कोरोना कहरपछि यसरी सुधार्न सकिन्छ कृषि प्रणाली



 

 

निर्देशन त्रिपाठी . कोरोना भाइरस ( Covid-19 ) ले गर्दा देश एतिबेला लकडाउनमा रहेको छ । देशको र यो सरकारको मुख्य प्राथमिकता कोरोनाको संक्रमण र प्रभावलाई रोकथाम र नियन्त्रण गर्नुनै हो । जबसम्म नागरिक स्वास्थ हुदैनन् तबसम्म देश स्वास्थ हुदैन । यसको निम्ति पर्याप्त रुपमा परिक्षणको दायरा बढाउनुपर्ने हुन्छ । Pcr को माध्यमबाट सम्पुर्ण जनतालाई जाँच गराउनुपर्दछ । लक डाउन खुकुलो पार्नुभन्दा पनि अझ कडा बनाइनुपर्छ र यसको सम्भावना हेरेर खुकुलो पनि बनाइनु पर्दछ । संक्रमणको अवस्थालाई मध्यनजर गर्दै ब्यबसायको रुप र प्रकृतीहेरि उत्पादनमा नलाग्ने हो भने देशको आर्थिक अवस्था डामाडोल हुने निश्चितिप्राय छ । कोरोनाले गर्दा यतिबेला मुलुकको कृषी प्रणाली डामाडोलको स्थितिमा रहेको छ । अब कृषिको रुपान्तरण गर्दा जरै देखि गर्नुपर्ने हुन्छ । पहिला लकडाउन बाट सबैभन्दा ठूलो नोक्सानी जनताको खानपिन र खाध्य्यानमा देखिएको छ यश बिसयमा केन्द्रिय मन्त्रालय र प्रदेश कृषि मन्त्रालय चनाखो हुनुपर्दछ । यश बिसयमा बेलैमा नसोच्ने हो भने गम्भीर स्थिति सामना गर्नुपर्ने र सामाजिक टकराब बड्ने देखिन्छ ।

मुलुकको कृषि ओरालो लाग्दै गएको छ । कृषिमा विभिन्न बिचौलिया प्रवेश गर्नु प्रत्यक्ष किशानले अनुदान राहत ऋण नपाउनु यसको असर रहेको छ । अहिले हामीले कृषि कर्ममा प्राय महिला मात्रै देख्ने गरेका छौ पुरुष हरु बिदेशियका छन । अझपनी उहीँ पुरानै पारा ढङ शैली र सभ्यता हामिकहा गएको छैन । अधिकान्श पुरुषहरु कोहि खाडी देश र बिश्वका कयौ सुन्दर देशमा रमाइरहेका छन । यहि शहर र बिदेश पसेका हाम्रो दाजुभाइ दिदिबहिनीहरुलाइ उतै रगत पसिना बगाउन लगाउने होकि घरपरिबारमा बसेर कृषि कर्ममा लगाउने बाताबरण बनाउने हो यश बिसयमा हाम्रो समाजबादी मन्त्री ज्यु हरुले सोच्नै पर्ने बेला आएको छ चाहे केन्द्रिय भन्नुस चाहे प्रादेशिक भन्नुस । अहिले भनिने गरेको समृद्धि विभिन्न मन्त्रालय खल्ती बालुवाटार सिंहदरबार र प्रदेशका केही मन्त्रालयका कोठा भित्र मात्रै देखिने गरेका छन ।।

