कोरोनाबाट पर्सामा दुई जनाको मृत्यु



 

पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो ।

योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबाहेक बाराका २ जना र रौतहटका १ जनाको पनि वीरगञ्जमै उपचारका क्रममा मृत्यु भएको छ ।

४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । साउन १८ गते पेड पीसीआर गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो । साउन २० गते स्वास्थ्यमा समस्या भएपछि अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएको थियो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार उनमा खोकी र ज्वरोको समस्या थियो । अक्सिजन दिँदासमेत उनको शरीरमा अक्सिजन मेन्टेन भईरहेको थिएन । मुटुले काम गर्न छोडेपछि बिहान उनको निधन भयो । वीरगञ्ज हेल्थ केयरमा मृगौलाको डायलायसिस गराउँदै आएका ४ जनालाई आइसीयुमा राखेर उपचार भइरहेको छ ।

यसअघि पर्सामा साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई वान्ता आउनुका साथै झडापखाला लागेको थियो ।

प्रतिक्रिया दिनुहोस
कोरोनाबाट हालसम्म नेपालमा ३९० जनाको मृत्यु

  नेपालमा कोरोना संक्रमणबाट हालसम्म ३९० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा

आज एकै दिन २ हजार २० जनामा कोरोना संक्रमण

  बितेको २४ घण्टामा देशभर २ हजार २० जना कोरोनाभाइरस संक्रमित थपिएका छन्

संविधान संशोधनको लागी तयार हुन प्रधानमन्त्री ओलीको निर्देशन

  प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनका क्रममा अपर्याप्त देखिए संशोधनका लागि खुला

नेपालमा आइपुग्यो रेल ( हेर्नुहोस् तस्बिरहरु)

  जनकपुरदेखि जयनगरसम्म सञ्चालन गर्न भारतसँग खरिद गरिएका नेपालको राष्ट्रिय झण्डा अङ्कित दुईवटा