फ्रान्सबाट आएकी एक जना कोरोना संक्रमित, काठमाडौंमा उपचार हुदै



 

नेपालमा कोरोना भाइरस (कोभिड १९) का संक्रमित विरामी भेटिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार आकस्मिक पत्रकार सम्मेलन गरी कोरोना संक्रमित व्यक्ति भेटिएको जानकारी दिएका हुन् ।

१९ वर्षकी उनको टेकस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतलमा उपचार भइरहेको छ । फ्रान्सबाट कतारको दोहा हुँदै चैत ४ गते नेपाल आएकी थिइन् । त्यसबेला उनमा कोरोनाको कुनै लक्षण देखिएको थिएन र होम क्वारेन्टाइनमा बसेका थिए ।

तर आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको छ । अब उनीसँगै आएका र परिवारका सदस्यहरुको पहिचान गरी आइलेसनमा राख्ने र परीक्षण गर्ने तयारी भइरहेको छ । स्वास्थ्यमन्त्री ढकालले धर्य नगुमाउने र सावधानी अपनाएर विस्तारित हुन नदिन सबैलाई अपील गरेका छन् ।

यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सबै अन्तर्राष्ट्रिय नाका बन्द गराएको छ भने अन्तर्राष्ट्रिय उडानसमेत बन्द गरेको छ । आजैबाट लामो दुरीका सार्वजनिक यातायातमा पनि रोक लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस
संघीयता खारेजी माग राख्दै जनमोर्चाले संविधान संशोधन प्रस्ताव दर्ता गर्ने

  राष्ट्रिय जनमोर्चा पार्टीले संघीयता खारेजीको माग गर्दै संविधान संशोधनको प्रस्ताव दर्ता प्रक्रिया

नेपालमा थप २८८ जनामा कोरोना, संक्रमिको संख्या दुई हजार ९९ पुग्यो

  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को

९ जना जुवाडेलाई प्रहरीले थुन्न मानेन

  महानगरीय प्रहरी वृत्त, दरबारमार्गले चलाएको अपरेसनमा पक्राउ परेका ९ जना व्यक्तिलाई प्रहरीले

पसल खोल्न पाउनुपर्ने माग गर्दै व्यवसायी आन्दोलनमा

  लकडाउनका कारण व्यापार चौपट भएको भन्दै जोरपाटीका व्यवसायीले मंगलबार प्रदर्शन गरेका छन्