समाजसेवाको उदाहरणीय पात्र कञ्चन बास्तोला



 

‘संघर्ष हो जीवन, जीवन संघर्ष हो ।’ ठ्याक्कै यही गीतसँग मेल खाने जीवन शैली अपनाउने एकजना पात्र हुन् कन्चन बास्तोला । चाहे व्यवसायी बनेर होस या समाजसेवा र राजनीति गरेर होस जीवनमा केही नयाँ काम गरौ भन्ने भावनाबाट अघि बढ्दै यो अवस्थासम्म आइपुग्दा म कसरी यहाँसम्म आइपुगे होला भनेर आफैं छक्क पर्ने कञ्चन नेपाली समाजको उदाहरणीय पात्र बन्न सफल व्यक्तिका रुपमा चिन्न र बुझ्न सकिन्छ । जीवनमा कहिल्यै हरेस नखाने र काममा जस्तोसुकै वाधाअड्चन आएपनि डटेर सामना गर्ने अर्थात आफ्नो जिम्मेवारी जसरीपनि पुरा गरेरै छोड्ने बानी भएर होला पछिल्लो समय ‘महिला हुनु त कञ्चन जस्तो हुनुपर्दछ’ भन्दै प्रसंशा हुने गरेको पाइन्छ ।

कञ्चनले बु.न.पा वार्ड नम्बर ११का सबैजसो विकास निर्माणमा वार्ड अध्यक्षसँग काँधमा काँध मिलाएर अघि बढ्ने गरेको कुरा सो वडाका जो कोहीले पनि स्वीकार गर्ने गरेका छन् । त्यतिमात्रै हैन, चाहे ०७२ सालमा आएको भूकम्पको बेला राहत वितरणको काममा होस या कोभिडबाट आक्रान्त बनेका मानिसहरुकालागि आफ्नो सारा काम छोडेर स्वयमसेवक बन्नेदेखि लिएर विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुकालागि कम्प्युटर वितरणमा सकृय रहेकी कञ्चन उदार भावना बोकेकी समाजसेवी हुन् ।

बुबा गणपति कट्टेल र आमा चरिमाया कट्टेलको कोखबाट सोलखुम्बु जिल्लाको नेचा वार्ड नम्बर ४ मा जन्मिएकी कञ्चन बास्तोला २०४५ सालमा काठमाडौं प्रवेश गरेसँगै संघर्षका दिन शुरु हुन्छ । कुनै पनि काम सानो वा ठूलो हुन्न र श्रम गर्न लाज मान्ने हो भने एकदिन भोकले मरिन्छ भन्ने मान्यता बोकेकी कन्चनले जीवनमा सानातिना काम गर्दै पछि जब प्लेसमेन्ट कम्पनी खोलेर सो पेशामा १३ वर्ष पार गरेकी छन् । २ छोरी र १ छोरालाई हुर्काउने र उनीहरुलाई शिक्षादीक्षा दिने कामका हिसावले उनी सफल गृहिणीका अलावा एक सफल व्यवसायी पनि हुन् ।

त्यतिले मात्र उनको परिचय अपुरो हुन्छ । रोटरी क्लव, लाईन्स क्लव, ओखलढुंगा जिल्लामा रहेको कुइभिर सेवा समाजको दुई कार्यकाल काेषाध्यक्ष, विकासकालागि संयुक्त महिला समूहको तीन कार्यकालदेखि अध्यक्ष, कर्मशील महिला समूह नेपालको सह–कोषाध्यक्षको जिम्मेवारीमा रहेकी छन् ।

पार्टी राजनीतिमा पनि २०५४ सालदेखि साधारण सदस्य, २०६२ सालदेखि संगठित सदस्यता प्राप्त गरेसँगै टोल कमिटी, एरिया कमिटी र २ कार्यकाल वडा कमिटीमा कृयाशील कञ्चन अ.ने.म.संघको वडा क्षेत्र हुँदै हाल जिल्ला सदस्यमा कृयाशील छन् । र आगामी दिनमा पार्टीको पूर्णकालिन सदस्य भएर अघि बढ्ने सोचमा छिन् ।

गीतसंगित र कविता भनेपछि भोकतिर्खा नभन्ने कञ्चनले “सोलु बजार” भन्ने म्युजिक भिडिओ निकालेकी छन् भने उनको ‘कटुस फुल्यो काफल रातै भो’ भन्ने म्युजिक भिडिओ पनि तयारी हालतमा रहेको छ । त्यतिमात्रै हैन, कविता लेख्ने र बाचन गर्ने उनको अर्को रुचिको विषय हो ।

गरेर निर्वाह हुने सम्पत्तिको जोहो भैसकेको छ । छोरा छोरी हुर्किसकेको अवस्था छ । अब निर्धक्क भएर विशेषगरी समाजसेवा र राजनीतिका अलावा आफ्ना रुचिका विषयहरुलाई निर्वाधरुपमा अघि बढाउने कन्चनका सबै योजना सफल होउन् शुभकामना ।

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेका नेताहरूको कार्यविभाजन (सूचीसहित)

    नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन

प्रेस चौतारीको इञ्चार्जमा सूर्य थापा

  प्रेस चौतारी नेपालको इञ्चार्जमा सूर्य थापाले जिम्मेवारी पाउनु भएको छ । आज

उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण

एमालेको स्थायी कमिटीबाट माधव- झलनाथ गुट आउट

    नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् ।