को सरकारमा जाने भन्ने विषयले राजपाभित्र मुक्का हानाहान, यी २ बन्ने भए मन्त्री



 

राजेन्द्र महतोले आफै मन्त्री बन्न खोजेपछि सरकारमा जाने विषयले राजपाभित्र मुक्का हानाहान भएको छ । अध्यक्ष मण्डलका संयोजक बनेका महेन्द्र राय यादवले पनि आफै मन्त्री बन्नुपर्ने आसा जगाएपछि यो बिषयले अझै चर्को रुप लिएको छ । अध्यक्ष मण्डलमा सदस्य शरदसिंह भण्डारीले संघीय सरकारमा आफै सहभागी हुनुपर्ने दाबी गर्दै आएका छन । झण्डै एक दर्जन नेताले मन्त्री बन्न दर्खास्थ हालेपछि राजपामा मुक्का हानाहानको अवस्था सृजना भएको छ ।

 

गत ६ गतेबाट राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका संयोजक बनेका महेन्द्र राय यादवले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जालमा नफस्ने र उपसभामुखमा पनि दाबी नगर्ने बताइरहँदा राजपाका अध्यक्ष मण्डलमा सदस्य शरदसिंह भण्डारीले संघीय सरकारमा सहभागी र उपसभामुखका विषयमा नेकपासँग सम्बाद अघि बढिरहेको बताएका छन् ।

राष्ट्रिय सभाको निर्वाचनमा नेकपा र राजपाबीच गठबन्धन भएदेखिनै संघीय सरकारमा राजपाको सहभागीता, २ नम्बर प्रदेशको प्रदेश सरकार परिवर्तन र उपसभामुख राजपालाई दिने चर्चा चल्दै आएको छ । यस विषयमा नेकपा र राजपाका केही नेताहरुबीच आन्तरिक छलफल अघि बढिरहेको बताइन्छ । तर, यो विषयले निकास पाउन भने सकेको छैन ।

राष्ट्रिय सभाको निर्वाचनको चुनावि गठबन्धन गर्दा नै राजपालाई संघीय सरकारमा सहभागि बनाउने र दुई नम्बर प्रदेशको सरकार परिवर्तन गर्ने दुई पार्टीबीच आन्तरिक सहमति भइसकेको पनि कतिपयको बुझाइ छ । यसले दुई नम्बर प्रदेश सरकारमा तरंग ल्याएको छ । पछिल्लो पटक संघीय सरकारमा राजपाको सहभागिताको विषयलाई लिएर आन्तरिक विवाद पनि बढेको छ ।
संयोजक यादवले सार्वजनिक रुपमै सरकारमा सहभागि हुने कुरा नकार्दै उपसभामुख पद पनि माग नगर्ने बताइरहँदा अर्का नेता भण्डारीले यादवको भनाइको खण्डन गर्दै उपसभामुख पदमा राजपाको दाबी रहेको बताएका छन् । त्यसतै संघीय सरकारमा सहभागिताको विषयमा पनि छलफल चलिरहेको उनले बताएका छन् । यस कुराले राजपा भित्र आन्तरिक बहस र विवाद तीव्र बनेको देखिन्छ । राजपा भित्र नेताहरु सरकारमा सहभागि हुने र नहुने दुई धारमा बाढिएका छन् ।

अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका बहुमत नेताहरु सरकारमा सहभागि हुन सकारात्मक देखिएका छन् भने यादव लगायतका केही नेताहरु यसको विपक्षमा उभिएका छन् । केही दिन अघि राजपा नेता सवेन्द्र नाथ शुक्ल लगायतका नेताहरुले यस सम्बन्धी असन्तुष्टि जनाउँदै नेतृत्वलाई लिखित रुपमै ध्यानाकर्षण पत्र बुझाएका थिए ।

