बागमती प्रदेशका भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्री दावा दोर्जे लामाले राप्ती नगरपालिकाको वडा नम्बर १२ को यौरालीटारमा निमार्ण भएको लोथर स्वास्थ्य चौकीको उदघाटन गर्नुभयो । साथै बहाँले शान्ति गृह संस्थाद्वारा निर्मित छात्राबास भवन गणेश मा. बि. लाई हस्तांतरण गर्नुभएको छ । कार्यक्रममा बोल्दै वहाँले यस भेगका जनताले अब सहज रुपमा स्वास्थय उपचार पाउने बताउनु भयो । बहाँले भने अब उपचार नपाएर कोही जनताले भौतारीनु नपर्ने बताउनु भयो । बहाँले अब जनताले निःशुल्क स्वास्थ्य शिक्षा पाउने कुरामा जोड दिनुभयो । कार्यक्रममा राप्ती नगरपालिकाका मेयर प्रभा बराल र उपमेयर इमानसिंह लामाको पनि उपस्थित थियो ।



