलले पनि फाइदा लिइरहेको विश्लेषण भइरहेको छ ।

विष्णु पौडेल
एमाले एकतामा विष्णु पौडेल अझै सक्रिय छन् । उनी सबैको प्रीय बनेर पार्टी नेतृत्वमा पुग्न चाहन्छन् । पौडेलको पनि पार्टीमा पकड बलियो छ । तर, नेतृत्वका लागि उनले भीम रावल र इश्वर पोखरेलको जसरी कडा रुपमा प्रस्तुत हुने शैली अपनाएका छैनन् ।

सुरेन्द्र पाण्डे
एमालेमा सुरेन्द्र पाण्डे सेलिब्रिटी जस्तै छन् । उनी सबैका प्रीय हुन चाहन्छन् । तर, बलियो गुट बनाएका छैनन् । कार्यकर्ताको मन जित्ने शैली भने छ । पाण्डे पनि भावी नेतृत्वका दाबेदार हुन् । त्यही योजना अनुसार उनी पार्टी एकताको पक्षमा उभिएर बढिरहेका छन् ।

सुवासचन्द्र नेम्वाङ
पूर्वसभामुख नेम्वाङमा सहमति गराउने खुबी छ । उनी सबै पक्षसँग संवाद गर्न धक मान्दैनन् । एमाले एकता कायम राख्न उनले निकै महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । यसबाट उनले कार्यकर्ताको मन जितेका छन् । तर, नेम्वाङसँग पनि बलियो गुट छैन । उनी ओलीका विश्वासपात्र बनेर काम गर्दै आएका छन् । भविष्यमा ओली गुटबाटै नेतृत्वमा पुग्ने रणनीतिमा छन् । नेम्वाङको लक्ष्य पनि प्रधानमन्त्री बन्ने देखिन्छ । उनलाई मौका आउला जस्तो पनि भएको थियो तर रोकियो ।

गोकर्ण बिष्ट
एमालेभित्र तेस्रो पुस्ताका गोकर्ण बिष्ट भविष्य बोकेका नेता हुन् । उनी एमाले एकता जोगाउन लागेका छन् । माधव नेपाल समूहमा रहेपनि ओलीसँग पनि सम्पर्कमा रहेका छन् । संगठनमा पकड रहेका उनको पनि गुट बलियो छैन । तर, एमालेमा सेलिब्रिटी नेताको परिचय छ । शालिन नेताको परिचय बनाएका बिष्ट भविष्यमा एमाले हाँक्ने लक्ष्यका साथ भूमिका निभाउँदै बढिरहेका छन् ।

योगेश भट्टराई
एमालेमा योगेशको युवामाझ लोकप्रीय छन् । उनको आफ्नै गुट पनि छ । भविष्यमा एमाले नेतृत्वमा पुग्ने सम्भावित नेतामध्येका उनले पछिल्लो समय कुनै पक्षमा स्पष्ट अडान लिएर बस्न चाहेनन् । उनी मध्यमार्गी बनेर पार्टी एकताको पक्षमा उभिए । माधव नेपाल पक्षका उनी ओली पक्षमा गएका थिए । फेरि नेपाल पक्षको बैठकमा पनि सहभागी भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
राजा वीरेन्द्र कति मदिरा पिउँथे ?

    केही वर्षअघि स्वीटरजरल्यान्डको मदिरा कम्पनी टुरविनेनब्राउले हातमा बियरको गिलास लिएर मुस्कुराइरहेको

मेलम्ची आयोजनाका २३ जना कामदार सम्पर्कविहीन

    अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प

ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली

निवर्तमान मन्त्री आलेका पहलमा २५ शयया उपलब्ध

    निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीका लागि