यस्तो छ जनकपुर – जयनगर चल्ने नेपाली रेल



 

कुर्था-जनकपुर-जयनगर रुटमा चल्ने रेल चैत १८ गते नेपाललाई हस्तान्तरण हुने भएको छ । नेपालमा सञ्चालन गर्न २ वटा रेल अहिले भारतको मद्रासमा निर्माणाधीन छन् । रेल विभागमा माहानिर्देशक बलराम मिश्रले चैतको १८ गते भारतीय रेल निर्माता कम्पनीले रेल नेपाललाई हस्तान्तरण गर्ने तय भएको बताए ।

रेल विभागले ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोकन रेल्वे कर्पोरेसनसँग रेल किन्ने सम्झौता गरेको थियो । पाँच वटा डिब्बासहितका यी रेलमा एकैपटक १२ सय यात्रुले यात्रा गर्न सक्छन् ।

यसअघि नेपालमा कोइलाबाट चल्ने रेल चल्थ्यो । अब भने डिजेल इलेक्टि्रफाइड मल्टिपल युनिट प्रविधिको रेल चलाउन लागिएको हो । यो रेल डिजेलबाट निस्किने बिजुलीबाट चल्छ ।

विभागका महानिर्देशक मिश्र रेल नेपाल ल्याएको केही महिनापछि सञ्चालनमा ल्याउन सकिने बताउँछन् । रेल कहिलेबाट चल्न सुरु गर्छ भन्ने तय नभएको उनले बताए ।

मर्मत हुँदै लिक

सरकारले गत वर्षको पुसबाट नै रेल चलाउने घोषणा गरेको थियो । अब भने सरकारले आगामी असार अगावै जसरी पनि रेल चलाउने योजना बनाएको छ ।

अहिले जनकपुर-जयनगर रेलमार्गको लिक पनि पूर्ण रुपमा चुस्त अवस्थामा छैन । बितेको वर्ष कमला नदीको बाँध फुटेर रेलमार्गमा ठूलो क्षति पुगेको थियो । रेलमार्ग मर्मतका लागि भारतीय पक्षले काम गरिरहेको छ ।

कुर्ता-जनकपुर-जयनगर रेलमार्गको पुरानो न्यारो गेजलाई हटाएर ब्रोड गेजका रुपमा विस्तार गरिएको छ । भारतीय निर्माण कम्पनीमार्फत नै यो काम भएको हो । सन् २०१४ बाट यसको सुरुवात भएको थियो । यसै कारण जनकपुर-जयनगर रेल सेवा विगत ५ वर्षदेखि बन्द अवस्थामा छ ।

ब्रोड गेज विस्तारको लागि सिभिलतर्फका सबै काम गत वर्ष नै सकिएको थियो । स्टेसनहरु बनेका छन् । ३५ किलोमिटरको रेलमार्गमा सानो आकारको रेलको लिक हटाएर ठूलो आकारको बनाइएको छ । भारतीय कम्पनीले नयाँ कार्यालय भवन, भन्सार कार्यालय, कर्मचारीको आवास गृहहरु पनि बनाएको  छ ।

 

रेल्वे कम्पनीलाई जिम्मा

सरकारले रेल सेवा सञ्चालनका लागि सरकारी स्वामित्वको नेपाल रेल्वे कम्पनीलाई जिम्मा दिएको छ । हाल निष्त्रिय रहेको रेल्वे कम्पनीलाई जनशक्ति थपेर रेल चलाउने सरकारको तयारी हो । यसका लागि करिब २ सय कर्मचारी भर्ति गरिँदैछ ।

यसअघि पनि जनकपुर-जयनगर रेल नेपाल रेल्वे कम्पनीले नै चलाउँथ्यो । नेपालमा सन् १९७२ मा नेपाल रेल्वे कम्पनी स्थापना भएको थियो । सन् २०१४ देखि यो कम्पनी सक्रिय छैन ।

विभागले पहिलो चरणमा २६ जना कर्मचारी मागेर सूचना निकालिसकेको छ । महानिर्देशक मिश्रले दोस्रो चरण्मा पनि थप कर्मचारीका लागि सूचना निकल्न तयारी भइरहेको बताए ।

नेपालीसँग रेल चलाउने खासै अनुभव नभएकाले प्राविधिक जनशक्ति भारतबाट ल्याउन मन्त्रिपरिषद बैठकले स्वीकृति दिइसकेको छ । ब्रोडगेज रेल चलाउन नेपालमा अनुभवी जनशक्ति नभएकाले केही वर्षका लागि भारतीय कामदार ल्याउयन लागिएको हो ।

 

विभागले अप्राविधिक कर्मचारी नेपालमै भर्ती गर्दैछ ।

हाल करिब १५ जना मात्रै कर्मचारी रहेको कम्पनीमा अहिले रेल्वे इन्जिनियरसहित मेकानिकल इन्जिनियर, रेल चलाउने ड्राइभर, स्टेशन म्यानेजर, टिकट काट्ने, र जाँच्ने लगायतको कर्मचारीको दरबन्दी सिर्जना गरिएको छ ।

‘केही समय भारतबाट आउने जनशक्तिले हाम्रा जनशक्तिलाई प्रशिक्षित गर्छन्,’ विभागका महानिर्देशक मिश्र भन्छन्, ‘पछि हाम्रो मात्रै प्राविधिकहरु राखेर रेल चलाउन सक्छौं ।’

अहिले जनकपुरसम्म चल्ने रेल महोत्तरीको विजलपुरासम्म चलाउने योजना रेल्वे विभागको योजना छ । जयनगरबाट आउने रेललाई ४ वर्षभित्र बर्दिवासमा पूर्व-पश्चिम रेलमार्गसँग जोडेर निजगढसम्म ल्याउने घोषणा सरकारले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कलैयामा युवाहरुको सहयोगी टिम : संयोजकमा मुकेश साह

  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोराना भाइरसको संक्रमण बिरुद्ध बिश्व समुदाय जुद्धिरहेको छ

स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

  कोरोनाभाइरस (कोभिड–१९)को उपचारमा अत्यवश्यक पर्ने मेडिकल सामग्री खरिदमा अनियमितता गरेको आरोपमा स्वास्थ्य

पूर्वराजाले कोरोना राहत कोषमा दुई करोड सहयोगको घोषणा

  पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना संक्रमणविरुद्ध लड्न सरकारले बनाएको कोरोना भाइरस संक्रमण, रोकथाम,

अस्ट्रेलियामा यस्तो छ नेपाली विद्यार्थीको अवस्था

  करिब ६२ हजार नेपाली विद्यार्थी अध्ययनरत अस्ट्रेलियामा कोरोना भाइरसका कारण लकडाउन भएपछि