‘दुई वर्षमै गाँजाले नेपालीलाई करोडपति बनाउन सक्छ’



 

शेरबहादुर तामाङले गत फागुन १९ गते ‘गाँजाखेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक२०७६’ दर्ता गराए।

संघीय संसद् सुरु भएपछि पहिलोपटक गैरसरकारी विधेयकका रूपमा दर्ता भएको उक्त विधेयक पछि गाँजाखेतीका बारेमा विभिन्न टीका-टिप्पणी भएका छन्। हालसम्म लागुऔषधको रूपमा प्रतिबन्धित गाँजालाई पूर्वकानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसमेत रहेका सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदसमेत रहेका तामाङले विधेयक दर्ता गराएपछि पक्ष-विपक्षमा टीकाटिप्पणी भइरहेका छन्।

गाँजा लागुऔषध होइन। विश्व स्वास्थ्य सङ्‌गठनले गाँजा लागुऔषध होइन, यसलाई लागुऔषधीको सूचीबाट फुकुवा गराउनुपर्छ भनेर संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको छ। लामो अनुसन्धान गरेपछि गाँजालाई औषधीजन्य वनस्पति भन्ने प्रमाणित गरेर राष्ट्रसंघलाई आग्रह गरेको अवस्था छ। त्यसपछि राष्ट्रसंघ सदस्य राष्ट्रहरू बीचमा लागुऔषध हो कि होइन भनेर सल्लाह र छलफलका क्रममा लागेका छन्।

यद्यपि, गाँजा कडा खालको लागुऔषध भनी विश्वभर अन्तर्राष्ट्रिय कानुनमार्फत् प्रतिबन्धित भयो, तर अहिले त्यो कानुन उल्लङ्घन गरेर ४० भन्दा बढी मुलुकले आफ्नो घरेलु कानुन बनाएर गाँजा फुकुवा गरेका छन्। कतिसम्म भने जि-सेभनमा संलग्न क्यानडाजस्तो मुलुकले औषधीका रूपमा मात्र होइन, मनोरञ्जनका रूपमा पनि खुला गरिदिएको छ। अमेरिकाका ३५ वटा राज्यले गाँजा खुला गरेका छन्। तीमध्ये अमेरिकाको राजधानी वासिङ्टन डिसीसहित १२ वटा राज्यले त मनोरञ्जनका लागिसमेत भनेर खुला गरिदिएका छन्।

यी उदाहरणले पनि गाँजा लागुऔषध होइन भनेर प्रमाणित भएको छ। बीचमा अन्तर्राष्ट्रिय कानुनका कारण हामीले यसलाई लागुऔषध मानेका हौं।

तपाईंले औषधीय तत्त्वका लागि गाँजा फुकुवा गर्नुपर्छ भन्नुभयो, के छन् त्यस्ता?

अनुसन्धानले के देखाएको छ भने गाँजाले कम्तीमा ६ सय रोगको उपचारमा सहयोगी देखिएको छ। गाँजामा औषधीजन्य तत्त्वका अनेक काममध्ये टिएचसी र सिभीसी भन्नेलाई मुख्य आधारमा मानिएको छ। गाँजा कति धेरै गुणस्तर छ भन्नेमा टिएचसीको मापनलाई आधार मानिन्छ। जस्तो कि, जति धेरै टिएचसी हुन्छ, त्यो अत्यधिक गुणयुक्त र मूल्यवान गाँजा मानिन्छ।

गाँजाले मुख्य उपचार के गर्ने रहेछ?

