यी हुन् भगवान राम जन्मभूमी अयोध्या नेपालमै रहेका प्रमाण



 

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मभूमी नेपालमै रहेको दाबी गर्दै भारतले सांस्कृतिक अतिक्रमण गरेको बताएपछि ठूलो हलचल मच्चिएको छ ।

भारतले यसलाई नेपालको राजनीतिक मुद्दासँग जोडेको छ । तर सांस्कृतिक र पुरातात्विक प्रमाणहरूका आधारमा भारतले दाबी गरिरहेको राम जन्मभूमी अयोध्या नक्कली रहेको प्रष्ट हुने प्रमाण फेला परेका छन् ।

अध्येता लोकमणि पौडेलले यसको दाबी गर्दै आए पनि राज्य तहमा चर्चा हुन सकेको थिएन । भारतको सर्वोच्च अदालतले पनि उत्तर प्रदेशको लखनऊमा रामको जन्म भएको प्रमाण फेला नपरेको ठहर गरेको थियो । यद्यपि, धार्मिक मान्यताका आधारमा उसका केही विवादीत निर्णय भने आएका थिए ।

भारतको अयोध्या नक्कली भएका प्रमाण र आधारहरू

अंग्रेजहरूले फैजाबादलाई अयोध्या नामाकरण गरी राम जन्मेको भनी प्रचार गराएर बहुसंख्यक हिन्दूहरूलाई आफ्नो हातमा लिएपश्चात् हिन्दू मुसलमानबीच फाटो मात्रै भएन, हिन्दूहरु नै सो ठाउँलाई रामजन्मभूमी सिद्ध गर्न  लागि परे । त्यसलाई अहिले छिमेकी मुलुकका हिन्दूहरूले मात्रै नभएर नेपालीले समेत वास्तविक रामजन्म भूमिका रूपमा मान्दै आएका छौं। तर सो ठाउँलाई रामजन्मभूमि मान्दा नमिलेका असंख्य प्रमाणहरु छन् ।

१. माता सीता जन्मिएको ठाउँ जनकपुर नै हो भन्ने कुरामा कुनै सन्देह छैन। यो कुरालाई भारतीयहरुले समेत मानिरहेका छन्। यसैको आधारमा तथ्यहरुलाई जाँच्न सकिन्छ । सीता जन्मभूमि जनकपुर र नक्कली अयोध्याबीचको सिधा दूरी पाँच सय किलोमिटरभन्दा धेरै छ । पाँच सय किमी टाढा रहेको वर्तमानको अयोध्याबाट रथमा चढेर एकैदिनमा जनकपुर आउनु पत्यारलाग्दो र सम्भव कुरा होइन । पाँच सय किमी दूरी रथबाट पार गर्न कम्तीमा पनि १५ दिन लाग्छ। रथ तान्ने घोडाहरु लगातार हिँडिरहन सक्दैनन्। बीचबीचमा घाँसपानी खुवाउँदै लानुपर्ने हुन्छ।

२. सूननदी पतनदीको किनारमा नेपालभित्र अवस्थित वाल्मीकि आश्रमको ऐतिहासिकता र प्रामाणिकताका बारेमा पनि कसैलाई सन्देह छैन । धोबीको कुरा सुनेर रामले सीतालाई वनबास पठाएको कुरा रामायणमा वर्णन गरिएको छ । लक्ष्मणले सीतालाई वाल्मीकि आश्रम नजीकै छाडेर उसै दिन फर्केको प्रसंग रामायणमा छ। लखनऊ नजीकैको अयोध्याबाट वाल्मीकि आश्रमको सिधा दूरी करीब ३०० किलोमिटर छ। भनेपछि जाऊआऊ गर्दा ६०० किमी पुग्छ। ६०० किमी बाटो रथको सहायताले एकैदिनमा पूरा गर्न सम्भव कुरै होइन।

३. रामायणको अन्तिमतिर वाल्मीकिले सीता र लवकुशलाई लिएर पैदल यात्रा गरी रामलाई भेट्न गएको वर्णन छ। सीताको पवित्रताका बारेमा रामलाई अवगत गराएर सीता तथा लवकुश तीनैजनालाई रामका जिम्मा लगाउने वाल्मीकिको योजना थियो। त्यो बेला उनीहरुको भेट भएको ठाउँ अहिलेको देवघाट हो। त्यो बेला रामले सीतालाई स्वीकार गर्दा जनतामा गलत सन्देश जाने लख काटे र सहजतासँग वाल्मीकिको आग्रह शिरोपर गर्न सकेनन्। यसबाट दुःखी भएकी सीताले धरती मातालाई पुकारिन्। धरती फाटिन् र सीता धरतीमा समाहित भइन् भन्ने वर्णन रामायणमा छ र त्यसरी धर्ती फाटेको ठाउँ चितवनको देवघाटमा पर्छ। त्यो ठाउँको दर्शन गर्न अहिले पनि हजारौं तीर्थालुहरुको भीड लाग्छ। लखनऊस्थित अयोध्यामा बसेका राम कहिलेकाहीं विश्रान्तिका लागि देवघाट आउनु तर्कयुक्त कुरा होइन। बरु देवघाट नजीकैस्थित ठाउँलाई राम विश्राम गर्नका लागि आउने भएकैले रामनगर भनिएको हुनुपर्छ।

४. रामायणमा वर्णित एउटा घटनामा शिकार खेल्दै रामका पिता दशरथ अहिलेको स्याङ्जा पर्वत र कास्कीको संगम आँधीखोलाको मुहान पञ्चासेको लेक पुगेको प्रसंग छ। उक्त दहमा श्रवणकुमारले गाग्रीमा पानी भर्दै गर्दा निस्किएको आवाजलाई कुनै जंगली हात्तीको आवाज जस्तो मानेर दशरथले पँधेरातिर ताकेर वाण चलाएका थिए। सो वाण लागेर श्रवणकुमारको मृत्यु भएको थियो। श्रवणकुमारका दुवै मातापिता अन्धा थिए। छोराको मृत्यु थाहा पाएपछि उनीहरुले दशरथलाई पनि आफ्नै जस्तो पुत्रवियोग होस् भन्ने श्राप दिए र पुत्रवियोगको पीडाले बूढाबूढी धेरै दिनसम्म त्यो श्रवणकुमारले पानी भर्न खोजेको दह नजीकै बसेर रोइरहे। स्याङ्जामा अहिले पनि अन्धाअन्धी दहका नामले प्रसिद्ध कुवा छ र त्यो दह नै आँधीखोलाको मुहान हो।

अहिले मानिरहेको नक्कली अयोध्याबाट शिकार खेल्न पाँच ६ सय किमी पर आउने कुनै सम्भावना हुन्छ त ?

५. रामका चारैजना दाजुभाइलाई सानै छँदा दरबारमै पुगेर पढाउने गुरु वशिष्ठको जन्मभूमि पनि नेपाल नै भएको पुष्टि गर्ने धेरै आधारहरु छन् । रामहरु किशोर भएपछि धनुर्विद्या आदि सिकाउने गुरु विश्वामित्रसँग जोडिएको एउटा प्रसंग रामायणमा छ । जसमा विश्वामित्रसँगै राम लक्ष्मणले कोशी नदी तरेको उल्लेख छ । त्यो कोशी नदी अहिले नेपालमै बगिरहेको कोशी नदी हो भन्ने कुरामा कुनै सन्देह छैन । अहिले मानिरहेको लखनऊ नजीकैको अयोध्याबाट घुम्दै हाम्रो कोशी नदीसम्म आइपुगेको कुरा पत्याउन सकिँदैन ।

सक्कली अयोध्या नेपालमै रहेको प्रमाणहरू

लखनऊमा रहेको अयोध्या सक्कली होइन र विभिन्न तथ्यांकहरुले त्यसलाई रामको जन्मभूमि सिद्ध गर्न सक्दैनन् भन्ने निश्कर्षमा पुगेपछि हाम्रा अगाडि अर्को प्रश्न तेर्सिन्छ, त्यसोभए सक्कली अयोध्या कुन हो र कहाँ छ ?

यसका लागि विभिन्न किसिमले अध्ययन गर्दा हामी नेपालको चितवन जिल्लामा अवस्थित माडीमा पुग्नुपर्ने हुन्छ । केही समय पहिलेसम्म त्यहाँ स्थित एउटा गाविसको नाउँ अयोध्यापुरी रहेको थियो। अहिले माडी नगरपालिका भएपछि अयोध्यापुरी क्षेत्र वडा नम्बर ७ र ८ भित्र समेटिएको छ। जो प्राचीन समयदेखि नै अयोध्यापुरीकै नामले जानिन्थ्यो। जुन कुरा महाभारतमा समेत उल्लेख गरिएको भेटिन्छ । अयोध्यालाई प्रायः अयोध्यापुरी भनिन्थ्यो। त्यो क्षेत्र नै वास्तविक अयोध्या हुनुपर्छ। यसका लागि केही तर्कहरु को सहारा लिनुपर्ने देखिन्छ ।

१. सो ठाउँबाट जनकपुरको सिधा दूरी करीब १५० किलोमिटर पूर्वमा पर्छ भने वाल्मीकि आश्रम करीब ३५ किलोमिटर पश्चिममा पर्छ । त्यहाँबाट रथमा चढेर एकैदिनमा वाल्मीकि आश्रम पुगेर फर्कन सम्भव छ । जो प्राचीन समयदेखि नै अयोध्यापुरीका नामले प्रसिद्ध छ, त्यो नै सक्कली अयोध्या हो भन्ने महसूस हुन्छ।

२. सरयू नदीको प्रसंग, संस्कृतमा सरको अर्थ ताल छहरो पोखरी आदि हुन्छ। त्यो हिसाबले सरयू भनेको सरबाट बगेर आएको नदी। सरयूको अर्को नाम सरस्वती पनि हो। सरस्वतीलाई पारावतघ्नि पनि भनिन्छ। त्यसको अर्थ पर्वतलाई खियाएर, चिरेर, घात गरेर बग्ने नदी हो। अयोध्यापुरी वरिपरि नै सरयूको खोजी हुनु आवश्यक भएको छ।

३. देवघाटसँगै मात्र होइन, माडीभन्दा केही दक्षिणतर्फ पनि रामनगर नामक गाउँ अवस्थित छ । उक्त रामनगरको नाम पनि महाभारतमा उल्लेख छ। तनहुँको सेन राज्यको हिउँदकालीन राजधानी रहेको सो रामनगर हाल भारतीय सीमाभित्र पर्छ। वरिपरि राम जोडिएका ग्राम र नगरहरुको उपस्थितिले पनि अयोध्यापुरीलाई सक्कली अयोध्या साबित गर्न मद्दत गर्दछ।

४. अहिलेको अयोध्यापुरीदेखि पश्चिम नारायणी नदी पार गरेपछि रामग्राम आउँछ। अयोध्यापुरीदेखि उत्तरतिर रामपुर छ। अयोध्यापुरीदेखि पूर्व सुनसरी जिल्लाको जंगलमा रामले धुनी जगाई आगो तापेको ठाउँ अद्यापि रामधुनीका नामले प्रसिद्ध छ।

उता देवघाटसँग जोडिएको रामनगर पनि बिर्सन हुँदैन। पाल्पामा पनि रामपुर छ। रामपुरसँगै काली नदीको किनारमा रामघाट छ जहाँबाट राम अन्तध्र्यान भएका थिए। रामायणमा रामले आफ्नो राज्य विस्तार गरेको प्रसंग उल्लेख छ। वरिपरि का रामनामयुक्त ठाउँहरु रामले विजय प्राप्त गरेका ठाउँहरु हुन सक्छन्।

कतिपय क्षेत्र भने रामले वनबासका समयमा बिताएका र काम गरेका प्रमाणका रुपमा पनि व्याख्या गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पोजेटिभ

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि

नेकपाका सांसदले भने हामी कुनै गुटमा छैनौ

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो

काठमाडौंको गोगंबुमा टाउको काटेको लास सुर्केशभित्र भेटियो, भिडीयोमा हेर्नुहोस्

    काठमाडौं उपत्यकाको गोंगबुमा देखिएको एक घटनाले सबैको होस उडाएको छ ।

त्यो मखमली पर्स

    दश वर्ष अगाडि म बिहे गरेर आउँदा उहाँले आफूले बोक्ने लेदरको