पर्यटन बोर्डको सीईओमा डा रेग्मी



 

 

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डा धनञ्जय रेग्मी नियुक्त हुनुभएको छ । बोर्डको कार्यकारिणी समितिको आज बसेको बैठकले रेग्मीलाई सो पदमा नियुक्त गरेको हो ।

सीईओ छनोट समितिको सिफारिसको आधारमा कार्यकारिणी समितिले रेग्मीलाई सीईओमा नियुक्त गरेको बोर्डको सचिवालयले जनाएको छ ।

विप्लव पौडेलको संयोजकत्वमा कृष्णबहादुर महरा र संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय सदस्य रहेको छनोट समितिले सीईओका लागि रेग्मीसँगै दीपक बस्ताकोटी र हिक्मतसिंह ऐरलाई सिफारिस गरेको थियो ।

सीईओको कार्यकाल चार वर्ष हुनेछ । नियुक्ति पत्र लिएपछि बोर्डका अध्यक्ष रहेका पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सीईओसँग कार्यसम्पादन करार गर्नुहुने बोर्डले जनाएको छ ।

जलवायु परिवर्तनमा विद्यावारिधि गर्नुभएका रेग्मी हाल त्रिभुवन विश्वविद्यालय अन्तर्गत भूगोल तथा वातावरण केन्द्रीय विभागमा सहायक प्राध्यापक र नेपाल भूगोल समाजका अध्यक्षको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ हिमालयन रिसर्च एक्सपिडिसन र हिमालयन अनुसन्धान केन्द्रका अध्यक्ष पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस
सडकमा न बालबालिका छन्, न भिख मागुवाहरू : प्रधानमन्त्री

  प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय, प्रदेश र स्थानीय तहका सरकार सबैको संयोजन,

अहिलेसम्मकै अप्ठ्यारोमा प्रचण्ड

  पार्टीभित्रको आन्तरिक विवादका कारण नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल

प्रहरी प्रवक्तामा वरिष्ठ उपरीक्षक कुँवर

  प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बसन्त बहादुर कुँवरलाई

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक

  करीब एक वर्षको अन्तरालपछि राजधानीमा नेपाल र भारतका परराष्ट्रसचिवहरूको प्रतिनिधिमण्डलस्तरीय बैठक शुरु