ओली-नेपाल एकजुट, पत्तासाफ भो प्रचण्ड गुट



 

 

पार्टीभित्र चरम अल्पमतमा परेपछि ओलीले नेपाललाई रिझाउन विगतका गल्ती सच्याउने र पार्टी नीतिअनुसार चल्ने गरी प्रस्ताव पठाएको स्रोतले बताएको छ ।

पुर्व एमालेका दुई नेता एक ठाँउमा उभिएपछि हालको नेकपाको समस्या सावाधान हुने भएको छ । ओली र नेपाल पक्षबीच केहि सहमति भएपछि पुर्व एमाले एकजुट भएका छन् । ओली र नेपाल एक भएपछि नेकपामा प्रचण्ड अल्पमतमा परेका छन । ओलीले नेपाल गुटलाई दुई मुख्यमन्त्री र मनग्य मन्त्री दिने भएपछि हालको समस्या सावाधान भएको बुझिएको छ ।

यसरी पुर्व एमाले एकढिक्का भएपछि प्रचण्ड नेकपाको सबै निकायमा अल्पमतमा परेका छन । प्रचण्डले साविक एमाले भित्र खेल्न खोज्दा आफै अल्पमतमा परेका छन । ओलीले नेपाललाई अबको नेकपाको अध्यक्ष पनि तपाँई नै हो भनेर लालिपप पनि देखाएको स्रोतको दाबी छ । यसरी साबिक एमाले मिल्दा पार्टीमा सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटी र संसदीय दलमा ओली – नेपालको बहुमत देखिएको छ । नेकपाको आगामी महाधिवेसनमा पनि प्रचण्डलाई अध्यक्ष नबनाउने संकेतहरु देखिन थालेकका छन ।  पूर्वएमालेबाट १२१ र पूर्वमाओवादीबाट ५३ जना सांसद प्रतिनिधिसभामा छन् । पूर्वमाओवादीका सबै प्रचण्डकै नेतृत्वमा रहँदा उनीसँग ५३ सांसद रहनेछन् ।

 

के छ ओली – नेपाल सहमति

ओलीको पहिलो प्रस्ताव छ मुख्यमन्त्री फेर्ने । हाल पूर्वएमालेबाट ४ मुख्यमन्त्री छन् । चार जना नै ओली समुहबाट मुख्यमन्त्री बनेका छन् । गण्डकी प्रदेश र ५ नम्वर प्रदेशका मुख्यमन्त्री पार्टीभित्र पनि सिनियर नेता नै हुन् तर प्रदेश १ र बाग्मति प्रदेशका मुख्यमन्त्री भने जुनियर नेता हुन् ।

ओली समुहमा लागेकै कारण उनीहरुले मुख्यमन्त्री पाएका छन् । नेपाल समुहमा रहेकै कारण तत्कालिन एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बाग्मति प्रदेशको मुख्यमन्त्री बन्न सकिनन् । प्रदेश कमिटीका जुनियरलाई मुख्यमन्त्री बनाइएको थियो । त्यसैगरी प्रदेश १ मा पनि तत्कालिन एमाले सचिव भीम आचार्य मुख्यमन्त्री बन्न पाएनन् । ओलीले अहिले त्यो गलत निर्णय सच्याउने प्रस्ताव नेपाललाई पठाएका छन् । केन्द्रिय सरकारमा नेपाल पक्षलाई मनग्य मन्त्रालय दिने सहमति भएको छ भने आगामि अध्यक्ष पनि माधव नेपाललाई बनाउने सहमति भएको स्रोतको दाबी छ ।

ओली – नेपाल पक्षका सांसद (१२१ जना)

केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल,सुवासचन्द्र नेम्वाङ,  योगेश भट्टराई, पवित्रा निरौला, भवानी खापुङ, लालबाबु पण्डित, जयकुमार राई, यज्ञराज सुनुवार, गणेशकुमार पहाडी नारायणप्रसाद खतिवडा, रामवीर मानन्धर, जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, शेरबहादुर तामाङ, विरोध खतिवडा, सुरेन्द्र पाण्डे, कृष्णभक्त पोखरेल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डेय, घनश्याम भुसाल, वसन्तकुमार नेम्वाङ, लालप्रसाद साँवा, राजेन्द्र गौतम, राजेन्द्र राई, घनश्याम खतिवडा, भानुभक्त ढकाल, विशाल भट्टराई, लीलानाथ श्रेष्ठ, रघुवीर महासेठ, पार्वत गुरुङ, भूमिप्रसाद त्रिपाठी, खेमप्रसाद लोहनी, कृष्णबहादुर राई, ईश्वर पोखरेल, कृष्णगोपाल श्रेष्ठ, महेश बस्नेत, नवराज सिलवाल, गोकुल बाँस्कोटा, कृष्णप्रसाद दाहाल, पोल्देन छोपाङ गुरुङ, खगराज अधिकारी, विद्या भट्टराई, जगतबहादुर सुनार, कृष्णकुमार श्रेष्ठ, केदार सिग्देल, नारायणप्रसाद मरासिनी, पद्माकुमारी अर्याल, तिलकबहादुर महत, प्रेमप्रसाद तुलाचन, भुपेन्द्रबहादुर थापा, सूर्यप्रसाद पाठक, पदम गिरी, प्रदीप ज्ञवाली, छविलाल विश्वकर्मा, दलबहादुर राना, विष्णु पौडेल, वृजेसकुमार गुप्ता, नन्दलाल रोका क्षेत्री, हृदयेश त्रिपाठी, रवीन्द्रराज शर्मा, नवराज राउत, लालबहादुर थापा, प्रेमबहादुर आले, नारदमुनि राना, गणेशसिंह ठगुन्ना, दामोदर भण्डारी, नरबहादुर धामी, भैरवहादुर सिंह । विजय सुब्बा, मोहन बानियाँ, मोतिलाल दुगड, थममाया थापा, डा.शिवमाया तुम्बाहाङ्फे, सुजिता शाक्य, बिना श्रेष्ठ, नविना लामा, शान्तिमाया पाख्रिन, कुमारी मेचे, बिनादेवी बुढाथोकी मगर, राधाकुमारी ज्ञवाली, बिन्दा पाण्डे, गोमा देवकोटा, निरुदेवी पाल, मनकुमारी जिसी, विष्णु शर्मा, सरिता न्यौपाने, मैनाकुमारी भण्डारी, तीर्था गौतम, शान्ता चौधरी, गंगा चौधरी (सत्गौवा), बिमला विश्वकर्मा, आशाकुमारी विक, जुलीकुमारी महतो रेखाकुमारी झा, सरिताकुमारी गिरी, सानु शिवा,  मेटमणि चौधरी, हिराचन्द्र केसी, धनबहादुर बुढा, गोपालबहादुर बम, राजबहादुर बुढा क्षेत्री, ध्रुवकुमार शाही, भीम रावल, यज्ञबहादुर बोगटी, झपट रावल, दीपकप्रकाश भट्ट, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, तुल्सी थापा, कल्याणीकुमारी खड्का, मायादेवी न्यौपाने, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु विमलाकुमारी विश्वकर्मा, पार्वतीकुमारी बिसुंखे, डा. पुष्पा कुमारी कर्ण कायस्थ, सरलाकुमारी यादव, कालिला खान, समिना हुसेन ।

प्रचण्ड पक्षका सांसदहरु (५३ जना)

पुष्पकमल दाहाल प्रचण्ड, राम कार्की, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल, हेमकुमार राई, सुरेशकुमार राई, सुरेशचन्द्र दास, मात्रिका यादव, गिरिराजमणि पोखरेल, रामेश्वर राय यादव, प्रभु साह, श्यामकुमार श्रेष्ठ, हरिबोल गजुरेल, हितबहादुर तामाङ, पम्फा भुसाल, गंगाबहादुर तामाङ, हरिराज अधिकारी, देव गुरुङ, देवेन्द्र पौडेल, टोपबहादुर रायमाझी, चक्रपाणि खनाल, कमला रोका, वर्षमान पुन, कृष्णबहादुर महरा, महेश्वरजंग गहतराज, सन्तकुमार थारु, टेकहादुर बस्नेत, गजेन्द्रबहादुर महत, दुर्गबहादुर रावत, शक्तिबहादुर बस्नेत, जनार्दन शर्मा, गौरीशंकर चौधरी, लेखराज भट्ट, बीना मगर । हितराज पाण्डे, पूर्णकुमारी सुवेदी, रेखा शर्मा, धर्मशीला चापागाइँ, सीता पोखरेल, सत्या पहाडी, इन्दु शर्मा, वोधमाया यादव, अन्जना विशुंखे, दुर्गा विक, जयपुरी घर्ती, शशी श्रेष्ठ, ओनसरी घर्ती, यशोदा, सुवेदी, अमृता थापा, रामकुमारी चौधरी, शेखतारा चाँद ।

 

प्रतिक्रिया दिनुहोस
सडकमा न बालबालिका छन्, न भिख मागुवाहरू : प्रधानमन्त्री

  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन,

अहिलेसम्मकै अप्ठ्यारोमा प्रचण्ड

  पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

प्रहरी प्रवक्तामा वरिष्ठ उपरीक्षक कुँवर

  प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरलाई

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक

  करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु