एसईई र ११–१२ को परीक्षा अन्यौलमा



 

स्थगित भएका परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयद्धारा गठित समितिले परिस्थिति सामान्य नभई परीक्षा लिन नसकिने सुझाव सहितको प्रतिवेदन बुझाएको छ ।

समितिले माध्यमिक शिक्षा परीक्षा(एसईई), कक्षा ११ र १२ को परीक्षा सञ्चालन गर्न नौ विकल्प सहितको प्रतिवेदन पेश गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणी पौडेलको संयोजकत्वमा गठित ६ सदस्यीय समितिले अहिलेको अवस्थामा स्थगित परीक्षाहरु कसरी संचालन गर्न सकिन्छ भन्ने विषयमा प्रतिवेदन पेश गरेको हो ।

समितिले लकडाउन खुलेर परिस्थिति सामान्य भई हाल क्वारेन्टाइन आवास कायम भएका विद्यालयहरु खाली गरी सरसफाई र निर्मलीकरण नगरी परीक्षा लिन नसकिने स्पष्ट पारेको छ । समितिले परीक्षा सञ्चालन गरेको ४५ दिनभित्र परीक्षाफल प्रकाशित गर्न सकिने उल्लेख गरेको छ ।

परिस्थिति सामान्य भएपछि पनि सामाजिक दूरी कायम गरी परीक्षा लिनको लागि र धेरै भन्दा धेरै विद्यार्थीलाई घरपायकको केन्द्रबाट परीक्षा दिलाउन जिल्ला परीक्षा समन्वय समितिबाट सिफारिस भई आवश्यक थप उप–केन्द्रहरुो व्यवस्था गरी परीक्षा संचालन गर्न उपयुक्त देखिने समितिको निष्कर्ष छ ।

समितिले परीक्षा संचालनका गर्न कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको स्वीकृति र प्रदेश सरकारको समेत मञ्जुरी लिनुपर्ने उल्लेख छ । समितिका संयोजक एवं बोर्डका अध्यक्ष प्राडा पौडेलले परीक्षा सञ्चालन गर्नुअघि लकडाउन खुल्नुको विकल्प नभएको बताउनुभयो ।

‘शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सातै प्रदेशका सामाजिक विकासमन्त्रीसँग गरेको कुराकानी र समितिले शिक्षाविद र सरोकारवाला निकायसंग गरेको छलफलको आधारमा प्रतिवेदन तयार गरी पेश गरेका हौं–प्रतिवेदनको बारेमा जानकारी गराउँदै संयोजक प्राडा पौडेलले भन्नुभयो–हामीले सिफारिस गरेका छौ, सरकारले कस्तो निर्णय गर्छ सोही अनुसार अघि बढ्नेछौ ।

समितिले होम सेन्टर कायम गर्न असम्भव रहेको उल्लेख गरेको छ । बोर्डले एसईईको लागि ६ र कक्षा ११  र १२ का लागि ३ गरी ९ विकल्प सिफारिस गरेको छ ।

घर पायक परीक्षा सञ्चालन गर्नेगरी  सुरक्षा र पहँुचका हिसावले उपकेन्द्र कायम गर्नुपर्ने, हाल सञ्चालन गरिरहेकै तरिकाले  अवस्थामै परीक्षा सञ्चालन गर्न सकिने, प्रदेशको अनुकूलताको आधारमा परीक्षा लिने र प्रदेश सरकारले नै परीक्षाफल प्रकाशित गर्ने, बढी प्रभावित जिल्लामा छाडेर अन्यमा अर्थात खण्ड –खण्ड रुपमा  परीक्षा संचालन गर्न सकिने विषय सिफारिस गरेको छ ।

प्रदेश सरकारले परीक्षा सञ्चालन गर्न कानुन संशोधन गर्नुपर्ने सिफारिस गरेको छ । समितिले साधारण विषय बोर्डबाट र  प्रयोगात्यम विषय विद्यालयले सञ्चालन गरी बोर्डमा अंक पठाउने ,हिमाली र दुर्गममा परीक्षा संचालन गरी अन्यमा अनूकुलताको आधारमा परीक्षा संचालन गर्न सिफारिस गरेको छ ।

समितिले अहिलेकै अवस्थामा कक्षा ११ र १२ को परीक्षा अबको दुई महिना लागेपछि पनि सञ्चालन गर्दा समेत समस्या नपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
श्री लालीगुराँस सहकारीद्वारा ऋण लिएका सदस्यलाई छुट सुविधा

  पुल्चोकस्थित श्रीलालीगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले ऋण लिएका सदस्यलाई सुविधा दिने भएको

भागबण्डा नमिलेपछि एकता नटुंगिंदै विभाजनतिर मधेसी दल

    राष्ट्रिय जनता पार्टी(राजपा) संविधान संशोधनको विपक्षमा उभिने भएको छ । देशको

संसदमा संविधान संशोधन विधेयक पेश

  संसदमा नेपालको संविधान दोस्रो संशोधन विधेयक पेश भएको छ । कानुनमन्त्री डा.

संविधान संशोधनका पक्षमा मतदान गर्ने कांग्रेसको निर्णय

  प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सरकारद्वारा प्रस्तुत संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने