प्रधानमन्त्री ओलीविरुद्ध फर्जीपत्र



 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जीपत्र बनाउन एक गिरोह नै सक्रिय रहेको खुलासा भएको छ । जसरी पनि ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा लागेका समुहको रणनीतिक योजनामा फर्जीपत्र तयार भएको खुलेको हो ।

नेकपाका दुई नम्बरका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डको अगुवाईमा केही राष्ट्रिय र अन्तराष्ट्रिय शक्ति लागेर सो पत्र तयार भएको खुलेको छ । प्रधानमन्त्री ओलीले सचिवालय बैठकमै त्यसको प्रतिवाद गर्ने र आरोप प्रमाणित गर्न नसके प्रचण्डले अध्यक्ष पद छाड्नुपर्ने अडान राखेपछि यो रहस्य बाहिर आएको हो । बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको फर्जीपत्रलाई काउन्टर दिदै भन्नुभयो,‘यसको मैले जवाफ तयार गरिसकेको छैन । यसमा छलफल गर्न, सिम्प्ली छलफल गर्न र छिनोफानो गर्न मात्रै बैठक हुनसक्छ । यदि यो सही छ भने एउटा हट्नुपर्छ, सही छैन भने अर्को हट्नुपर्छ ।’

प्रधानमन्त्री ओलीको यो भनाई आउने वित्तिकै प्रचण्ड हच्किएका थिए । प्रधानमन्त्री ओलीपछि बोल्नु भएका प्रचण्डले मैले कसैलाई आरोप लगाउन खोजेको होइन, केवल यस्ता कुरा उठे भन्न मात्र खोजेको भन्दै मलिन रुपमा प्रस्तुत हुनु भएको थियो । उहाको यो भनाईसँगै फर्जीपत्र कसरी तयार भयो भन्ने कुरा उठ्न थालेको छ । विश्वस्त स्रोतका अनुसार भारतको डिजाइनमा यो आरोपपत्र तयार भएको दावी गरेको छ ।

भारतीय गुप्तचरसंस्था ‘रअ’का प्रमुख सामान्तकुमार गोयल नेपाल आएपछि पछिल्लो रणनीति तय भएको बुझिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश लिएर आएपनि उनले नेपाल बसाईको क्रममा भावी रणनीति बनाएर गएका थिए । सोल्टी होटलपछि पाण्डे थरी भएका एक व्यापारीको घरमा उनले प्रचण्डसहित नेकपाकै शिर्षस्थ, नेपाली कांग्रेसका लगायतका केही दलका नेताहरुसग भेट गरेका थिए । सो भेटमा उनले आफुले प्रधानमन्त्री ओलीसँग भेट्ने र त्यसलाई तपाईहरुले विरोध गर्नुपर्ने योजना बनाएका थिए ।

सोही योजनाअनुसार प्रचण्ड लगायतका समुहले विरोध गरेका थिए । सो भेटमा जसरी पनि ओलीलाई हटाउनुपर्ने र हट्न नमाने पार्टी विभाजन गरेर भएपनि निकाल्नुपर्ने निचोड आएको हो । सो अनुसार प्रचण्डले सचिवालय बैठकमा एकाएक ‘राजनीतिक प्रतिवेदन’ भन्दै कुण्ठा बोकेर आएको स्रोतले जानकारी दिएको छ । पार्टीको विधानअनुसार बैठकमा प्रतिवेदन ल्याउन दुवै अध्यक्षको सहमति अनिवार्य हुन्छ । अर्थात यसअघिका बैठकमा दुवै अध्यक्षको संयुक्त प्रतिवेदन आउथ्यो । तर, यसपटकको बैठकमा प्रचण्डले गुरिल्ला शैलीमा कुण्ठालाई प्रतिवेदन भन्दै ल्याएका थिए ।

यहाँ यो भन्दा आश्चर्यको कुरा के छ भने बैठकमा प्रस्तुत गरेको एक घण्टा नबित्दै प्रचण्डले यो रिपोर्ट मिडियामा बाडेका थिए । यसबाटै उनको नियत छलफल गर्ने र मिडियाबाजी गर्ने भन्नेमा प्रष्ट देखिएको नेताहरुले बताएका छन् । सो कुण्ठालाई प्रधानमन्त्री ओलीले प्रमाणित गरे आफु हट्ने र प्रमाणित नभए प्रचण्डले अध्यक्ष छाड्नुपर्ने शर्त राखेपछि प्रचण्ड अहिले अप्ठेरोमा परेका छन् ।

नेकपाको पछिल्लो अपडेट सार्वजनिक भएलगत्तै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापा र संघीय समाजवादी पार्टीका परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले फर्जीपत्रको अपनत्व लिएका छन् । स्रोतका अनुसार दुवै जना यो फर्जीपत्र तयार गर्न जुटेको दावी गरेको छ । ‘बैठकमा प्रधानमन्त्री ओलीज्यूले अब प्रमाणित गर्नहोस् वा पार्टीको अध्यक्ष पद छाड्नुहोस् भनेर भन्ने वित्तिकै यो समुहले अब प्रचण्ड पछाडी हट्ने भए भनेर अपनत्व लिएका हुन्’, स्रोतले भन्यो ।

थापालाई नेपाली कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले भारतीय र दरबारको एजेन्ट भएको आरोप लगाउने गर्नुहुन्थ्यो । भट्टराईको विषयमा त थप केही बताईरहनु पर्दैन । पार्टी भित्रको फर्जीपत्रको अपनत्व लिने होड विपक्षी नेतामा देखिनुले पनि यो तयार कहाँ भयो भनेर धेरै सोच्नुपर्ने आवश्यकता नरहेको स्रोतले बताएको छ ।

सार्वजनिक रुपमा कुरा उठेपछि प्रधानमन्त्री ओलीले भने यसको जवाफ दिने जानकारी बैठकमा गरिसक्नु भएको छ । उहाले हरेक शब्द शब्द र हरफ हरफको जवाफ लिएर बैठकमा आउने घोषणा गरिसक्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस
राजा वीरेन्द्र कति मदिरा पिउँथे ?

    केही वर्षअघि स्वीटरजरल्यान्डको मदिरा कम्पनी टुरविनेनब्राउले हातमा बियरको गिलास लिएर मुस्कुराइरहेको

मेलम्ची आयोजनाका २३ जना कामदार सम्पर्कविहीन

    अविरल वर्षाका कारण सिन्धुपाल्चोकको हेलम्बुमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनाको क्याम्प

ओलीलाई झलनाथको आग्रह- बिन्ति छ, हिजोका सबै कुरा बिर्सेर पार्टी मिलाउनुस्

    प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले खनाललाई उपचारका लागि दिल्ली

निवर्तमान मन्त्री आलेका पहलमा २५ शयया उपलब्ध

    निवर्तमान वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेका पहलमा जिल्ला अस्पताल डोटीका लागि