लकडाउनले मन्त्रीहरु फुर्सदिला, को-के गर्दैछन्



 

उच्चस्तरीय समन्वय समितिमा नरहेका ऊर्जामन्त्री वर्षमान पुनसहित महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल फुर्सदिला छन् ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा. शिवमाया तुम्बाहाङ्फे र खानेपानी तथा सरसफाइमन्त्री बिना मगर पनि फुर्सदिलै छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव पनि फुर्सदमा नै छन् । विदेशमा कामदार पठाउन ठप्प छ भने स्वदेशभित्र उद्योगधन्दा चलेका छैनन् ।

१८ फागुनको मन्त्रिपरिषद् बैठकले पोखरेलको नेतृत्वमा गठन गरेको नौ सदस्यीय उच्चस्तरीय समन्वय समितिमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल, कृषि तथा पशुपंछी विकासमन्त्री घनश्याम भुषाल, स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडा सदस्य छन् ।

उपप्रधानमन्त्री पोखरेलसहित समितिमा रहेका स्वास्थ्यमन्त्री ढकाल, गृहमन्त्री थापा, परराष्ट्रमन्त्री ज्ञवाली, शिक्षामन्त्री पोखरेल, कृषिमन्त्री भुषाल, आपूर्तिमन्त्री भट्ट, पर्यटनमन्त्री भट्टराई र अर्थमन्त्री डा. खतिवडा उच्चस्तरीय समितिमा रहेका कारण अरू मन्त्रीभन्दा धेरै व्यस्त छन् । कोरोना नियन्त्रणसम्बन्धी कामको नेतृत्व गर्ने, देशभर समन्वय गर्ने, समस्याबारे संयोजक पोखरेललाई रिपोर्टिङ गर्नेलगायतका काममा उनीहरू बिहानदेखि नै व्यस्त हुन्छन् । प्रायः नियमित मन्त्रालय जाने गरेका उनीहरू निवासमा समेत अन्य मन्त्रीभन्दा व्यस्त देखिन्छन् ।

तर समितिमा नरहेका मन्त्रीहरुको कुनै काम नै छैन । कतिपय मन्त्री त लकडाउनपछि मन्त्रालयसमेत गएका छैनन् । मन्त्रीहरु नै फुर्सदिला भएको बेला तीन राज्यमन्त्री पनि फुर्सदमै छन् । स्वास्थ्य राज्यमन्त्री नवराज रावत भने दौडधूपमै हुन्छन् । सहरी विकास राज्यमन्त्री रामवीर मानन्धर ब्यस्त देखाउनका लागि काठमाडौंका जनतालाई लकडाउनमा केही समस्या परे सम्पर्क गर्नका लागि आह्वान गरेको समाचार मिडियामा लेखाउनै ब्यस्त छन् । उद्योग मन्त्री लेखराज भट्ट समितिमा रहेकाले अति ब्यस्त देखिन्छन्, तर राज्यमन्त्री ब्यापारी मोतिलाल दुगड पनि फुर्सदमै छन् । उनी कतै पनि देखिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सीमामा भारतले एकलौटी बाँध निर्माण गर्यो

  नेपालको सुदुरपश्चिम प्रदेशको पश्चिमी सीमा तर्फको बिवाद उत्कर्षमा रहेका बेला रौतहटको सीमावती

क्वारेन्टाइन बन्द हुँने अवस्थामा

  रौतहट जिल्लाको मौलापुर नगरपालिकालाई बदनाम गराउने उद्देश्यले हुँदै नभएका विषयवस्तु देखाएर सामाजिक

बाँकेको नरैनापुरमा सेना परिचालन

  बाँकेको नरैनापुरमा निधेषाज्ञा जारी गर्दै नेपाली सेना परिचालन गरिएको छ।  संक्रमित व्यक्तिलाई

शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने : ईद पर्व सबै नेपालीको मौलिक पुँजी

  प्रधानमन्त्री केपी शर्मा ओलीले ईद पर्वलाई सम्पूर्ण नेपालीको मौलिक पुँजी भनेका छन्