एमालेको छालामा महेन्द्रबहादुरको रजाई



 

नेपाली समाजमा एउटा उखान चर्चित छ– बाघको छालामा स्यालको रजाई । उखान कहाँ–कुन सन्दर्भमा मिल्छ ? भन्न सकिदैन, तर कर्णाली प्रदेशमा चरितार्थ भएको छ । एमालेको छालामा माओवादीको रजाई ।

केन्द्रीय राजनीतिको कोपभाजनमा परेको पूर्वएमाले समुह बुलबुले तालको स्थिर पानी बनेको छ । न सरकारपक्ष बन्न सकेको छ, नत प्रतिपक्ष, विलखबन्दको लाटीकोइली बनेको छ । प्रदेश संसदको आधा जनमत पूर्वएमालेको छ तर सरकार कांग्रेस मैत्री माओवादीको छ ।

कर्णाली प्रदेश संसदमा कुल ४० सिट संख्या छ । पूर्वएमाले समुहका २० सांसद छन् । तर मुख्यमन्त्रीको भाग्य चिट्ठा एमाले विरोधी महेन्द्रबहादुर शाहीलाई परेको छ । सानो सिट संख्या भएको माओवादीलाई सरकारको नेतृत्व दिन पूर्वएमालेले धेरै कठिनाई गरेन् तर मुख्यमन्त्रीले बाह्य र आन्तरिक दुस्मण पूर्वएमालेलाई देख्ने गरेपछि कुर्मराजको मन कुरिन्छ । मुख्यमन्त्रीको यही दोषी चस्माले कर्णालीमा नेकपाको मन मिल्न सकेको छैन । एमालेको बैशाखी टेक्ने एमालेसँगै सौतेली ब्यवहार गर्ने मुख्यमन्त्री शाहीको चरित्रले आफैलाई भेरी किनारको एक्लो हुचरो बनाउँदैछ ।

मुख्यमन्त्री शाही पूर्वमाओवादीका लडाकु कमाण्डर हुन् । जतिबेला उनी लडाकु थिए, त्यो बेला मुख्य दुस्मण सेना र प्रहरीलाई मान्थे । तर, अहिले पूर्वएमाले समुहलाई बर्ग दुस्मण देख्न थालेका छन् । केन्द्रीय राजनीतिको आर्शिरवाद पाएका शाही पूर्वएमाले समुहलाई विभाजन र कमजोर बनाउन तल्लिन छन् ।

मुख्यमन्त्री जनयुद्धकालदेखि नै एमालेका प्रखर विरोधी थिए । गृहजिल्ला कालिकोटमा एमालेका नेता कार्यकर्तालाई छानिछानी भौतिक कारवाही गर्थे । पूर्वएमालेको केन्द्रीय नेतृत्वले शाहीको एमाले विरोधी रवैया विर्सेपनि कुर्मराज शाहीले बिर्सेका छैनन् । महेन्द्रबहादुर शाहीले दिएका घाउ कर्मराजको शरिरमा अझै बल्झिदैछन् । तरपनि शाहीले सास्ती दिन छोडेका छैनन् ।

शाही पूर्वएमाले मात्र हैन, पूर्वमाओवादी सांसदका लागि पनि रुचिकर छैनन् । केही ब्यक्तिको आदेश र सिमित कोठरीबाट चल्ने गर्दछन् । नेकपाका ३३ सांसद मध्ये दुई तिहाई उनको विपक्षमा छन् तर आर्शिरवादले हुकुमत चलिरहेको छ ।

मुख्यमन्त्रीको कोठरी अनौठो छ । बाह्य कोठरी पूर्वमाओवादीका शक्तिशाली नेताहरुलाई रिझाउने गरि बनाएका छन् । जनार्दन शर्मा, शक्ति बस्नेत र आफु निकटका ब्यक्तिलाई राखेर बाह्य टिम बनाएका छन् । त्यो टिम नामको मात्र सल्लाहकार हो । वास्तविक सल्लाहकार कांग्रेसीजन छन् ।

‘नेकपाका मुख्यमन्त्री कांग्रेस सल्लाहकारबाट चल्छन्’ यो कुनै आरोप होइन । नेकपा सांसद र नेता–कार्यकर्ताले बुझेको तथ्य हो । एक प्रसंगमा नेकपाका प्रभावशाली नेता यमलाल कँडेलले मुख्यमन्त्रीलाई लक्षित गरी भनेका थिए ‘को कांग्रेसी कार्यकर्ता हुन्, को सल्लाहकार ? छुट्याउनै ग्राहो छ ।’

राजनीतिक गठजोडको झस्केलाबाट छिरेरे मुख्यमन्त्री बनेका शाही कर्णालीका लागि आशलाग्दा अनुहार थिए । उनको अनुहार जति चम्किलो छ, ब्यवहार त्यति नै विभेदपूर्ण छ । उनले मुख्यमन्त्रीमा सपथ लिँदा कर्णाली भोक, रोग र बर्षाैदेखिको अन्याय कम हुने आँकलन गरिएको थियो । उनको आधा कार्यकालमा कर्णालीबासी न भोकले मर्न छोडे नत रोगबाटै बाँच्न पाएका छन् ।

कर्णालीका जिल्ला घुम्दा राजस्सी ठाँटमा हेलिकप्टरबाट पुग्छन् । तर कोरोनाको स्वास्थ्य परीक्षण गर्ने पिसीआर मेसिन कांग्रेस सांसद विनोद चौधरीको दयामा सुर्खेत पुग्छ । नवराज विकलगायत ६ जना युवा तालिवानी शैलीमा हत्या गरिन्छ तरपनि छानविन नाममा समिति गठन गर्न संघ सरकार पर्खिनु पर्छ । तर मुख्यमन्त्रीले देखाउने सपना अन्तरिक्ष यात्रीको भन्दा कमजोर छैन ।

बर्दियाको भूरीगाउँबाट भेरी नदी पार गरेर सुरुड निर्मार्ण गर्ने ? भेरी कर्णालीको तिरैतिर चार लेनको सडक निर्माण गरी चीनसँग ब्यापारिक नाका खोल्ने ? यी सपना राम्रा हुन् तर कर्णालीबासीलाई त्यो भन्दा पहिले न्याय चाहिएको छ । रोग, भोग र शोकबाट मुक्ति चाहिएको छ । त्यो कर्ममा महेन्द्रबहादुरको आँखा गएन ।

राजनीतिक समुन्वय, सदाचार ब्यवहार, जनतालाई न्याय दिन नसक्ने मुख्यमन्त्री कर्णालीका लागि अभिषाप हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना पोजेटिभ

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि

नेकपाका सांसदले भने हामी कुनै गुटमा छैनौ

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शीर्ष नेतृत्वबीच चरम गुटबन्दी हुन थालेपछि सो

काठमाडौंको गोगंबुमा टाउको काटेको लास सुर्केशभित्र भेटियो, भिडीयोमा हेर्नुहोस्

    काठमाडौं उपत्यकाको गोंगबुमा देखिएको एक घटनाले सबैको होस उडाएको छ ।

त्यो मखमली पर्स

    दश वर्ष अगाडि म बिहे गरेर आउँदा उहाँले आफूले बोक्ने लेदरको