आज थप ४ हजार ४७ जनामा कोरोना,१ हजार ४७३ जना डिस्चार्ज



 

 

पछिल्लो २४ घण्टामा ४ हजार ४७ जनालाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

नयाँ संक्रमितमध्ये २२८३ काठमाडौं उपत्यकाका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ४ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । उनीहरुमध्ये ६४५ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा देशभरका प्रयोगशालामा १४ हजार ५३० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको प्रवक्ता डा. गौतमले बताए । पछिल्लो २४ घण्टामा कोरोना निको भएर थप १४७३ जना अस्पतालबाट डिस्चार्ज भएर घर फर्किएका छन्, भने अहिलेसम्म कोरोना निको हुनेको संख्या ७७ हजार २७७ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा ४ हजार ८३१ जना रहेका छन्।

प्रतिक्रिया दिनुहोस
माधव नेपालले ओलीलाई महाराजधिराज भनेपछि…….

    नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले आममाफीको घोषणा गरेको विषयलाई

आईटी आर्मीप्रति मेरो पूर्ण समर्थन छ : महेश बस्नेत

      नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले ूआईटी आर्मीू प्रति

यती एअरलाइन्सको सहयोगमा एयरपोर्टको गेटमा नयाँ ट्राफिक लाईट

    महानगरीय ट्राफिक प्रहरी महाशाखाको समन्वय एव पहलमा एयरपोर्ट स्थित गोल्डेन गेटमा

दोस्रो अध्यक्ष र भागवण्डामा माधव नेपाल मिल्ने संकेत

    नेकपा एमालेको एकताका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता