आङ्ग छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीलाई



 

 

स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले जितेका छन् । विभिन्न १० विधामा खेलाइएको उक्त प्रतियोगितामा ४१ अंकका साथ पहिलो हुने कार्कीले उपाधिसँगै यती माउन्टेन होम कोङ्दे, सोलुखुम्बुमा ४ जनाको लागि बे्रकफास्ट गर्ने अवसर पाएका छन् । ब्रेकफास्टका लागि काठमाडौंबाट एअर डाइनेस्टीको हेलिकप्टर राइडको सुविधा पाउनेछन् ।

 

 

त्यसै गरी हृदेश कुमार सिंहले प्रतियोगितामा ३४ ग्रस अंक बटुल्दै बेस्ट ग्रसको उपाधि जितेर मोक्ष मुस्ताङ्गमा बे्रकफास्ट, लन्च र डिनर सहित २ जनालाई २ रात ३ दिन बस्ने मौका पाएका छन् । साथै विजेताले काठमाडौं–पोखरा–जोमसोम जानआउनका लागि यती एअरलाइन्स र तारा एअरको तर्फबाट निशुल्क हवाई टिकट प्राप्त गरेका छन् । भने बेस्ट ग्रस रनरअपको उपाधि विजय श्रेष्ठ आईनहाउसले प्राप्त गरे । उनले यती एअरलाइन्सबाट दुई जनाको लागि काठमाडौं–भरतपुर–काठमाडौंको हवाई टिकट सहित माला लज घान्द्रुकमा बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।
स्वर्गीय आङ्ग छिरिङ शेर्पाको फेवरेट होल (होल नम्बर १३) मा बाबु शेर्पाले होलको सबभन्दा नजिक प्रहार गरेर बिजेता बने । उनले हिमालय एअरको तर्फबाट एकजोडीलाई काठमाडौं–दुबई–काठमाडांैको निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।
प्रतियोगिताको उप–बिजेताको उपाधि ४० अंकका साथ ताहिर शाहले हात पारेका छन् । उपाधिसँगै विजेताले बे्रकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा पाएका छन् । यसका साथै यती एअरलाइन्स तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौं निशुल्क हवाई टिकट प्राप्त गरेका छन् ।

 

 

महिलातर्फको उपाधि ३८ अंकका साथमा कश्मिरा शाहले जितेकी छिन् । उपाधिसँगै तारा एअरबाट काठमाडौं–लुक्ला–काठमाडौंको हवाई टिकट सहित यती माउन्टेन होम खाँग्रीमा २ जनाका लागि बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर जितेकी छिन् । भने महिलातर्फ रनरअपको विजेता गिता गुरुङ्ग बनिन् । उनले पनि बे्रकफास्ट, लन्च र डिनर सहित २ जनाका लागि २ रात ३ दिन कसारा जंगल रिसोर्ट चितवनमा बस्ने सुविधा सहितका साथै यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भरतपुर–काठमाडौंको निशुल्क हवाई टिकट प्राप्त गरेकी छन् ।
सिनियरतर्फको विजेता प्रदिप कुमार श्रेष्ठ बने । उनले उपाधिसँगै गोकर्ण फरेस्ट रिसोर्टमा ६० मिनेटको मसाज, बे्रकफास्ट, लन्च र डिनर सहित २ रात ३ दिन बस्ने अवसर प्राप्त गरेका छन् ।
जुनियरतर्फ ४४ अंकका साथ शयान बस्नेत बिजेता बने । उपाधिसँगै बिजेताले यती एअरलाइन्सको तर्फबाट काठमाडौं–भैरहवा–काठमाडौंको निशुल्क हवाई टिकट र २ जनाका लागि बुद्धमाया गार्डेन होटेल लुम्बिनीमा २ रात ३ दिन बे्रकफास्ट, लन्च र डिनर गर्ने अवसर पाएका छन् ।
तासी छिरिङ डोङ लङ्गेस्ट ड्राइभ विधाको बिजेता बने । बिजेतासँगै उनले यती एअरलाइन्सको तर्फबाट दुई जनालाई माउन्टेन फ्लाइटको निशुल्क टिकट पाउनेछन् भने गोकर्ण फरेस्ट रिसोर्टको तर्फबाट ६० मिनेट मसाज सहित २ जनाले बार्बीक्यू ब्रन्चको अवसर प्राप्त गरेका छन् ।