मूलतः गाँजा क्यान्सरको उपचारमा बढी उपयोगी देखिएको छ। लास्ट स्टेजमा पुगेका क्यान्सरका बिरामी, जो केमोथेरापी उपचारमा संलग्न हुन्छन्, उनीहरूको हकमा बढी काम लाग्ने देखाएको छ। सिभीडीबाट धेरै औषधी बनाइरहेका हुन्छन्, छारेरोगका लागि यो महत्वपूर्ण मानिएको छ। अपरेसनमा प्रयोग हुने लठ्याउने औषधीका रुपमा गाँजालाई प्रयोग गर्न थालिएको छ। याद गर्नुपर्ने महत्वपूर्ण के हो भने गाँजाबाट बनेका औषधीले कुनै पनि ‘साइड-इफेक्ट’ गर्दैन, जबकि अरुले गरिरहेका हुन्छन्।

गाँजाजस्तो लागुऔषधलाई फुकुवा गर्नुपर्ने माग राख्दै विधेयक दर्ता गराउनुभएको छ, लागुऔषधलाई खुला गराउन मिल्छ र?

गाँजा लागुऔषध होइन। विश्व स्वास्थ्य सङ्‌गठनले गाँजा लागुऔषध होइन, यसलाई लागुऔषधीको सूचीबाट फुकुवा गराउनुपर्छ भनेर संयुक्त राष्ट्रसंघलाई जानकारी गराएको छ। लामो अनुसन्धान गरेपछि गाँजालाई औषधीजन्य वनस्पति भन्ने प्रमाणित गरेर राष्ट्रसंघलाई आग्रह गरेको अवस्था छ। त्यसपछि राष्ट्रसंघ सदस्य राष्ट्रहरू बीचमा लागुऔषध हो कि होइन भनेर सल्लाह र छलफलका क्रममा लागेका छन्।

यद्यपि, गाँजा कडा खालको लागुऔषध भनी विश्वभर अन्तर्राष्ट्रिय कानुनमार्फत् प्रतिबन्धित भयो, तर अहिले त्यो कानुन उल्लङ्घन गरेर ४० भन्दा बढी मुलुकले आफ्नो घरेलु कानुन बनाएर गाँजा फुकुवा गरेका छन्। कतिसम्म भने जि-सेभनमा संलग्न क्यानडाजस्तो मुलुकले औषधीका रूपमा मात्र होइन, मनोरञ्जनका रूपमा पनि खुला गरिदिएको छ। अमेरिकाका ३५ वटा राज्यले गाँजा खुला गरेका छन्। तीमध्ये अमेरिकाको राजधानी वासिङ्टन डिसीसहित १२ वटा राज्यले त मनोरञ्जनका लागिसमेत भनेर खुला गरिदिएका छन्।

यी उदाहरणले पनि गाँजा लागुऔषध होइन भनेर प्रमाणित भएको छ। बीचमा अन्तर्राष्ट्रिय कानुनका कारण हामीले यसलाई लागुऔषध मानेका हौं।

तपाईंले औषधीय तत्त्वका लागि गाँजा फुकुवा गर्नुपर्छ भन्नुभयो, के छन् त्यस्ता?

अनुसन्धानले के देखाएको छ भने गाँजाले कम्तीमा ६ सय रोगको उपचारमा सहयोगी देखिएको छ। गाँजामा औषधीजन्य तत्त्वका अनेक काममध्ये टिएचसी र सिभीसी भन्नेलाई मुख्य आधारमा मानिएको छ। गाँजा कति धेरै गुणस्तर छ भन्नेमा टिएचसीको मापनलाई आधार मानिन्छ। जस्तो कि, जति धेरै टिएचसी हुन्छ, त्यो अत्यधिक गुणयुक्त र मूल्यवान गाँजा मानिन्छ।

गाँजाले मुख्य उपचार के गर्ने रहेछ?

मूलतः गाँजा क्यान्सरको उपचारमा बढी उपयोगी देखिएको छ। लास्ट स्टेजमा पुगेका क्यान्सरका बिरामी, जो केमोथेरापी उपचारमा संलग्न हुन्छन्, उनीहरूको हकमा बढी काम लाग्ने देखाएको छ। सिभीडीबाट धेरै औषधी बनाइरहेका हुन्छन्, छारेरोगका लागि यो महत्वपूर्ण मानिएको छ। अपरेसनमा प्रयोग हुने लठ्याउने औषधीका रुपमा गाँजालाई प्रयोग गर्न थालिएको छ। याद गर्नुपर्ने महत्वपूर्ण के हो भने गाँजाबाट बनेका औषधीले कुनै पनि ‘साइड-इफेक्ट’ गर्दैन, जबकि अरुले गरिरहेका हुन्छन्।

औषधीजन्य गुण भएकाले जि-सेभनजस्ता राष्ट्रले पनि गाँजाबाट औषधी निर्माण गरिरहेका छन्, क्रमशः बजारमा आउनसमेत थालेका छन्। त्यसैले निकट भविष्यमा संयुक्त राष्ट्रसंघले पनि गाँजालाई लागुऔषधको सूचीबाट हटाएर औषधीजन्य सूचीमा सूचीकृत गर्दैछ। मलाई लाग्छ-अब आउने डिसेम्बरमा बस्ने राष्ट्रसंघीय सभाले यसलाई फुकुवा गर्नेछ।

भनेपछि संयुक्त राष्ट्रसंघ पनि गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्न बाध्यकारी हुँदैछ?

अन्तर्राष्ट्रिय कानुनलाई उल्लङ्घन गरेर अहिले नै ४० भन्दा बढी मुलुकले आन्तरिक कानुनमार्फत् गाँजालाई औषधीजन्य र मनोरञ्जनको क्षेत्रमा खुला गरिसकेका छन्। जस्तो कि, थाइल्यान्डमा कानुनअनुसार ६ वटा गाँजाको बोट रोप्न नै दिइएको छ।

भनेपछि तपाईंले व्यापक अनुसन्धान गरेर विधेयक दर्ता गराउनुभएको हो ?

यस विधेयक दर्ता गराउनुअघि विज्ञहरूसँग छलफल गरिएको छ। प्रतिष्ठित चिकित्सक, अन्तर्राष्ट्रिय कानुनका ज्ञाता र सरोकारवाला सबै पक्षसँग व्यापक छलफल गरेर मात्रै यो विधेयक तयार गरिएको हो। तर, विधेयक दर्ता गराउँदा जथाभावी गजेँडी भएर गाँजा खानेलाई प्राथमिकता दिएका छैनौं, मूलतः औषधीजन्य प्रयोगका लागि गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्नुपर्छ भनेका हौं।

कतिसम्म लाग्यो ?

लामो समयदेखि गाँजाबारे भएका अनुसन्धान, औषधीजन्य रूपमा प्राप्त भएका उपलब्धि, अन्तर्राष्ट्रिय कानुन, गाँजा फुकुवा गर्ने ४० देशका आन्तरिक कानुन तथा नेपालको लागुऔषध ओसारप्रसार प्रतिबन्धसम्बन्धी कानुन मात्रै हेरनौं, यसवाट हुनसक्ने आर्थिक फाइदालाई समेत पनि मिहिन ढङ्‌गले अध्ययन गरेर पटक-पटक व्यापक र विस्तृत छलफल गरेका थियौं। त्यसबाट हामी निष्कर्षमा के पुग्यौं भने गाँजा लागुपदार्थ होइन।

आर्थिक पक्षमा हुने फाइदा चाहिँ के-कस्तो रहेछ?

गाँजा उत्पादन गरेर बिक्री गर्ने मात्रै होइन, यहाँ उत्पादन गरेर अन्तर्राष्ट्रिय बजारमा पाइने मूल्य अरुभन्दा बढी छ। उत्पादन चाँडो हुने, लागत सस्तो हुने तर, नाफा धेरै हुनेमा गाँजाखेती नै देखियो। अझ सम्झिनुपर्ने कुरा त के हो भने गाँजा त जनताको तहबाट नै गर्न सकिने एक मात्र खेती पनि हो।

अरु कुनै माध्यमबाट गरिब जनतासम्म पैसा कसरी पुर्‌याउने, आम्दानी कसरी बढाउने ? भन्नेमा पनि गाँजा सबैभन्दा उत्तम माध्यम देखियो, अन्य कुनै माध्यमबाट त्यसरी गरिब जनतामा पैसा पुग्दैन, जसरी गाँजाले पुर्‌याउँछ। जस्तो कि, बिजुली बेचेर राष्ट्रधनी हुन्छ, तर जनता धनी हुन लामो समय लाग्छ।

जनतालाई भनूँला पनि तरकारीखेती गर, खाद्यान्न उत्पादन गर, अनुदान दिन्छौं भनेर भनौंला, भन्यौ पनि वर्षौदेखि तर परिणाम खै त? भन्दा छैन। बरु, खेतबारी बाँझो राखेर लाखौंको संख्यामा आमजनता ४० डिग्री सेन्टिग्रेडमा काम गर्न अरब र खाडीतिर लागे। यसले हाम्रो नीति असफल छ है भनेर स्वतः पुष्टि गरिदिएको छ।

तर, गाँजाले व्यक्तिगत तहमै एकै सिजनमा हजार रुपैयाँमा होइन्, लाखौं रुपैयाँको आम्दानी बढाउने भएकाले सबैभन्दा पहिले त व्यक्ति धनी हुन सुरु गर्छ, यसका लागि अन्तर्राष्ट्रिय बजार पनि भएकाले बिक्रीवितरण गराउन मुस्किल पनि हुने छैन। तर, अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धात्मक हुँदैछ।

हामीले यो पनि पत्ता लगायौं कि नेपाली गाँजाको विश्वमा उत्कृष्ट गाँजामध्ये पर्दोरहेछ, जस्तो कि नेपालका गाँजाको दाना लगेर अन्य देशमा उत्पादन भएको पनि रहेछ। नेपालको गाँजामा ‘क्वालिटी’ भएकाले अन्य अमेरिका, क्यानडा, इजरायललगायतका देशले नेपालको गाँजा भनेर पनि अनुसन्धान र बिक्रीसमेत गरेको प्रशस्त उदाहरण अनुसन्धानको क्रममा फेला परेको छ।

नेपाली गाँजा चाहिँ किन उत्कृष्ट रहेछ ?

मुख्यतः नेपालको गाँजा गुणस्तरीय हुनुमा यहाँका हावापानी नै प्रमुख आधार हो। यहाँको हावापानी, ‘सन लाइट’ पर्ने ‘अस्टाइल’, भौगोलिक विविधताका कारण हावापानीमा फरक मात्रै होइन, ठाउँपिच्छे गाँजामा पनि गुणस्तर फरक हुने भएकाले नेपालको गाँजालाई विश्वमै नम्बर १ मा राखिँदो रहेछ, जो हामी स्वयंलाई थाहा थिएन। जब नेपालको गाँजा अन्तर्राष्ट्रिय बजारमा नम्बर वान मानिन्छ भने अन्तर्राष्ट्रिय बजारमा छिटोभन्दा छिटो प्रवेश गर्न सकेनौं भने हामी पछि पर्न सक्छौं, त्यसैले यसमा हतारो हुनु उत्तिकै जरुरी छ।

जबकि, नेपालको गाँजाको बियाँ लगेर अन्यत्र उत्पादन सुरु गर्न अनुसन्धान थालिसकेपछि त त्यसैले बजार खान सक्छ, तर, पनि नेपालको जस्तो प्रकृति अन्यत्र नपाइने भएकाले हामीलाई अवसर भने धेरै छ।

गाँजा चाहिँ कस्तो ठाउँमा उत्पादन गरिएकोलाई गुणस्तरीय मानिँदो रहेछ?