राजपाले संघीय सरकारमा सामेल हुन संविधान संशोधनको मुद्दा, रेशम चौधरीको रिहाई,आफ्ना नेता कार्यकर्तामाथि लगाईएको झुठा मुद्दा खारेज हुनु पर्ने माग अघि सारेको छ । यि विषयमा सरकारले सकारात्मक सोच देखाए संघीय सरकारमा जान तयार रहेको भण्डारी बताउँछन् ।

उता राजपाका शीर्ष नेताहरु र नेकपाका नेताहरु बीच उपसभामुख र दुई मन्त्री तथा एक राज्यमन्त्रीसहित राजपालाई संघीय सरकारमा सामेल गराउने विषयमा छलफल अघि बढिरहेको बताइन्छ । नेकपाका नेताले राजपाका नेताहरुलाई नेकपाको केन्द्रीय समितिको बैठक जारी रहेको हुनाले त्यसपछि मात्रै यस विषयमा निर्णय गर्ने सन्देश पठाएका छन् ।

नेता भण्डारीले पनि यसको पुष्टि गरेका छन् । उनले भने–‘नेकपासँग सम्वाद भइरहेपनि औपचारिक रुपमा छलफल भएको छैन । उहाँहरुले केन्द्रीय समितिको बैठकपछि छलफल गर्ने बताउनु भएको छ । छलफल र निर्णय नभइ सरकारमा जाँदैनौ भन्नु र उपसभामुख चाहिँदैन भन्नु अपरिपक्व कुरा हो । संवैधानिक व्यवस्था अनुसार प्रतिपक्षी कांग्रेसले उपसभामुख नपाउने भएपछि तेस्रो दलका हिसाबले हामीले पाउने कुरा स्वतः हो ।’

उता अध्यक्ष मण्डलका सदस्य भण्डारीले महोत्तरी पुगेर प्रदेश २ मा राजपाको समिकरण नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग बन्नसक्ने बताएका छन् ।

शनिबार महोत्तरीको भङ्गहा नगरपालिका सिंग्याहीस्थित रातो पुलको शिलान्यास कार्यक्रममा बोल्दै नेता भण्डारीले समाजवादी र राजपा नेतृत्वको वर्तमान सरकारले जनताको भावना अनुरुप काम गर्न नसकेकोले सरकारको मूल्यांकन गर्दै पुनर्विचार गर्नुपर्ने आवश्यक्ता रहेको बताए । उनले भने‘ प्रदेश २ को नेतृत्वमा नयाँ अनुहार आउन सक्छ।’

उनले अगाडी भने,’प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्यहरुले नै यो कुरो स्वीकार गरिरहेकाले सरकारको विषयमा पुनर्विचार गर्नु अपरिहार्य छ।’

राजपा केन्द्र सरकारमा पनि सामिल हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा भण्डारीले नेकपाको आगामी कदममा यो कुरा निर्भर रहेको बताए । उनले राष्ट्रियसभा निर्वाचनको क्रममा हामीले नेकपासंग दुई बुँदे सहमति गरेका थियौँ, हामीले सहमतिकै आधारमा सहकार्यको वातावरण बनायौँ अब नेकपाले सहकार्यको वातावरण बनाउनुपर्ने आवश्यक्ता रहेको बताए ।

प्रतिक्रिया दिनुहोस
निजी स्कुलमा साउन १ देखि अनलाइन कक्षा बन्द

  निजी विद्यालयहरुले साउन १ बाट अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन्

यी हुन् भगवान राम जन्मभूमी अयोध्या नेपालमै रहेका प्रमाण

  प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम जन्मभूमी नेपालमै रहेको दाबी गर्दै भारतले

ओली र प्रचण्डबीच पुनः छलफल गर्ने सहमति

  साउन २ गतेलाई निर्धारित स्थायी कमिटी बैठकअघि सहमति जुटाउने प्रयासमा सत्तारुढ नेपाल

काठ व्यवसायी सांसद प्रेम आलेलाई कारबाहीको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

  पूर्व काठ व्यवसायीले वैज्ञानिक वनमा भएको अनियमतिताबारेमा गरेको छानविन आफुहरुलाई मान्य नहुने