ओली समुहको नेकपामा प्रवेश गर्ने विप्लवको अन्तिम तयारी



 

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मुलधारको राजनीतिमा आउने संकेत देखिएको छ । मुलधारको राजनीतिमा आउने संकेत पाएसँगै सरकारलेपनि नेकपामाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको बताईन्छ ।

प्रधानमन्त्री ओलीको पछिल्लो कदमलाई स्विकार गर्दै निर्वाचनमा सहभागिता जनाउने संकेत ‘विप्लव’ले गरेसँगै सरकारले उक्त समूहमाथि बार्ता गर्ने तयारी गरिरहेको छ । विप्लवले मुलधारको राजनीतिमा आउने संकेत पठाएसँगै सरकारले उक्त समूहलाई वार्तामा ल्याउने तयारी सुरु गरेको बताईन्छ ।

गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राईले विप्लव समूहसँग वार्ताका लागि आन्तरिक प्रयास भइरहेको पुष्टि गर्नुभयो ।
सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहलाई प्रतिवन्ध लगाएको थियो । त्यसयता सरकारले सो समूहसँग वार्ता गर्न नेकपाका नेता सोमप्रसाद पाण्डेको नेतृत्वमा वार्ता समिति बनाए पनि औपचारिक वार्ता हुन सकेको थिएन ।

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका गतिविधिमाथि प्रतिबन्ध लगाएको आगामी फागुन २८ गते २ वर्ष पुग्दैछ । प्रतिबन्धयताको अवधिमा सरकार र चन्द समूह दुबै एकअर्काविरुद्ध आक्रामक देखिँदै आएका थिए ।

विश्वस्त उच्च सरकारी सुत्रका अनुसार विप्लव समूहलाई चुनावअघि नै वार्तामा ल्याउन प्रधानमन्त्री ओली सक्रिय हुनुहुन्छ । स्रोतका अनुशार कुरा मिले नेत्रविक्रम चन्द समूहसँग चुनावी एकता गर्ने पक्षमा प्रधानमन्त्री ओली हुनुहुन्छ ।

बेलाबेलामा प्रचण्डसँग रुष्ट रहेर फरक राजनीतिक पहिचान बनाएका माओवादी आन्दोलनका नेताहरु गृहमन्त्री रामबहादुर थापा‘बादल, खानेपानी मन्त्री मणी थापादेखि अहिले देखिनुभएका टोकबहादुर रायमाझी मात्र होइन जनयुद्घका घाइते, अयोग्य लडाकु, पूर्वलडाकुहरुले समेत ओलीलाई नै साथ दिइरहेका छन् ।

धेरैले विप्लव शान्तिपुर्ण राजनीतिमा आइहाल्ने विस्वकास नगरेपनि देश फुटाउँछु भन्दै हिडेका सिके राउतलाई समेत मुलधारको राजनीतिमा ल्याउनुभएका ओलीले विप्लवलाई पनि शान्तिपुर्ण राजनीतिमा नल्याउलान् भन्न भने सकिदैन ।

विप्लवलाई ओलीको प्रस्ताव: ‘पार्टी एकता गरे महासचिव बनाइदिन्छु

प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी ओलीले आफैले प्रतिबन्ध लगाएको नेपाल कम्युनिष्ट पार्टीका महासचवि नेत्रविक्रम चन्द विप्लवलाई पार्टी एकता र सरकार साझेदारीको प्रस्ताव पठाएको खुलेको छ।

आफ्नै पार्टीभित्र अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसँग शक्ति स‌ंघर्षमा अप्ठेरो पर्न थालेपछि ओलीले पार्टीकै एक पूर्वमन्त्री समेत रहेका केन्द्रिय सदस्यलाई खटाएर विप्पलवलाई उक्त प्रस्ताव पठाएका हुन्।

ओलीले कुनै हालतमा पनि सरकार नछोड्ने रणनीति अनुसार विप्लवसम्म पुग्ने गरी पठाएको प्रस्ताव नेपाल कम्युनिष्ट पार्टीको मध्य ब्यूरोसम्म पुगेको स्रोतले जनाएको छ। यद्यपि, मध्ये ब्यूरोले नै उक्त प्रस्तावबारे थप चासो नदेखाएपछि ओलीले प्रचण्डसँग पार्टी विभाजनको धम्की दिएको बुझिएको छ। ओलीले विप्लवलाई पठाएको प्रस्तावमा विद्रोहको लाइन छोडेर तत्काल पार्टी एकता गर्ने, एकताबाट आफू र प्रचण्ड अध्यक्ष रहने र विप्लवलाई पार्टी महासचिव बनाउने रहेको छ। साथै प्रतिबन्धित पार्टीका ३ जनासम्मलाई सचिवालय र बाँकीलाई स्थायीसमिति तथा तत्त भूमिकामा राख्ने प्रस्ताव ओलीको छ।

ओलीले सरकारमा विप्लव नै जान चाहेपनि व्यवस्थापन गर्न सकिने र बाँकी भागबण्डामा महत्वपूर्ण मन्त्रालय दिने प्रस्ताव गरेका छन्। उक्त प्रस्ताव ओलीले आफ्ना विश्वास पात्र एकजना केन्द्रिय सदस्य र एकजना व्यापारीमार्फत पठाउन लगाएका थिए। जतिसक्दो छिटो त्यसको जवाफ पठाउन र त्यसपछि लिखित रूपमा नै वार्ताको लागि आह्वान गर्ने भनेर प्रस्ताव पठाएका ओलीले लामो समय पर्खिँदा पनि विप्लवको पार्टीबाट कुनै जवाफ नआएपछि राष्ट्रपतिलाई हातमा लिएर पार्टी फुटाएर एक्लै सरकार चलाउने मनस्थितिमा ओली पुगेको स्रोतको भनाइ छ।

साथै चिनियाँ परियोजना बीआरआई र अमेरिकी परियोजना एमसीसीको विषयमा पनि सत्तारुढ पार्टी विवादमा ओली कमजोर अवस्थामा पुगि सकेका थिए। उनी कुनै पनि हालतमा एमसीसी पास गर्ने पक्षमा थिए भने प्रचण्डलगायतको ठूलो समूह पारित नगर्ने र बीआरआईमा लाग्नुपर्ने पक्षमा थियो विश्व खबर अनलाईनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ओली-प्रचण्डको नेकपा खारेज, ऋषि कट्टेलले मुद्दा जिते

  सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ । न्यायाधीशद्वय

देउवाद्वारा अविश्वासको प्रस्ताव दर्ता गर्न इन्कार

  प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता

आङ्ग छिरिङ शेर्पा स्मृति गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीलाई

    स्वर्गीय आङ्ग छिरिङ शेर्पा स्मृतिमा आयोजित गल्फ प्रतियोगिताको उपाधि सुनिल कार्कीले

अविश्वासको प्रस्तावबाट पछि हट्यो प्रचण्ड-माधव गुट

    प्रधानमन्त्री केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका नेपाल कम्युनष्टि पार्टी (नेकपा) का