नेपालका गाँजा सबै ठाउँका गुणस्तरीय नै छन्, तर पनि तुलनात्मक रूपमा १५ सय मिटरदेखि २४ सयसम्म उचाइमा उत्पादन हुने गाँजा गुणस्तरीय मानिन्छन्। अझ हिमालमा उत्पादन हुने ‘पर्पल हेज’ भन्ने प्रजातिको गाँजा विश्वको उत्कृष्ट गाँजामा पर्छ, यसको अन्तर्राष्ट्रिय मूल्य अहिलेसम्मकै बढी छ। तर, त्यसको ‘ओरिजन’ भनेको चाहिँ हाम्रो मुस्ताङ हो भनिएको छ। त्यसको बियाँ लगेर अरुले उत्पादन गरिरहेका छन्। तराई, पहाड, हिमाल सबै ठाउँमा यसकोे उत्पादन हुन्छ।

स्वास्थ्यलाई नकारात्मक असर पनि पर्ला नि ?

विश्व स्वास्थ्य सङ्‌गठनले नै गाँजालाई औषधि मानिसकेको छ। कतिपय ठाउँमा मनोरञ्जनका लागि प्रयोग भएका छन्। साँच्चै भन्नुपर्दा, गाँजा खाएर कोही पनि मानिस मरेका छैनन्।

गाँजा खाएर यो रोग लाग्यो भन्ने पनि रहेनछ, अरु थोक खाएर रोग लागेको छ। अब गाँजा, चरेश, गजेँडी भनेर अपमान गर्नेभन्दा यसबाट आर्थिक आम्दानी बढछ भनेर सकारात्मक सोच राख्नुपर्छ, र, अन्तर्राष्ट्रिय बजारमा पुर्‌याउनुपर्छ।

अरु के-के फाइदा हुने रै’छ त?

पहिलो त यसले औषधीजन्य काम गरेको छ नै, दोस्रो यसले व्यक्तिगत तहमा नै आर्थिकस्तर बढाउन मद्दत गर्ने नै भयो, त्यसमाथि यसका ‘साइड प्रोडक्ट’हरू पनि उत्तिकै मूल्यवान देखिएका छन्। मुख्यतः गुरुङ र मगर समुदायले लगाउने भाङग्रा, खदडहरू सबै गाँजाका रेसाबाट बनाइएका हुन्, जुन बेला कपासको जमाना आइसकेको थिएन। विश्व तथ्यहरुले पनि के देखाउँछ भने अहिलेसम्मको सबैभन्दा महँगो कपडा केको हुन्छ भन्दा गाँजाको रेसाबाट बनेका कपडा नै महँगो हुने रै’छ, जस्तो कि, एउटा कोट १ हजार युएस डलरसम्ममा बिक्री हुने रै’छ।

भनेपछि कपडा उत्पादन गरेर धनी बन्न सकिने रहेछ?

अवश्य, एउटा किसानलाई पाँच रोपनी जग्गामा गाँजा खेती गर्न दियौं भने कम्तीमा १०-१५ वटा कोट बन्ने रेसा तयार हुन्छन्, ती रेशालाई धागो बनाउने कला सिकाइदियौं र, बजारमा बिक्रीको वातावरण बनायौं भने पनि उसले वर्षमै १०-१५ लाखदेखि करोडसम्म कमाउन सक्छ।

कृषकलाई अनुदान नै दिनपर्‌यो भने तानमा दिए पुग्छ, अरुमा दिनु पर्दैन। ‘होम मेड’, अर्गानिक भएकाले मात्रै होइन, गाँजाको कपडाले छालाको रोग पनि लाग्न नदिने भएकाले एउटा कोटको अन्तर्राष्ट्रिय बजारमा मूल्य मात्रै १ लाखभन्दा बढी छ। नेपालका ८० हजार घरधुरीमध्ये ५० हजार घरधुरीले मात्रै १०-१० पिस कोट तयार गर्‌यो भने कम्तीमा ७-८ लाख त कमाइ हुन्छ।

५० हजार घरधुरीले १०-१० पिस मात्रै उत्पादन गर्‌यो भने ५ करोड कोट उत्पादन हुन्छ, जो अन्तर्राष्ट्रिय बजारमा जति पनि खपत हुन्छ। धेरै जनसंख्या भएका देशसँग खरिद-बिक्री सम्झौता गर्‌यो भने पनि झनै राम्रो भयो। यसरी उत्पादन गरेर पाएको मूल्यको २५ प्रतिशत मात्रै राज्यले लियो भने ७५ प्रतिशत किसानसँग रह्यो भने पनि दुवैको आर्थिक स्थिति उन्नत हुन्छ। गाँजा उत्पादनले मात्रै अहिलेको राज्यकोषको बजेटमे धेरै फरक पारिदिन्छ।

अरु के-के ‘साइड प्रोडक्ट’ हुने रहेछ ?

