नेपालमा १० वर्षमा १४ हेलिकप्टर दुर्घटना



 

छिनछिनमा परिवर्तन हुने मौसम, पहाडी तथा हिमाली भेगको अप्ठ्यारो भूगोल र पाइलटले लिने साहसिक निर्णयका कारण नेपालमा हेलिकप्टर उडान असुरक्षित बन्दै गएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांक अनुसार पछिल्लो १० वर्षमा नेपालमा १४ वटा हेलिकप्टर दुर्घटना भएका छन् । यी दुर्घटनामा कुनै न कुनै प्रकारको क्षति भएको छ । प्राधिकरणले सन् २०१९ सम्मको तथ्यांक संकलन गरी तयार पारेको रिपोर्टअनुसार २०१८ मा सबभन्दा धेरै चारवटा हेलिकप्टर दुर्घटनामा परेका थिए ।

२०१५, २०१६ र २०१९ मा भने दुई–दुई वटा हेलिकप्टर दुर्घटनामा परेको तथ्यांक छ । २०१९ फेब्रुअरीमा हेलिकप्टर दुर्घटनामै तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधन भएको थियो । त्यस वर्ष हेलिकप्टर दुर्घटना ७ जनाको मृत्यु भएको थियो ।

दुर्घटनापछि गठन भएका अधिकांश छानबिन आयोगले हेलिकप्टर दुर्घटनामा मूख्य कारण नेपालको कठिन भौगोलिक अवस्थिति, छिनछिनमा परिवर्तन हुने मौसम र मौसम तथा भूगोलको परवाह नगरी उडान गर्ने पाइलटको निर्णयलाई मुख्य कारण मानेको पाइन्छ ।

तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटनामा समेत यस्तै देखिएको थियो । हिमपातको समयमा मौसम खुलेको छोटो समयमा ताप्लेजुङको पाथीभराबाट उडाइहाल्न परेको दबाब र पाइलटले लिएको निर्णय घातक सावित भएको थियो ।

कठिन भौगोलिक क्षेत्रमा प्राकृतिक विपत र दुर्घटनाका बेला उद्दारका तथा ढुवानीमा पनि हेलिकप्टर सबभन्दा प्रभावकारी हुन्छ । भौगोलिक र मौसमको कारणले उडानमा बढी जोखिम पनि यस्तै क्षेत्रमा बढी हुन्छ ।

दूर्गम भेगमा पर्यटकीय आकर्षणका कारण पनि हेलिकप्टर प्रयोग बढेको छ । पर्यटकीय सिजनमा खुम्बु, अन्नपूर्ण र हुम्लाको सिमकोट क्षेत्रमा अधिक हेलिकप्टर उडान हुन्छ ।
भूगोल र मौसमलाई गम्भीरतापूर्वक ख्याल गरेर हेलिकप्टर उडाए दुर्घटना कम गर्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

हेलिकप्टर दुर्घटना र मानवीय क्षति

वर्ष दुर्घटना संख्या मानवीय क्षति
२०१०
२०११
२०१२
२०१३
२०१४
२०१५
२०१६
२०१७
२०१८
२०१९

सम्भव छ दूर्घटना न्यूनिकरण

मनाङ एयरका प्रबन्धक राजु न्यौपानेका अनुसार नेपालमा जमिन नजिक उड्ने एयरक्राफ्टलाई मौसम र भूगोलको अवस्थितिबारे यकीन जानकारी दिने प्रणाली छैन ।

काठमाडौंबाट पोखरा उडेको हेलिकप्टरलाई दुई विमानस्थलको मौसमबारे जानकारी हुन्छ, तर इनरुटको मौसमबारे यकीन हुँदैन । अरु जहाज निकै उचाईमा उड्ने हुँदा इनरुटका डाँडाकाँडामा ठोक्किने सम्भावना कम हुन्छ । हेलिकप्टर भने पाइलटले देख्ने भुगोललाई पन्छउँदै उड्नुपर्छ ।

नेपालमा सुविधा सम्पन्न हेलिप्याड पनि छैनन् । भएका हेलिप्याडहरुमा सुधार गरेर मानवीय कम, प्रविधिको भर बढी बनाएर दुर्घटना न्यून गर्न सकिने न्यौपाने बताउँछन् । फेरि हेलिकप्टरले त हेलिप्याड नभएको स्थानमा समेत ल्याण्ड गरी बिरामीको उद्धार गर्नुपर्ने हुन्छ । त्यसबेला जोखिम स्वतः बढी हुने उनी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
रवि लामिछानेले न्यूज २४ छोडेपछि सिधा कुरा बिबादमा

  लोकप्रिय टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’ लाई लिएर न्यूज २४ टेलिभिजन र

नेकपा आधिकारिकता जसको सम्पत्ति त्यसकै हुने

    ओली पक्षले भाइ अंश समेत नलाग्ने बताइरहेका बेला प्रचण्ड–माधव पक्षले आफूहरू

चुनावी घोषणापत्र लेख्दै नेकपाका अध्यक्ष ओली

  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको तर्फबाट आगामी चुनावका लागि घोषणापत्र लेख्ने कार्य

२३ वर्षीया मोडलसँग ४९ वर्षीय मुख्यमन्त्री राईको आज विवाह

  प्रदेश १ का मुख्यमन्त्री शेरधन राई ४९ वर्षको उमेरमा बेहुला बनेका छन्