जेठ ३२ गतेसम्म लकडाउन बढाउने सरकारको निर्णय



 

मन्त्रिपरिषद् बैठकले लकडाउन जेठ ३२ गतेसम्म गर्ने निर्णय गरेको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले जेठ ३२ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिए

सँगै सरकारले असार १६ गतेसम्म सबै उडान बन्द गर्ने निर्णय गरेको छ । ‘अन्तर्राष्ट्रिय सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने भएको निर्णयलाई २०७७ साल असार १६ गते अर्थात् जुन ३० सम्म सीमा क्षेत्रको आवागमन स्थगित गर्ने निर्णय भएको छ’, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले भने, ‘सीमामा थप कडाई गर्ने निर्णयसमेत भएको छ ।’

सरकारले सीमाको आवागमनलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार चेकजाँच गर्ने सम्बन्धमा दुई देशबीच कुराकानी गर्ने निर्णय गरेको जानकारी खतिवडाले दिए ।

प्रवक्ता खतिवडाका अनुसार लकडाउनको मोडालिटी परिवर्तन गर्ने विषयमा निर्णय गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समितिलाई सरकारले जिम्मा दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोक्न सरकारले २०७६ साल चैत ११ गतेदेखि लकडाउन गर्दै आएको छ ।

सरकारले पहिलोपटक चैत ११ देखि १८ गतेसम्म लकडाउन गरेको थियो। त्यसपछि फेरि दोस्रोपटक एक हप्ता थपेर २५ चैतसम्मका लागि लम्ब्याइएको थियो। त्यसलाई निरन्तरता दिँदै वैशाख ३, त्यसपछि १२ दिन लकडाउनको अवधि थपेर वैशाख १५ र १० दिन थप गर्दै वैशाख २५ र पछिल्लो पटक जेठ ५ गतेसम्म लकडाउनको अवधि थप गरेको थियो।

त्यसपछि सरकारले एकै पटक १५ दिन लकडाउन थपेर जेठ २० गतेसम्म लम्बाएको थियो । कोरोना संक्रमणको जोखिम बढ्दो रहेको निष्कर्ष निकाल्दै लकडाउनलाई लम्ब्याउन उच्च स्तरीय समितिले सिफारिस गरे अनुसार सरकारले जेठ ३२ गतेसम्म लकडाउनको समय थप गरेको हो ।

शनिबार एकै दिन १८९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै संक्रमितको संख्या १४ सय १ पुगेको छ। सात जनाको मृत्यु भइसकेको छ भने २१९ जनाले कोरोनालाई जितेका छन् ।

प्रतिक्रिया दिनुहोस
भारतीय मिडियाको अपराधिक चरित्र : राजेन्द्र अर्याल

  प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताको पक्षमा आफूले चट्टानी अडान लिएकाले भारत र आफ्नै

शहिद गंगालाल हृदय केन्द्रलाई व्यवस्थि गर्न प्रभु साह माग

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले जनकपुरधाम स्थित

बाढी-पहिरोले देशभरि ३१ जनाको मृत्यु, दर्जनौं बेपत्ता/घाइते

  हिजो रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी-पहिरोले देशभरि जनधनको ठूलो क्षति भएको

अल्पमत र बहुमतका आधारमा निर्णय गर्ने ठाउँमा पुग्‍नै हुँदैन : मन्त्री भट्टराई

  नेकपा स्थायी समितिको बैठक सरेको सरै छ, कहिलेसम्म निकास आउला ? स्थायी