अग्नि सापकोटामाथि कुनै मुद्दा छैन: प्रचण्ड



 

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । चितवनमा पत्रकारहरुसँग अध्यक्ष प्रचण्डले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार सत्य नभएको बताए ।

प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता गरेका सापकोटा विरुद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रचण्डले भने, “मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।” सिङ्गै संसद्ले उनलाई स्वीकार गरिसकेको बताउदै प्रचण्डले भने, “उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यकरूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।”

यसैबीच प्रचण्डको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए । प्रहरी नायब उपरीक्षकले राम्रै काम गरिराख्नुभएको भन्दै अध्यक्ष प्रचण्डले भने, “यहाँ सुरक्षा खतरा पैदा भएको छ र ? मलाई त केही भएजस्तो लागेको छैन ।”

प्रहरी प्रमुख को आउनुहुन्छ भन्ने कुरा सरकारले नै भन्ने उनले बताए । प्रचण्डले नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन हवाईमार्ग हुँदै चितवन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस
प्रचण्डले फोन गरेर भने, महरा जि बधाइ छ

  जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाइ नेकपा अध्यक्ष पुष्प

महरा सरले न्याय पाउनुभयो म खुसी छु : रोशनी शाही

  पूर्वसभामुख कृष्णबहादुर महरालाई सफाइ दिने काठमाडौँ जिल्ला अदालतको निर्णयप्रति संसद सचिवालय कर्मचारी

महराको सदाबहार रातो कार, के छ रहस्य

  जबरजस्ती करणी उद्योग मुद्दामा जिल्ला अदालत काठमाडौंबाट सफाइ पाएका निवर्तमान सभामुख कृष्णबहादुर

कसरी बिताए महराले १०३ दिन डिल्लीबजार कारागारमा

    जबरजस्ती करणीको प्रयास गरेको अभियोगमा १८ कात्तिकमै जिल्ला अदालतबाट सफाइ पाउनेमा