दावा जे शेर्पाले प्रतियोगिताको मोस्ट बर्डीज उपाधि जिते । शेर्पाले उपाधिसँगै यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंकोे हवाई टिकट सहित टेम्पल ट्रि रिसोर्ट एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।
क्लोटेस्ट टु द पिन तर्फको उपाधि सुरेन्द्र फुँयालले जिते । बिजेताले यती एअरलाइन्सको तर्फबाट २ जनाको लागि काठमाडौ पोखरा काठमाडौंकोे हवाई टिकट सहित बोधी सुइट्स एण्ड बुटिक होटल एण्ड स्पामा बे्रकफास्ट सहित २ रात ३ दिन बस्ने सुविधा प्राप्त गरेका छन् ।
होल इन वानको उपाधि सुमन जोशीलाई
गल्फर सुमन जोशीले होल इन वान गरेर नेपालमै पहिलो पटक पुरस्कार स्वरुप कियाको सोनेट कार जितेका छन् । सो पुरस्कारको प्रायोजन कन्टिनेन्टल टे«डिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले गरेको छ ।

आङ्ग छिरिङ शेर्पाको दोस्रो वार्षिक स्मृतिमा यती एअरलाइन्स, तारा एअर र गोकर्ण फरेस्ट रिसोर्टले संयुक्त रुपमा गल्फ प्रतियोगिताको आयोजना गरेको थियो । दुईदिन सम्म चलेको उक्त प्रतियोगिताल १६० जनाले सहभागीता जनाएका थिए । बिजेताहरुलाई यती एअरलाइन्सका कार्यकारी अध्यक्ष लाक्पा सोनाम शेर्पा, प्रबन्ध निर्देशक चन्दा शेर्पा, प्रमुख कार्यकारी अधिकृत अनोज रिमाल र गोकर्ण गल्फ क्लबका अध्यक्ष सुह्रद घिमिरे र क्याप्टेन जोसेफ नाथनले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगीतामा सहभागी खेलाडीबाट उठाईएको ३ लाख बिस हजार रकम शान्ति सेवा गृह, तिलगंगा र वल्र्ड भिजन ईन्टरनेशनल इन नेपाल लाई दामासाही रुपमा प्रदान गरीयो । यस गल्फ प्रतियोगितालाई स्वर्गीय आङ्ग छिरिङ शेर्पाको स्मृतिमा प्रत्येक वर्ष थप बृहत र विस्तार गर्दै नेपालको सुदूरपश्चिम देखि पश्चिमसम्मका पर्यटकीय एवं ऐतिहासिक गन्तव्यहरुमा गर्ने आयोजना रहेको यती एअरलाइन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
नेकपा एमालेका नेताहरूको कार्यविभाजन (सूचीसहित)

    नेकपा एमालेले २६४ सदस्यीय दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीका सदस्यहरुको कार्यविभाजन

प्रेस चौतारीको इञ्चार्जमा सूर्य थापा

  प्रेस चौतारी नेपालको इञ्चार्जमा सूर्य थापाले जिम्मेवारी पाउनु भएको छ । आज

उपचुनावमा बादललाई नै उम्मेदवार बनाउने एमालेको निर्णय

  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेमा प्रवेश गरेका कारण

एमालेको स्थायी कमिटीबाट माधव- झलनाथ गुट आउट

    नेकपा एमालेको स्थायी कमिटीबाट माधव नेपाल पक्षधर नेताहरू हटाइएका छन् ।