यसको सबैभन्दा बढी मूल्य तेलले दिने रहेछ। औषधीजन्य गुण भएकाले क्यान्सर र छारे रोगमा मात्रै होइन, मर्केको, हाडजोर्नी दुखेको, बाथ भएकाजस्ता सयौं रोगको उपचार पनि गर्ने भएकाले गाँजाको तेलको महत्व र मूल्य बढी रहेको पायौं।

यसको दानामा ‘ओमेगा थ्री’ अत्यन्त बढी हुने रहेछ, जो शरीरलाई नभई नहुने तत्त्व हो। पहिला माछाको तेलमा पाइन्छ भनिन्थ्यो, त्योभन्दा कयौं गुणा बढी गाँजाको तेलमा पाइएको छ। यसको डाँठ स्टिलभन्दा कडा हुन्छ। गाँजा हेर्दा जति लचक छ, त्यति नै कडा पनि छ।

कानुनले प्रतिबन्ध लगाएपछि त भन्नै पर्‌यो नि?

पहिला कानुनअनुसार गाँजा प्रतिबन्धित भएकाले लागुऔषध भनिएको हो, अनि हामीले गजेडी भनेका हौं। तर, जुन विधेयक हामीले लगेका छौं, त्यसमा गाँजा खानका लागि खुला गर्नुपर्छ भनेका छैनौं। मात्र, उत्पादन गर्नका लागि खुला गरौं भनेका हौं, कतिपय देशले औषधीका लागि पनि लैजान्छन्, कतिपय देशले मनोरञ्जनका लागि पनि लैजान्छन्, बजारको समस्या छैन भनेका हौं।

पैसाका लागि गाँजा मात्रै खेती गरेर बस्ने अवस्था आयो भने?

त्यस्तो होइन, खानेकुरामा पनि कस्तो मान्छेले खान्छन् भने क्यान्सरजस्ता बिरामी भएका र डाक्टरको प्रेस्क्रिप्सनका आधारमा मात्रै खान दिनुपर्छ। २१ वर्षभन्दा कम उमेरका लागि दिन रोक लगाउनुपर्छ भनेका छौं र, दिनभरि गाँजा खाएर/उडाएर बस्नेलाई नियमन र नियन्त्रण गर्नुपर्छ भनेका छौं।

फेरि, एउटा धनी मानिसले लिजमा जग्गा लिएर गाँजाखेती गर्ने कुरालाई रोक लगाएका छौं, यो प्रत्येक नेपालीले आफ्नो घरमा गर्ने खेती हो। उत्पादन गर्न पनि जग्गाको प्रतिशत तोकेर दिनुपर्छ भनेका छौं, जस्तो कि कसैसँग २० रोपनी खेत छ, उसलाई ५ रोपनीमा मात्रै गाँजा खेती गर्न देऊ भनेका छौं।

भनेपछि जम्मै जग्गामा नदिने?

अहँ नदिने, कूल जग्गाको २५ प्रतिशत मात्रै गाँजाखेती गर्न दिने भन्ने छ। जस्तो कि, २० रोपनीमध्ये ५ रोपनीमा मात्रै खेती गर्न पायो भने उसले २०-२५ लाख कमाउन कतै जानुपर्दैन, घरमै बसिबसी कमाउँछ। त्यसमाथि बाँकी १५ रोपनी खेत पनि बाँझो हुँदैन गाँजाको आम्दानी राख्न पनि बाँकी १५ मा धान मकै गहुँ वा अन्य बाली लगाउँछ। यसले सस्तो श्रम शक्तिमा वैदेशिक रोजगारीमा जाने क्रम पनि घटाउँछ।

न खेतबारी बाँझो र न घरबार छाडेर विदेश जानुपर्ने अवस्था गाँजाले नै ल्याउँछ भन्ने हो?

