पेट्रोलियम पाइपलाइनबाट दश महिनामै साढे एक अर्ब बचत



 

प्रधानमन्त्री केपी शर्मा ओलीको बिशेष पहलमा निर्माण भइ सञ्चालनमा आएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट नेपालको साढे एक अर्ब रुपैया बचत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटनपछि सञ्चालनमा ल्याइएको पेट्रोलियम पाइपलाइनबाट नेपाल आयल निगमले डेढ अर्व बचत गरेको हो ।

निगमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७६/७७ को वार्षिक आर्थिक प्रतिवेदनअनुसार २०७६ भदौदेखि २०७७ असारसम्मको १० महिनामा ढुवानीबापतको एक अर्ब ४७ करोड रुपैयाँ बचत भएको छ । उक्त प्रतिवेदनअनुसार प्रतिमहिना पाइपलाइनमार्फत इन्धन ढुवानी हुँदा १४ करोड ७० लाख बचत हुँदै आएको छ । गत वर्षको भदौ २४ गतेबाट मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन सञ्चालनमा आएको थियो ।

प्रधानमन्त्री ओलीले बिशेष चासो लिएकै कारण ३० महिनामा सम्पन्न हुने लक्ष्य रहेकोमा १५ महिनामै पाइपलाइनको काम सकिएको थियो । प्रधानमन्त्री ओलीले दोस्रो पटक सत्ता सम्हालेपछि सुरु भएको यो परियोजनाले नेपाललाई आर्थिक रुपमा ठुलै फाइदा हुने परिणामबाटै प्रष्ट देखिएको छ ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट ट्याङ्करमार्फत इन्धन ढुवानी गर्दै आएको निगमले गत वर्षबाट पाइपलाइनमार्फत डिजेल ढुवानी शुरु गरेका थियो । पाइपलाइनमार्फत डिजेल ढुवानी गर्न थालेपछि ठूलो रकम बचत हुन थालेको निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले हाम्रो इकोनोमीलाई  जानकारी दिनुभयो । पौडेलका अनुसार अन्तर्राष्ट्रिय बजारमा पछिल्ला वर्ष इन्धनको मूल्य घट्नु र निगमले स्वचालित मूल्य प्रणाली लागू गर्दै गएपछि नाफामा पनि वृद्धि भएको छ ।

इन्धनको ढुवानी रकम बचत हुनुका साथै अघिल्लो वर्षको नाफा रकमको ब्याजबाट समेत नाफा बढाउन सहयोग पुगेको प्रतिवेदनमा उल्लेख छ । पाइपलाइन सञ्चालनको शुरुआती दिनमा कम मात्रामा डिजेल आयात भएकामा हाल उल्लेख्य मात्रामा आयात भएको निगमले जनाएको छ ।

नाफा पनि ह्वात्तै बढ्यो

लामो समयदेखि घाटामा रहेको निगमले पछिल्लो बर्ष ह्वात्तै नाफा बढाएको छ । चुस्त ब्यवस्थापन र पाइपलाइनका कारण निगमले नाफा बढाएको हो । निगमका अनुसार आर्थिक वर्ष २०७२-०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२/०७३ मा १९ अर्ब ३६ करोड, आव २०७३/०७४ मा नौ अर्ब ४५ करोड, २०७४/०७५ मा तीन अर्ब ५८ करोड, २०७५/०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६/०७७ मा १२ अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको हो ।

निगमले आर्थिक वर्ष २०७५/७६ मा २९ करोड रहेको चुक्ता पूँजीलाई दश अर्ब पूँजी वृद्धि गरेर एघार अर्ब रुपैयाँ पुर्याएको थियो । आर्थिक वर्ष २०७५/७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी निगमले अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेले न्यूज २४ छोडेपछि सिधा कुरा बिबादमा

  लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र

नेकपा आधिकारिकता जसको सम्पत्ति त्यसकै हुने

    ओली पक्षले भाइ अंश समेत नलाग्ने बताइरहेका बेला प्रचण्ड–माधव पक्षले आफूहरू

चुनावी घोषणापत्र लेख्दै नेकपाका अध्यक्ष ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फबाट आगामी चुनावका लागि घोषणापत्र लेख्ने कार्य

२३ वर्षीया मोडलसँग ४९ वर्षीय मुख्यमन्त्री राईको आज विवाह

  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन्