सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने ओली समूहको प्रस्ताव



 

 

सत्तारुढ दल नेकपा भित्र चर्किरहेको विवादका बीच प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली सहूले प्रचण्ड–माधव समूहलाई एक प्रस्ताव पठाएको छ।

स्रोतका अनुसार सुवास नेम्वाङलाई प्रधानमन्त्री बनाउने गरी ओली समूहले प्रस्ताव बठाएको छ। स्रोतले भन्यो, ‘अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सल्लाहाकार बनाउने, ओली पार्टी अध्यक्ष हुने र नेम्वाङलाई प्रधानमन्त्री बनाउने प्रस्ताव प्रचण्ड समूहमा पठाइएको छ।’

ओली समूहको यो प्रस्तावबारे प्रचण्डले के जवाफ दिए भन्ने आइसकेको छ। तर, यो विषयमा बुझ्दा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले आफू प्रधानमन्त्री बन्ने कुनै सम्भावना नरहेको बताए। उनले डिसी नेपालसँग भने, ‘अहिले अवस्था र व्यवस्थाअनुसार ओली नै अध्यक्ष र प्रधानमन्त्री हुनुहुन्छ।’

नेकपामा प्रचण्ड–माधव समूहले प्रधानमन्त्री ओलीलाई अध्यक्ष र प्रधानमन्त्री दुबै पदबाट राजीनामा गर्न भनेको छ। जारी स्थायी कमिटीमा ओलीको राजीनामा मागिएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस
गोंगबु हत्याकाण्ड: यी हुन् प्रहरीले पत्ता लगाएका १६ तथ्य र ८ प्रमाणहरु

    राजधानीको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा भएको

कोरोना नियन्त्रण बाहिर गएको छैन: मन्त्री ढकाल

  स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरूको मति सप्रियोस् भन्दै

पूर्वमन्त्रीप्रभु साहमाथि दरबारीया षड्यन्त्र

  काठमाडौ ।तत्कालीनशाही दरबारीयहरुले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतातथापूर्वमन्त्रीप्रभु साहविरुद्ध षडयन्त्रपूर्ण गतिविधि

त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा तोडफोड

    नेपाल विद्यार्थी संघका कार्यकर्ताले मंगलबार त्रिभुवन विश्वविद्यालयको उपकुलपति र रजिस्टारको कार्यालयमा