मुख्यमन्त्री राउतको पद धरापमा, प्रदेश २ सरकार ढल्ने पक्का



 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बजारका हल्ला र कोठे बैठकका निर्णयले आफूलाई मुख्यमन्त्री पदबाट हटाउन नसक्ने बताएका छन् ।

मुख्यमन्त्री राउतले आफू पाँच वर्षका लागि मुख्यमन्त्रीमा निर्वाचित भएको बताए । उनले प्रदेश सभामा एक–दुई जनाले राजीनामा मागेर हल्ला गर्दैमा आफू डराएर नभाग्ने बताए ।

‘अहिले दुइटा दलको संयुक्त सरकार रहेकाले मुख्यमन्त्री हटाउनका लागि दुवै पार्टीको निर्णय आवस्यक पर्छ’, उनले भने, ‘कुनै एक पार्टीको मुख्यमन्त्री हटाउन राजपा र समाजवादी पार्टी दुबै सहमति चाहिन्छ । एक पार्टीका २–४ जना सांसदले भन्दैमा केही हुँदैन ।’

मुख्यमन्त्री राउतले आफ्नो राजीनामा माग्ने राजपाका प्रदेश सांसद मनीष सुमनलाई ‘उदेश्यहीन अबुज पागल’को संज्ञा दिएका छन् ।

‘मनीष सुमन राजपाको संसदीय दलको नेता होइन । उनको संसदीय दल र पार्टीको निर्णय आएको होइन’, मुख्यमन्त्री राउतले भने, ‘मधेशी जनताको चाहना विपरित यो सरकारको अपमान गर्न खोजिएको हो ।’

‘यस्ता अबुज र पागलको पछि लाग्ने मुख्यमन्त्री हैन म । आलोपालो सरकार हुँदैन’, उनले भने, ‘मन्त्री हटाउने पार्टीले निर्णय गरोस् । दुवै पार्टीले निर्णय गरुन् । २४ घण्टामा राजीनामा दिन्छु । म पाँच वर्षको मुख्य मन्त्री हुँ कसैले दायाँ बायाँ गर्न सक्दैन ।’

मुख्यमन्त्री राउतले संघीय सरकारको असहयोगका कारण प्रदेश सरकारले काम गर्न नसकेको गुनासो पनि गरेका छन् । ‘संघीय सरकारको निकम्मापनले गर्दा प्रदेश दुई संसदले गरेको निर्णय समेत सरकारले कार्यन्वयन गराउन सकेको छैन’, उनले भने, ‘कर्मचारी अभावका कारण गत वर्ष दिएको रकम समेत भुक्तानी दिन सकिएको छैन ।’

कर्मचारीकै कारण प्रदेश दुईको सरकारलाई धेरै समस्या आएको उनले बताए । ‘कसरी काम गर्नु । मुख्यमन्त्रीको कार्यलयमा अझै सचिव छैन । यसरी कसरी चल्छ सरकार’, उनले भने, ‘असहयोग भइरहेको छ । अहिलेसम्म उपसचिव पठाएको छैन् । यो ओली सरकार निकम्मा भयो ।’

‘मधेशलाई अपमानित गर्न गलत कर्मचारी पठाउने काम संघीय सरकारबाट भयो’, उनले भने, ‘चाहिएका कर्मचारी पनि आएनन् ।’ उनले खसवादी सोँचका कारण प्रदेश २ मा कर्मचारीहरू आउन नमानेको बताए । संघीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयश त्रिपाठी मधेशी भएकै कारण पहाडे कर्मचारीहरूले असहयोग गरेको मुख्यमन्त्री राउतले आरोप लगाए ।

उनले राजधानीको विषयमा चैत ४ गते हुने मतदानले राजपा र समाजवादीले प्रस्ताव गरेको मदेश प्रदेशनै पारित हुने बताए । ‘कांग्रेसले मिथिला र एमाले जानकी प्रदेशको प्रस्ताव गरेपनि मधेशका मुख्य दल हामी हौँ’, उनले भने, ‘दुईतिहाइ हामीसँग छ ।’

संघीयता मधेश आन्दोलनले दिएको उपलब्धी भएको र मधेशी जनताको माग पनि मधेश प्रदेश रहेको मुख्यमन्त्री राउतको भनाई छ । उनले कोरोना भाइरस नियान्त्रण गर्न संघीय सरकारको स्वास्थ्य मन्त्रालयसंग स्वमन्वय गरेर काम भइरहेको बताए ।

कर्मचारी र स्थानीय संघ सस्थासंग मिलेर काम गरिरहेको बताएका उनले भने, ‘सीमित साधन स्रोतका कारण काम गर्न समस्या भइरहेको छ ।’

प्रतिक्रिया दिनुहोस
कलैयामा युवाहरुको सहयोगी टिम : संयोजकमा मुकेश साह

  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण बिरुद्ध बिश्व समुदाय जुद्धिरहेको छ

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

  कोरोनाभाइरस (कोभिड–१९)को उपचारमा अत्यवश्यक पर्ने मेडिकल सामग्री खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्य

पूर्वराजाले कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

  पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना भाइरस संक्रमण, रोकथाम,

अस्ट्रेलियामा यस्तो छ नेपाली विद्यार्थीको अवस्था

  करिब ६२ हजार नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियामा कोरोना भाइरसका कारण लकडाउन भएपछि