हिजो २० रोपनी जग्गामा पूरै खेती गर्दा पनि आम्दानी नभएपछि वैदेशिक रोजगारीमा जानुपरेको हो। खेती गरेको छ, तर, आम्दानी नभए पछि के गर्ने त? भन्दा खाडी र अरब जाने। जब उसले घरमा नै बसी-बसी २०-२५ लाख कमाउँछ भने उ किन विदेशमा जान्छ? कार चढेर गाउँमै बस्छ नि, यो त सहज र छिटो रुपमा आम्दानी र धनी हुने बाटो हो।

अहिले कैयौं एकड जमिन बाँझो छ, गाँजाले जमिन बाँझो राख्न दिँदैन, त्यसले कृषि उत्पादन पनि बढाएर समग्र अर्थतन्त्रमा पनि सहयोग पुर्‌याउँछ। अहिलेजस्तो खाद्यान्न नै आयात गर्नुपर्ने अवस्थाबाट मुलुकले मुक्ति पनि पाउँछ।

भनेपछि गाउँ रित्तो हुने अवस्थाबाट मुक्ति मिल्छ?

अरु त म केही भन्दिनँ, एक एकड जमिनमा उत्पादन गरिएको गाँजाबाट २५-४० लाखसम्म कमाउनसक्छ भने किन विदेश जान्छ? वैदेशिक रोजगारीले निम्त्याएको बेथिति पनि नियन्त्रणमा आउँछ। सबैजना आआफ्ना परिवारसँग हाँसिखुसी पनि बस्न पाउँछन्, परिवारसँग छुट्टिएर बस्नुपर्ने अवस्था पनि आउन्नँ।

गाँजाको वकालत गर्नेले आफ्ना सन्तानलाई गँजेडी बनाएर देखाउन पनि भन्छन् नि ?

यो वाहियात कुरा हो। गाँजा खानालाई खोल्नुपर्छ भनेर विधेयकमा भनिएको छैन। घर छाडेर परिवार टुटेका छन्, आमाबाबुको हेरचाह गर्ने अवस्था छैन, गाउँहरू रितिँदै गएकाले मलामी पाउने अवस्था छैन, यो स्थितिबाट नेपाली समाज गुज्रेको छ। तर, गाँजाका बारेमा गरिएको अनुसन्धानको एउटै निष्कर्ष के हो भने सबै नेपालीलाई धनी बनाउने हो, सबै नेपाली धनी भएपछि मुलुक पनि स्वतः धनी भइहाल्यो।

प्रतिक्रिया दिनुहोस
चीन बाट ल्याईएको अरवौंको सामान नाकामा रोकिँदा ब्यवसायी समस्यामा

  कोभिड १९ पछिको लकडाउनका कारण चीन बाट आएका अरवौं रुपैयाँको सामान तातोपानी

पार्टीमा कोही दलाल, कोही महान राष्ट्रवादी छैन : प्रचण्ड

  प्रचण्डले पार्टीमा कसैलाई दलाल र कसैलाई महान राष्ट्रवादी भन्दै जिन्दावाद र मूर्दावादको

नक्सा जारी गर्न मैले निर्देशन दिएको हुँ : कार्यकारी अध्यक्ष प्रचण्ड

  कार्यकारी अध्यक्ष प्रचण्डले लिम्पियाधुरा समेटिएको नक्सा जारी गर्न सरकारलाई आफूले नै निर्देशन

चितवनको सौराहामा बाढी पस्यो, होटल तथा रेष्टुरेन्ट डुबानमा

  पूर्वी चितवनको रत्नननगर नगरपालिकाको सौराहा क्षेत्र नजिकका होटल तथा रेष्टुरेन्टहरु डुबानमा परेका