माओवादी पंक्ति एमालेतिर थपिँदै, को- को आए



 

साबिक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विभाजन हुँदा केपी ओली समूहमा देखिएका प्रदेश सभा सदस्य महेशदत्त जोशी केही दिनअघि माओवादीमा फर्किएका थिए । ‘राजनीतिमा नयाँ समीकरण भएको छ’ उनले भनेका थिए ‘गोलाकारभित्रको हँसिया हथौडाबाट चुनाव जितेको थिएँ अहिले त्यहीँ फर्किएँ ।’ सर्वोच्च अदालतले नेकपा विभाजन गर्दै एमाले र माओवादी ब्यूँतिए र उनी माओवादीतर्फ लागे । यता माओवादीबाटै प्रदेश सभा सदस्य हुँदै मन्त्री बनेका झपट बोहरा भने एमाले लाइनमा लागेका छन् । उनले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाएका थिए ।

ओली समूहमा रहेको भन्दै भौतिक पूर्वाधार विकास मन्त्री पठान सिंह बोहरालाई मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेपछि प्रदेश अर्थमन्त्री बोहराले राजीनामा दिएका थिए । शुक्रवार रामबहादुर थापा बादल समूहबाट एमालेमा थपिएका २३ जना केन्द्रीय सदस्यहरूमा बोहरा पनि छन् । माओवादी केन्द्रबाट एमालेको केन्द्रीय सदस्यको जिम्मेवारी पाए लगत्तै शुक्रबार साँझ अनेरास्ववियू कैलाली तथा युवा सङ्घ नेपालका नेता तथा कार्यकर्ताहरुले उनलाई सम्मान गरेका थिए ।

पूर्व मन्त्री बोहराले सम्मान कार्यक्रममा फेरि माओवादीमा फर्किने सम्भावना नरहेको स्पष्ट पारेका थिए । ‘मैले त्यो बेला मन्त्री त त्यागेँ’ उनले भने, ‘अहिले सांसद पदको धेरै चिन्ता छैन ।’ अहिले सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो समीकरणका खेलाडी लेखराज भट्ट बनेका छन् । माओवादी केन्द्रमा हुँदा अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको सबै भन्दा विश्वास पात्रको रूपमा चिनिएका भट्ट अहिले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वास पात्र बनेका छन् । नेकपा विवाद हुँदा ओलीलाई समर्थन गरेका भट्टले अहिले एमाले सुदूरपश्चिम प्रदेशको इन्चार्जको जिम्मेवारी समेत पाएका छन् । उनी पनि अब माओवादीमा फर्किने बाटो बन्द भएको बताउँछन् ।

वर्तमान सरकारका श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरी पनि अहिले एमालेमा छन् । उनी माओवादी केन्द्रबाट प्रतिनिधि सभा सदस्य हुँदै मन्त्री भएका हुन् । उनी पनि अब माओवादीमा फर्किन नसकिने बताउँछन् । केन्द्रदेखि जिल्ला र गाउँ टोलमा पनि अहिले माओवादीबाट एमालेमा र एमालेबाट माओवादीमा जाने चर्चा बढिरहेको छ । सुदूरपश्चिम प्रदेशमा एमालेबाट माओवादीमा जाने अहिलेसम्म देखिएका छैनन् ।

माओवादी केन्द्रबाट भने ठूलो सङ्ख्यामा एमालेमा जाने क्रम बढेको छ । लेखराज भट्टले प्रदेश इन्चार्जको जिम्मेवारीपछि माओवादी केन्द्रमा भट्ट निकट रहेका नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम बढेको हो । शनिवारमात्रै नेकपा माओवादी केन्द्र बाजुराका संयोजक भरत बुढासहित ६ जना माओवादी केन्द्रका नेता नेकपा एमालेमा लागेका छन् । बुढासहित पोलिट ब्युरो सदस्य सहदेव बोगटी र मिलन खत्री, केन्द्रीय आयोजक कमिटी सदस्य अर्जुन रोकाया, काली धराला र सुरेश रोकाया पनि एमालेमा प्रवेश गरेका हुन् ।

सुदूरपश्चिमबाट लेखराज भट्टले माओवादी छाड्दा त्यसको असर कन्चनपुरसम्म परेको छ । एमाले-माओवादी एकीकरणपछि कन्चनपुरको अध्यक्ष बनेका बनेका वीरवहादुर थापा पनि माओवादीमा फर्किएनन् ।

सुदूरपश्चिमका ९ जिल्लाबाट तत्कालिन माओवादीले प्रत्यक्षतर्फ तीन सिट जितेको थियो । तीमध्ये विना मगरमात्र माओवादीमा छन् भने लेखराज र गौरीशंकर एमालेको केन्द्रीय सदस्य भइसकेका छन् । तत्कालीन एमालेबाट जितेका प्रत्यक्ष निर्वाचित ११ जना सांसदमध्ये अछामका भीम रावल, कैलालीका झपट रावल र कञ्चनपुरका दिपकप्रकाश भट्ट माधव माधव नेपाल पक्षमा छन् । अरु सबै सांसद केपी ओली निकट छन् ।

एमाले पुनःजीवित भएपछि भीम रावलको सुदूरपश्चिम इन्चार्ज पद खोसिएको छ । यसअघि नेकपा विभाजनकै बेला ओली पक्षले इन्चार्ज बनाएका लेखराजलाई नै एमलेले तत्कालको लागि इन्चार्जमा निरन्तरता दिएको छ । यसबीचमा भीम रावल पक्ष र लेखराज भट्ट पक्षबीच एमालेको आधिकारिक नेतृत्व को भन्ने विषयमा विवाद हुँदा प्रेदश कार्यालयमा झपड समेत भएको थियाे। प्रादेशिक रुपमा हेर्दा प्रचण्डलाई सबैभन्दा ठूलो क्षति पनि सुदूरपश्चिमै भएको छ ।

सुदूरपश्चिममा माओवादीका सबैभन्दा ठूला नेता लेखराज नै थिए । उनी एमाले भएपछि अब त्यस क्षेत्रको नेतृत्व सम्भवतः खगराज भट्टले गर्नेछन् । मुख्यमन्त्री त्रिलोचन भट्टको सरकार समेत एमाले-माओवादी व्यूँतिएसँगै संकटमा छ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेका नेताहरूको कार्यविभाजन (सूचीसहित)

    नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन

प्रेस चौतारीको इञ्चार्जमा सूर्य थापा

  प्रेस चौतारी नेपालको इञ्चार्जमा सूर्य थापाले जिम्मेवारी पाउनु भएको छ । आज

उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण

एमालेको स्थायी कमिटीबाट माधव- झलनाथ गुट आउट

    नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् ।