उत्तर प्रदेशकी एक मन्त्रीको कोरोनाबाट मृत्यु



 

भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनमा दुःख व्यक्त गर्दै आइतबार आयोध्या जाने आफ्नो कार्यक्रम पनि रद्द गरेका छन् ।

कमला रानी उत्तर प्रदेशकी प्रविधि शिक्षामन्त्री थिइन् । सन् २०१७ मा कानपुरको घाटमपुरको सिट जित्दै उनी यो सिटमा जित हासिल गर्ने पहिलो विधायक बनेकी थिइन् । उनलाई गत वर्ष मन्त्री बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
चार प्रदेशमा पहिलो चरणको निर्वाचन गर्ने तयारी

  सरकारले बैशाख १७ गतेको पहिलो चरणको निर्वाचन चार वटा प्रदेशमा गर्ने तयारी

केपी ओलीलाई तह लगाउन सकेनौं : प्रचण्ड

  नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड केपी शर्मा ओलीको गलत प्रवृत्तिलाई

केपी ओलीलाई केही समय जेल राखौ : माधव नेपाल

  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-माधव पक्षका दोस्रो दर्जाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले

दुई तिहाईको ग्यारेन्टी नहुँदासम्म ओलीले चुनाव गराउँदैनन् : भुषाल

  नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव पक्षका नेता घनश्याम भुषालले आफूले दुई तिहाई ल्याउने