कसरी सुधार्ने कृषि प्रणाली
१) रातारात परिबर्तन सम्भब छैन तर एउटा मानिस पदमा पुग्छ र उसले म गर्छु भन्ने उसमा हिम्मत तागत आउदैन तबसम्म समृद्धि र प्रगति कृषिमा हुन आकाशको फल आँखा तरि मर शिबाय केहि हुदैन । बन्न र सप्रीन ५० औ बर्ष लाग्छ जसरी बिग्रन ३० औ बर्ष लाग्यो ।
२) बिचौलियालाई ऋण र अनुदान होइन प्रत्यक्ष किशानलाई सहुलियत ऋणको ब्यबस्था गरिनुपर्दछ अनुदान पुर्ण रुपमा बन्द गरिनुपर्दछ र सरल र सहज रुपमा कमसल ब्याजमा ऋणको प्रबाह गरिनुपर्दछ ।
३) जग्गाको वर्गीकरण गरिनुपर्दछ हरेक जिल्ला कुन खेतिको कृषिको लागि उपयोगिता हेरेर हरेक प्रदेश र त्यस भित्र महानगर नगरपालिका गाउपालिका र त्यस भित्र पनि विभिन्न वडा लाई वर्गीकरण गरिनुपर्दछ । आफुलाइ चाहिने हरेक बस्तु उत्पादन आफै गर्नुपर्दछ पुर्ण रुपमा सिचाइ मल बिउको प्रबन्ध गरिनुपर्दछ ।
४) केन्द्र सरकार वा प्रदेश सरकारले छ्नोट गर्ने हरेक कृषिको कार्यक्रम हरेक जिल्लामा एउटै किसिमको हुनुपर्दछ फेरि आबश्यकता फरक भएपनी योजना एउटै हुनुपर्दछ ।
५) यो आर्थिक बर्षलाई खाध्य बर्षको रुपमा घोषण गरि हरेक बाझो रहेका खेतलाइ उत्पादनमा प्रयोग गरिनुपर्दछ ।
६) निजि तथा सरकारी बाझो जमिन कृषि उत्पादनमा लगाउने र त्यसमा स्थानीय तहलाइ पुर्णरुअपमा सहभागीता गराउने र नगर्नेलाइ फाइन गरिनुपर्दछ त्यसको जिम्मेवारी हरेक स्थानीय सरकारले लिनुपर्दछ ।
७) कोरोनले गर्दा हजारौ नेपाली नागरिक आफ्नो देश आउने निश्चित प्राय छ र उनिहरुको रोजगारी गुम्ने अवस्था रहेको छ उनिहरुलाइ पुर्णरुपमा प्राबिधक तालिम दिएर विभिन्न बिश्वबिद्धालय कलेजहरुको समन्वयमा गाउमा नै स्वरोजगारको ब्यबस्थापन गरिनुपर्दछ ।
८) सामुदायिक बन र जङलहरुमा हामीले रुख मात्रै हैन विभिन्न किसिमका बिरुवा जस्तै आँप लिची कटहर घिउकुमारी बरो अमृसो अलैची लगाइनुपर्दछ र रुख बाट झरेको पातबाट प्राङगारिक मलको रुपमा प्रयोग गरि आफ्नै बारिमा हाल्ने ब्यबस्थापन गरिनुपर्दछ त्यसकालागि प्रदेश र स्थानीय सरकारले ध्यान दिनुपर्छ ।
९) अबको खाध्य संकट टार्न एक छाक ढेडो र एक छाक रोटि भन्ने मुल नाराका साथ अगाडी गैयो भने सस्कृतीको र खानाको पनि प्रबर्द्धन र चामलको खपत कमगर्न सकिन्छ ।
१०) प्रदेश सरकारले एक स्थानीय तहमा एक सुबिधासम्पन्न भन्डारण र कोल्डस्टोरको ब्यबस्थापन गरिनुपर्दछ ।
११) विभिन्न बिचौलिया बाट रोक्नको लागि Digital System को प्रयोग गरि सिधै ग्राहक र किसान् सगको ब्यापारलाई प्रोत्साहन गरिनुपर्दछ ।
१२) माटोको परिक्षण गरि कुन माटोमा कुन कृषि कार्य गर्न सकिन्छ भन्ने अबधारणा सहित स्थानिय तह सकृय भै उत्पादनमा लाग्न जरुरी हुन्छ ।
१३) विभिन्न मन्त्रालय सरकारी भबन होस्टेल कैदिबन्दी सार्बजनिक सस्थान विभिन्न केन्द्रिय मन्त्री का र प्रदेश मन्त्रीका Quarter मा आफै आफुलाइ चाहिने तरकारी आफै उत्पादन गर्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस
बाँकेको नरैनापुरमा सेना परिचालन

  बाँकेको नरैनापुरमा निधेषाज्ञा जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ।  संक्रमित व्यक्तिलाई

शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने : ईद पर्व सबै नेपालीको मौलिक पुँजी

  प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वलाई सम्पूर्ण नेपालीको मौलिक पुँजी भनेका छन्

नेपालमा थप १९ जनामा कोरोना, संक्रमितको संख्या ६०३ पुग्यो

  थप १९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यससँगै

निजगढमा तीन सय भन्दा बढी होम क्वारेन्टाइनमा

  बाराको निजगढमा तीन सय भन्दा बढीलाई होम क्वारेन्टाइनमा राखिएको छ । कोरोना