शेरधनपीडित युवतीमाथि खुमलटारमा हातपात



 

बालुवाटार र शीतल निवासबाट केही पार नलागेपछि ‘न्याय चाहियो’ भन्दै खुमलटार पुगेकी युवतीलाई ‘घिसारेर चोकमा पु¥याइयो र पिटपाट’ गरेर लखेटियो । उनले रुँदै व्यथा सुनाइन्, ‘मेरालागि लडिदिने कोही भएनन् घटना अस्ति सोमबार बिहानको हो ।

 

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईबाट उनी सञ्चारमन्त्री भएकै बेला कार्यकक्षमै यौन दुव्र्यवहारमा परेको दावी गर्ने बालिका खड्का खुमलटारस्थित प्रचण्ड निवासमा यस्तो दुव्र्यवहारमा परेको भन्छिन् । त्यसअघि भृकुटीमण्डपनेर राष्ट्रिय सभागृहको हलमा पाँच दिनसम्म जारी पार्टी केन्द्रीय कमिटी बैठकको पाँचै दिन उनी त्यहाँ धर्ना बसेकी थिइन्, दुबै अध्यक्षसँग एकैचोटि भेट्न पाउनुपर्ने माग गर्दै । तर, पाँचै दिन माग सुनुवाई भएन । त्यसपछि बैठक सकिएकै दिन, आइतबार दिउँसो गृह मन्त्रालय पुगिन् ।

 

मन्त्रीका प्रमुख सल्लाहकार सूर्यप्रकाश सुवेदी (पथिक) लाई भेटिन् । पथिकले ‘पार्टीको मामिला मन्त्रालयबाट सुल्झिँदैन, महासचिव विष्णु पौडेलसँग भेट्नु, भनी भैंसेपाटी पठाए । उनी सोमबार बिहानै भैंसेपाटी पुगिन् । महासचिवले ‘अध्यक्षलाई भन्नुस्, मलाई भनेर हुँदैन’ भनेपछि बालिकाले ‘बालुवाटारको अध्यक्ष भेट्न गयो, मेनगेटबाटै लखेट्छन् । खुमलटार गयो भने भेटै पाइँदैन’ भनिन् ।

 

त्यसपछि विष्णुले ‘खुमलटार जानुस् न त, आफ्नै अध्यक्ष हो, भेट भइहाल्छ नि †’ भन्दै पन्छाए । खुमलटार पुग्दा ‘तपाईं कति आउनु भएको यहाँ ? काम पाउनुभएन ? जानुस्, आफ्नो बाटो लाग्नुस्’ भन्दै प्रमुख स्वकीय सचिव जोखबहादुर महराले हकारे । तर, बालिका जान मानिनन् । ड्युटीमा रहेका महिला प्रहरीलाई बोलाएर ‘उहाँलाई यहाँबाट निकाल्नुस्’ भन्ने निर्देशन दिइयो । महिला प्रहरीले गेटबाहिरसम्म लगेको प्रचण्डको सचिवालयका सदस्यहरूले बताएका छन् । तर, बालिकाले जनआस्थालाई भनिन्, ‘मलाई चोकमा लगेर पिटे । यो काम जोखबहादुर महरा र गंगा दाहालले गरेका हुन् । अध्यक्षलाई शायद यो घटना थाहा छैन ।’

 

उनले तीन महिनाअघि प्रेस सल्लाहार विष्णुप्रसाद सापकोटा (जुगल) को सहयोगमा दुईचोटि अध्यक्षसँग भेट भएको सुनाइन् । भेट हुँदा शेरधनविरुद्ध उजुरी दिइन् । उक्त भेटमा प्रचण्डले भन्नुभएको थियो, ‘नआत्तिकन बस्नुस् । यो कुराको समाधान गरौँला । केपी कमरेडलाई म पनि भन्छु । उहाँ अलिक सञ्चो भएपछि तपाईंसँग मै भेट गराइदिन्छु । तपाईंले धाइरहनु पनि पर्दैन । यदि अन्याय भएको छ भने न्याय पाउनुपर्छ ।’ तर, उनले न अध्यक्ष केपी ओलीसँग भेट्न पाइन्, न उजुरीको अहिलेसम्म सुनुवाई नै भयो । केन्द्रीय कमिटी बैठकका दौरान पनि दुबै अध्यक्ष भेट्न नपाएपछि सोमबार खुमलटार पुगेकी हुन् । उनका अनुसार, उनी शेरधनबाट पीडित भएजस्तै प्रचण्डकी कान्छी छोरीले पनि पूर्वपतिबाट पीडित भएर अर्को घरजम गरेकी हुन् । उनैको योजनामा आफूमाथि भौतिक आक्रमणसम्म गराउने काम भयो । तर, यो कुरामा सत्यता नभएको प्रचण्डको सचिवालयले जनआस्थालाई बताएको छ ।

 

पार्टी बैठकको पहिलो दिन शेरधन त्यहाँ उपस्थित थिए । तर, बाहिर बालिकाको आवतजावत चल्न थाल्यो भन्ने सुनेपछि दोस्रो दिनदेखिको बैठकमा एकछिन–एकछिनमात्रै जाने र हिँडिहाल्ने गर्न थाले । पाँच दिन चलेको बैठकमा तीन दिनमात्रै बसे, चौथो दिन प्रदेशका मन्त्रीसहित विराटनगर फर्किए । केपी ओलीको अघिल्लो कार्यकालमा बालिका प्रमको सचिवालयमा उपस्वकीय सचिव थिइन् । सँगै युवा संघको केन्द्रीय सदस्य पनि ।

तर, अहिले यो मामिला चर्किएपछि सबै जिम्मेवारीबाट मुक्त गरिएकी छन् । ‘म पीडित हुँ । मलाई न्याय दिइनुपर्ने, उल्टै मैँमाथि एकपछि अर्को अन्याय थोपरिएको छ’, उनले जनआस्थासँग भनिन्, ‘मैले खोजेको केही होइन, न्याय मात्रै चाहियो । अर्को पक्षलाई सँगै राखेर कुरा गर्न पाउनुप¥यो । समाधान खोजौँ भनेकी हुँ । ममाथि भएको अन्यायलाई समझदारीमा मिलाउन चाहेकी छु । तर, मलाई बाटोबाटै धपाउने काम भइरहेको छ ।’

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द

  निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन्

यी हुन् भगवान राम जन्मभूमी अयोध्या नेपालमै रहेका प्रमाण

  प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मभूमी नेपालमै रहेको दाबी गर्दै भारतले

ओली र प्रचण्डबीच पुनः छलफल गर्ने सहमति

  साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा सत्तारुढ नेपाल

काठ व्यवसायी सांसद प्रेम आलेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  पूर्व काठ व्यवसायीले वैज्ञानिक वनमा भएको अनियमतिताबारेमा गरेको छानविन आफुहरुलाई मान्य नहुने