कसरी चिप्लिए प्रचण्ड-माधव, यसरी पड्काए पौडेलले अर्थ



 

प्रधानमन्त्री केपी शर्मा ओलीले एक्कासि गरेको मन्त्रिपरिषद् पुनर्गठनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूह असन्तुष्ट भएको छ । प्रचण्ड कार्यसम्पादन कमजोर भएका मन्त्रीहरू फेर्नुपर्ने अडानमा थिए । ४ असोजको सचिवालय बैठकमा नेता नेपाल र झलनाथ खनालले पूरै सेट परिवर्तन गर्नुपर्ने मत राखेका थिए ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहान ९ बजेदेखि सुरु भएको भेट अढाई घण्टाभन्दा बढी भएको थियो । स्रोतका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको सामान्य छलफल भने भएको थियो तर प्रचण्डले असन्तुष्टि जनाएर निस्केका थिए ।

त्यो भेटमा बढ्ता छलफलचाहिँ कर्णाली प्रदेश सरकारबारे भएको थियो । भेट सकिएलगत्तै प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले  अध्यक्षद्वयको भेट कर्णाली प्रदेश सरकारको समस्यामा केन्द्रित रहेको बताएका थिए ।

प्रचण्ड अहिले ओलीले आफूखुसी मन्त्रीहरू थप गरेर मन्त्रिपरिषद् पुनर्गठन गरेको तर कार्यसम्पादन कमजोर भएका मन्त्री नहटाएपछि थप असन्तुष्ट छन् । २६ भदौको स्थायी समिति र ४ र ६ असोजको सचिवालय बैठकमा भएको छलफलअनुसार मापदण्ड नबनााइ मन्त्री हेरफेर गरेको असन्तुष्ट पक्षको भनाइ छ । ती सबै बैठकले मापदण्ड बनाएर मात्रै नयाँ मन्त्री थप गर्ने वा फेर्ने निर्णय गरेको थियो । यसले साम्य भएको भनिएको नेकपाको विवाद फेरि बल्झिने संकेत देखिएको छ ।

कर्णाली सरकार परिवर्तनमा देखिएको ओलीको साथ र आज भएको एकलौटी मन्त्रिपरिषद् पुनगर्ठनले पनि थप असन्तुष्टि र विवाद बढाउनेछ ।

हुन त, प्रधानमन्त्री ओली र प्रचण्डबीच विष्णु पौडेललाई अर्थमन्त्री बनाउन असहमति थिएन । ओली र प्रचण्डबीचको सम्बन्ध सुधारमा होस् वा वामदेवलाई कहिले ओलीतिर कहिले प्रचण्डतिर पिङ खेलाउने अप्रत्यक्ष भूमिका अर्थमन्त्री पौडेलकै थियो । जसले गर्दा नेकपाको सम्पूर्ण विवादमा मिलाउन सक्ने म हुँ भन्ने सन्देश प्रवाहित गर्न चाहन्थे । त्यसमा सक्षम भएका पौडेललाई प्रचण्ड र ओली रोक्न सक्ने अवस्थामा थिएनन् ।

त्यसबाहेका दुई सीटमा अध्यक्ष प्रचण्ड र ओलीले सुरेन्द्र पाण्डे र जनार्दन शर्मालाई मन्त्री बनाउन चाहेका थिए । तर, पाण्डेले अर्थबाहेक अन्य मन्त्रालयमा जान अस्वीकार गरे । ओलीले पाण्डेलाई सहरी विकास मन्त्रालाय अफर गरेका थिए । शर्माले पनि गृह र अर्थबाहेकको मन्त्रालयमा नजाने अडानमा थिए । त्यसैले अध्यक्षद्वयको रोजाइमा परेका दुई नेताको रोजाइको मन्त्रालय नपाउने भएपछि अरू पात्रमा पुगेको हो ।

थप गर्ने भनिएका तीनवटा मन्त्रालयमा ओली, प्रचण्ड र माधव नेपाल समूहको एक/एक जना बनाउने पनि तयारी थियो । त्यसैअनुसार प्रचण्ड समूहलाई सहरी विकास मन्त्रालय दिने र सञ्चार मन्त्रालय चाहिँ ओली आफैँले राख्ने चाहना पनि देखिएको थियो ।

त्यसबाहेक प्रचण्ड र ओलीको रोजाइमा पौडेल अर्थमन्त्री बनेपछि सहरी विकास मन्त्रालय नेपाल पक्षलाई दिने चर्चा पनि नेकपा चलेको थियो । तर, ओलीले प्रचण्ड र नेपाल समूहलाई एउटा पनि सीट नदिई मनिपरिषद् पुनर्गठन गरेका छन् । प्रधानमन्त्रीले फेरि छक्याएकाे भन्दै उनीइतर पक्ष क्रुद्ध बनेकाे हाे ।

२८ असोजको मन्त्रिपरिषद् पुनर्गठनप्रति प्रचण्ड असन्तुष्ट छन् । प्रचण्ड सचिवालय सदस्यले दिएको जानकारीअनुसार प्रचण्ड पूरै सेट परिवर्तन गर्न चाहन्थे । त्यसो नभए पनि कम्तिमा रामबहादुर थापा बादल, लेखराज भट्ट, शक्ति बस्नेतलगायका केही नेता आफ्नो समूहबाट परिवर्तन चाहन्थे र जनार्दन शर्मा, पम्फा भुसालहरूलाई पठाउन चाहन्थे । तर, त्यसमा पनि ओलीको अवरोध भएपछि प्रचण्ड असन्तुष्ट भएका हुन् ।

अर्कातिर कर्णाली प्रदेश सरकारमा ओलीको ग्रिन सिग्नलमा सरकार परिवर्तनको खेल भएको प्रचण्डको बुझाइ थियो । त्यहाँको समस्या समाधान गर्न कर्णाली प्रदेशमा नेताहरू यामलाल कँडेल, महेन्द्रबहादुर शाही, प्रकाश ज्वालालगायतका नेताहरूलाई काठमाडौं बोलाएर छलफल गर्ने भनेका अघिल्लो दिन एक्कासी संघको मन्त्रिपरिषद्मा पुनर्गठन गर्नुलाई ओलीको अर्को रणनीतिका रूपमा बुझेका छन् ।

प्रतिक्रिया दिनुहोस
रअका प्रमुख केही घन्टाको लागि काठमाडौंमा

  भारतीय गुप्तचर संस्था रअ का प्रमुख सामन्त कुमार गोयल केही घन्टाको भ्रमणको

मंसिर ९ बाट कक्षा १२ को परीक्षा

  नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारणस्थति कक्षा १२ को परीक्षा मंसिर ९

पुरानै शैलीमा फर्काएको रानीपोखरी

  राजा प्रताप मल्लले विसं. १७२७ मा रानीपोखरी निर्माण गराउँदा सायदै अहिलेको पुनर्निर्माण

बसन्त चौधरीलाई कोरोना संक्रमण

  र्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीलाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । चौधरीले